गोरक्ष समाचारदाता
दाङ,१२ वैशाख । नेपाल महिला संघ दाङले नयाँ बर्ष २०८३ सालको अवसरमा वनभोज तथा शुभकामना आदानप्रदान गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ स्थीत बाह्रकुने दहमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले मुल पार्टी नेपाली काग्रेसलाई बलियो बनाउनका लागि महिला संघलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल महिला संघ दाङ जिल्ला अध्यक्ष गोमा रावतको अध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लीला नेपालीको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेसकी नेतृ एवं संविधानसभा सदस्य अनिता देबकोटाको विशिष्ट आतिथ्यतामा भएको । कार्यक्रमका सहभागीले निर्वाचनपछिको परिवर्तित सन्दर्भमा जनताका समस्यासँग जोडिदै महिलाहरुलाई नेपाल महिला संघमा जोड्ने गरि कार्यक्रम बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । साथै उनीहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र संगठनका लागि काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल महिला संघ दाङकी बिमला योगी, नेपाली कांग्रेस दाङ जिल्ला सचिव बालिका लम्साल, नेपाली कांग्रेस महासमिति सदस्य निरजा पोख्रेल र गिरिजा न्यौपाने, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुस्पा श्रेष्ठ र जानका केसी, नेपाली काङ्ग्रेसका जरा अभियानअन्तर्गत दाङमा खटिएका केन्द्रीय प्रतिनिधि संकर तिवारी, लुम्बिनी प्रदेश सभा सदस्य लोका बिश्वकर्मा,राजपुर गाउँपालिका उपाध्यक्ष धनपति यादव, नेपाल महिला संघकी निर्मला रेग्मी, माया पोख्रेल, लक्ष्मी शाह, रेखा बस्नेत, मन्जु बज्राचार्य, बिन्दु पाण्डे, रेखा केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सहजीकरण सरस्वता घिमिरेले गरेकी थिइन ।