दाङमा घरमै राहदानी पु¥याउने गरि प्रशासन र हुलाकबीच सम्झौता

दाङ, ३० वैशाख । दाङमा राहदानी सेवा हुलाकमार्फत नागरिकको घरमै पु¥याउने गरि जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालयकाबिच सम्झौता भएको छ । सम्झौता अनुसार अव नयाँ राहदानी बनाउने व्यक्तिले राहदानी घरमै बुझ्न चाहेमा हुलाकमार्फत घरमै पु¥याइने छ । त्यसका लागि सम्वन्धित व्यक्तिले हुलाक निर्देशनालय घोराहीमा ५५ रुपैयाँ राजस्वसँगै हुलाकबाट बुझ्न चाहेको फाराम भर्नुपर्नेछ ।

संघीय सरकारको सय दिने कार्यसूचीअन्र्तगत सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्य अनुसार जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक निर्देशनालयकाबिचमा बुधवार सम्झौता भएको हो । सहमतिपत्रमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र हुलाक निर्देशनालय दाङका निमित्त निर्देशक शोभाराम बस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार इच्छुक नागरिकले ५५ रुपियाँ राजस्व तिरेमा राहदानी घरमै प्राप्त गर्ने े हुलाक निर्देशनालय दाङका निमित्त हुलाक निर्देशक बस्नेतले जानकारी दिएका छन् । त्यसका लागि सम्वन्धित व्यक्तिले हुलाक निर्देशनालय वा हुलाक काउन्टर घोराहीमा निवेदन दिनुपर्नेछ । निवेदनमा आफ्नो ठेगानासँगै आफु नभेटिएको अवस्थामा राहदानी बुझ्नसक्ने इच्छाएको व्यक्तिको नाम र ठेगाना टिपाउनुपर्नेछ ।

राहदानी वितरणका क्रममा कागजातको सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिइने सहमतिपत्रमा उल्लेख गरिएको छ ।सम्झौतापत्रमा राहदानी वितरणसम्बन्धी अभिलेख सुरक्षित राख्ने, वितरणमा देखिएका समस्या आपसी समन्वयबाट समाधान गर्ने तथा वितरण कार्यलाई व्यवस्थित बनाउने विषय समेटिएका छन् ।

हुलाकमार्फत वितरण गरिएका राहदानी सम्बन्धित व्यक्ति र घरपरिवारलाई बुझाउने र घरमै जाँदा सम्वन्धीत व्यक्ति नभेटिए वा फोन गर्दा घरबाहिर रहेको अवस्थामा राहदानी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा फिर्ता गर्ने र हुलाक कार्यालयमार्फत सेवाग्राहीको घरदैलामा पुगी राहदानी वितरण गरिएको मासिक प्रतिवेदन प्रत्येक महिनाको ७ गतेभित्र जिल्ला प्रशासन कायाृलय दाङलाई उपलव्ध गराउने पत्रमा उल्लेख छ । हुलाक निर्देशनालयअन्तर्गत दाङमा चिठीपत्र, पार्शलसँगै राहदानी घरसम्म पु¥याउनका लागि ३५ जना हलकारा रहेका छन् ।