गुरुप्रसाद शर्मा रेग्मी
नेपाल स्वर्गीय अनुमति गराउने यस्तो सुन्दर देश हो । यो देश प्राकृतिक स्रोत र भूगर्मिक स्रोत र साधनले छताछुल्ल छ । यहाँका नेपालीहरुको परिश्रम गर्न सक्ने कार्य क्षमता र मानसिकताको आधारमा विवेचना गर्दा समृद्ध मुलुकको श्रेणीमा स्थापित हुन धेरै समय लाग्ने थिएन ।
हुन त देश बनाउने कुरा सत्ताधारीको एक दिनको प्रयासले मात्र नभएर निरन्तरको प्रयासले हुने कुरा हो । यो देशलाई समृद्ध बनाउने प्रयास सदिऔँदेखि भइरहँदा पनि किन निरर्थक भइरहेको छ त । यो देशमा सत्तामा जाने राजनैतिक दलहरुको गैर राजनीतिक संस्कार, संस्कृति र प्रशासनिक संयन्त्रको निहित स्वार्थले गर्दा नेपालमा जे हुनुपर्ने थियो ।
त्यो भएन । जे नहुनु पर्ने थियो त्यही भएकाले धनी देशका नेपालीहरुलाई गरिब भएर बस्नु प¥यो । यो देशका जनतालाई निराश र हतोत्साहित बनाएकाले देश एक पाइला पनि अघि बढ्न सकेन । देशमा राजनीतिक दलका नेता र उनका झोले मात्र सम्पन्न र सुखी बने, सुविधा सहुलियत सम्पन्न बने । जनता भने शिक्षा, स्वास्थ्य, गाँस र बासको लागि सधै छटपटाइरहनु प¥यो ।
देशको लागि यो भन्दा ठुलो दुर्भाग्य के हुनसक्छ । राजनीतिक दलका नेताहरुले नेपालीहरुको पहिचान र नेपालको अस्मिता नै धितो राख्नु पर्ने अवस्थाको सिर्जना गराइसकेको अवस्थाले करौडौँ नेपालीलाई खाडी मुलुकमा पु¥याइसकेका छन् ।
देशको अवस्था नुनदेखि सुनसम्मलाई अर्काको सामु हात हात थापेर बस्ने अवस्थामा पु¥याउने दलका नेताहरुको भ्रष्टाचारीता र निम्मा र स्वार्थी प्रवृत्तिले निदाएका नेपाली जनतालाई जगाइदिएको छ यिनलाई जरैबाट उखेलेर रच्छानमा फाल्ने काम जनताले गर्ने छ ।
यस्तो दुरावस्था देशको किन हुन गयो भन्ने कुराको पनि स्पष्ट विवेचना हुनुपर्दछ । यो देशको राजनीतिक सत्ता परिवर्तन पटक–पटक भए पनि यसमा शैली र पात्र मात्र फेरिने काम भएको छ । राजनीतिक संस्कार र संस्कृतिमा कुनै परिवर्तन गर्ने गराउने काम भएन । सत्ताको लुछाचुडीमा हुने जालझेल, छलकपट, षडन्त्रका नयाँ–नयाँ रुप देखाएर जनतालाई भ्रममा पारी भोट असुल्ने काम नै दलका नेताहरुको राजनीतिक धर्म बन्न गयो ।
कसैले सुधार गर्ने सोच र मानसिका देखायो भने उसको राजनीतिक पहिचान मेटाउन लगाउने दलका नेताहरुक्को प्राथमिकतामा नेपाली कोही बच्न सकेनन् । आफ्नो निहित राजनीतिक स्वार्थको लागि देशको अस्तित्व र भविष्य नै साट्न खोज्ने नेतृत्वको अभेद्य मनोवृत्ति देखेर एकाएक नेपाली जनतामा यस्तो अभेछा उर्जा पलायो र हरेक नेपाली जनतालाई देशको सचेत पहरेदार बनेर देशको अवस्था र व्यवस्थामा सुधार गर्न संकल्पित बनाइदियो ।
हरेक नेपालीको अन्तर मनमा बनेको अदृश्य संकल्पलाई चुनावको मदानमा देखाएर भ्रष्ट आतंककारी दलका नेताहरुलाई यसरी बढारेर राजनीतिको सरसफाइ गरिदिए कि नेतृत्वको लागि अकल्पनीय अवस्था बन्न गयो । यसैगरी यो देशको जनता सचेत सजग पहरेदान बनेर देशको संरक्षण गर्ने हो भने धनी देशका धनी जनता बन्न नेपालीहरुलाई धेरै समय लाग्ने छैन ।
यो देशका जनताले सदऔँदेखि राजनीतिक प्रशासनिक सम्पन्नबाट सुन्दा–सुन्दा जनताका कान दुख्न थाले पनि विकास निर्माणले पाइला अघि बढाउन त सकेन भएका उद्योगहरु बन्द हुन गए, आर्थिक स्तर घट्दै गयो, विदेशी ऋण बढ्दै गयो । दलका नेताहरु नै आफूलाई विदेशीको बन्धक बनाएर देशको हितभन्दा विेशीको झोले बनेर खट्न पटक भर लागेका कुरा र देशलाई कंगाल बनाउन विदेशमा व्यापार गर्ने र रकम राख्ने गरेका तथ्यहरु पनि सार्वजनिक भइरहेका छन् ।
यस्तो स्थिति र परिस्थितिलाई देख्दा देश बनाउन दलका नेता बनेका रहेनछन् । देश विर्जना पो राजनीतिक दल बनेका रहेछन् भन्ने जनताको मानसिकताले गर्दा दलका कार्यकर्ता नै दलप्रति आक्रोषित हुन गएका थिए । १४ लाख हाम्रा सदस्यहरु भनेर दम्भ देखाउने दलको १४ सय मत पनि नआउनुले के पुष्टी गर्दछ । जता मात्र हैन दलका कार्यकर्ताले पनि भ्रष्ट र दुराचारी नेतालाई बढारेर रच्छानमा फाल्न जनताका सहभागी भएका छन् ।
वास्तवमा यो चुनावले भ्रष्ट र गलत नेताहरुलाई रच्छानमा फाल्ने काम मात्र गरेको छैन । नयाँ सोच र नयाँ राजनीतिक संस्कार संस्कृतिको संरक्षण गर्ने कामको प्रारम्भ पनि गरिसकेको छ । अयोग्यलाई अपदस्थ गरेर नयाँ संस्कारको राजनीतिले थालनी गराएको छ । वर्तमाको सरकारले विगतका गलत प्रवृतिमा सुधार र नयाँ संस्कारको थालनी गर्न र गराउन जनता सधै सचेत हुनुपर्दछ । धनी देशले गरिब देश भनेर आफ्नो दबाब राख्ने कुचेष्ठाको विरोध गर्नसक्ने देशले नै अगाडि बढ्न सकेका छन् भन्ने कुरा नयाँ सरकारले बिर्सने छैन ।
भ्रष्टाचार मुक्त सुशासनको नयाँ नेपाल बनाउन वर्तमानको सरकारलाई जनताको पूर्ण समर्थन र सहयोग हुने कुरामा सरकार विश्वास भए हुन्छ । यो सरकारले दलका नेता कर्मचारीले विदेशमा राखेको धन पैसाको ठुलो रासिको सुन्नमा आएको छ । त्यो रासी र देशमा लुकाएर राखेको, राजस्वमा छेद हानेर राखेको रकम संकलन हुने हो भने विदेशी ऋण तिनै मात्र हैन उद्योग धन्दा खोलेर नेपालीलाई खण्डीमा जान नपर्ने मात्र हैन, तेल, गेस जस्ता भू–मार्मिक वस्तुको उत्खनन् गरेर विदेश जाने अरबौँको रकम बनाउन सकिन्छ ।
साथै, नोकरीको सुरक्षा, योग्यताको कदरको थालनी गर्ने हो भने बाहिर पलायन हुने विशिष्ट र योग्य व्यक्तिको पलायनलाई रोक्न सकिन्छ । हरेक क्षेत्रको पदपूर्ति गर्न, सरुवा बढुवा गर्न योग्यता कार्यक्षमता दक्षता, कार्यप्रति सक्रियता र क्रियाशीलताको आधारमा एउटा निश्चित मापदण्ड बनाएर गर्ने गराउने प्रवृतिको थालनीले राजनीतिक हस्तक्षेप मुक्त भयो भने सबैले योग्य र क्षमतावान नेतृत्व पाउन सकिन्छ ।
शिक्षा स्वास्थ्य सामाजिक क्षेत्रको दुरावस्थाको मुल कारण राजनीतिक नियुत्त, नै बन्न गएको कुरा स्वयम् राजनीतिक गर्नेहरु नै भन्न थालेका छन् । यसले पैसामा किन हुने कुराको पनि अनय हुनेछ । कुनै नेताले आफ्नो स्वार्थले कसैको सरुवा बढुवा गराउन पनि सकदैन । त्यसैले यो नयाँ सरकारले प्रारम्भ गरेको राजनीतिक नियुक्तिको खारेजी ज्यादै प्रसंसनीय छ, सराहनीय छ । यो सरकारले आफ्नो ३ लक्ष्यलाई कहिले बिर्सने छैन ।
१. भ्रष्टाचारमुक्त सुशासन
२. विशिष्ट योग्यता र क्षमताको कदर
३. भ्रष्टाचारको अकुत सम्पत्ति राष्ट्रियकरण गरी उद्योगहरुको स्थापना गर्ने
भ्रष्टाचारमुक्त सुशासनको आवश्यकता किन भयो भने शैक्षिक सामाजिक धार्मिक राजनीतिक क्षेत्रहरुमा बढ्दै गएर आएको विचलन र छाडापन रोक्ने एक मात्र विकल्प भएकाले पहिलो पटक सरकारले जनताको भाव र मर्म बुझेर संकल्पित हुन गएको हो । यो गर्न नसकिने कार्य या समस्या नभएपछि विगतमा सरकारले भ्रष्टाचार मुक्त सुशासनको दृढ इच्छा र शक्ति राख्न सकेका थिएनन् ।
दलका नेताहरु सत्ता केन्द्रित हुनु त्यति ठुलो समस्या अवस्य पनि होइन । तर, दलका नेताहरु तथा कर्मचारीहरु भातृ संगठन बनेर सत्ता केन्द्रित सोच र चिन्तनबाट विचलित हुन न चाहनु नै जटिल समस्या बनेर देशको उन्नती र प्रगतिलाई अवरोध मात्र पु¥याएको थिएन । देशलाई सुनिश्चित गर्ने सबै सुगम पथहरुलाई नै विचलित र अव्यवस्थित बनाइदिएकाले धनी देशका नेपाली जनता गरिब भएर बस्नु परेको थियो । यतिबेलाको संस्कारको दृढ इच्छा शक्तिबाट भइरहेका क्रियाकलापले जनता अस्वस्थ र विश्वस्थ हुन पुगेको छ ।