गायक थापाको ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ गीत सार्वजनिक

प्रिया स्मृती गजमेर
देउखुरी,२६ बैशाख । लोक दोहोरी गायक विक्रमजंग थापाले नयाँ गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक गरेका छन् । माया प्रेममा आधारित उक्त गीत भोलूम अन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायक थापासँगै लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ । गीतको शब्द दोर्ण अधिकारीले लेखेका छन भने संगीत कारण न्यौपानेको रहेको छ । गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन् ।

गीतको म्युजिक भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ । भिडियोमा स्वयं गायक थापसँगै मोडेल स्मारिका ढकाल, एन्जिला खत्री, इन्द्रप्रसाद ढकाल र दोर्ण अधिकारीको अभिनय देख्न सकिन्छ । यसअघि पनि गायक थापाका ‘सिनेमाको हिरो’, ‘आज मुड चल्याछ’, ‘झ्याप्प आज भेट भो’, ‘आत्मा जलाई जलाई’ र ‘जोडी जम्छ दामी’ लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

दाङको घोराही उपमहानगरपालिका ५ भैसापथ्रा निवासी थापा पछिल्लो समय काठमाडौंलाई केन्द्र बनाएर गीतसंगीत क्षेत्रमा सक्रिय रहँदै आएका छन् । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य समेत रहेका थापा गायनसँगै अभिनय क्षेत्रमा समेत आफ्नो यात्रा अगाडि बढाइरहेका छन् ।