फेरि १० संक्रमित थपिए, कुल संख्या २९१

काठमाडौं, ४ जेठ । रौतहटका थप १० संगै नेपालमा कोरोना भाइरस ९कोभिड १९० संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार आइतबार संक्रमण देखिएकाहरुमा रौतहटको राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरु रहेका छन् । त्यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

शनिबार नेपालमा कोरोना संक्रमणका कारण पहिलो पटक सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्यु भएको थियो ।