लमही, ११ बैशाख । नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पतालमा नवनिर्मित कर्मचारी आवास भवन तथा सामुदायिक भवनको उद्घाटन गरिएको छ । निर्वाचन क्षेत्र विकास कोष (क्षेत्र नंं १) दाङको आर्थिक तथा लमही आँखा अस्पतालको आन्तरिक स्रोतबाट निर्मित ३ तले कर्मचारी आवास भवन र सामुदायिक भवनको उद्घाटन निवर्तमान प्रतिनिधि सभा सदस्य एवं पूर्व शहरी विकास मन्त्री मेटमणि चौधरी र नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले संयूक्तरुपमा समुद्घाटन गरेका हुन् ।
निर्वाचन क्षेत्र विकास कोष (क्षेत्र नंं १) दाङको आर्थिक तथा लमही आँखा अस्पतालको आन्तरिक स्रोतबाट करिव एक करोड ३९ लाख ५० हजार २५लाख लागतमा कर्मचारी आवास भवन र २५ लाख संघिय शहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा अस्पताल परिसरमा सामुदायिक भवनको निर्माण सम्पन्न भएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता तथा पूर्व मन्त्री मेटमणि चौधरीको प्रखुख आतिथ्यामा भएको उद्घाटन कार्यक्रममा बोल्दै चौधरीले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले दिदै आएको सेवा उत्कृष्ट भएको भन्दै आँखाको हवको रुपमा लमही आँखा अस्पताललाई बनाउनु पर्ने बताए ।
“लमही आँखा अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पताल बनाउनुका साथै शैक्षिक हवको रुपमा विकास गर्न मैले के सहयोग गर्नुपर्छ गर्ने छु — पूर्व मन्त्री चौधरीले भने ।” उनले लमहीमा नाक कान घाँटीको अस्पताल निर्माण र शैक्षिक कार्यक्रम सञ्चालनका लागि आफुले पहल गर्ने बताए । उद्घाटन कार्यक्रममा कर्मचारी आवास भवन र सामुदायिक भवन निर्माणका लागि बजेट ल्याउन पहल गर्ने पूर्व मन्त्री चौधरीलगायत सहयोग गर्ने सवैलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले धन्यवाद दिए ।
“ हामीहरुले कसरी आँखा अस्पतालबाट उत्कृष्ट सेवा दिने र भौतिक साधन स्रोत यूक्तबनाउने भन्नेमा लागेका छौ, यसमा सहयोग गर्ने सवै लाई धन्यवाद दिन चाहान्छौ — गिरीले भने । गिरीले नेपाल नेत्रज्योति संघले विभिन्न दातृनिकायहरुको सहयोग बाट नेपालमा दृष्टिविहिन्ता न्यूनिकरणका लागि काम गरि रहेको बताए ।
त्यस्तै आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा। सम्शेर थापाले कर्मचारी आवास भवन निर्माण संगै सहज भएको भन्दै भवन निर्माणको बारेमा जानकारी गराएका थिए । उनले यस संगै सेवा प्रवाहमा समेत सहजता भएको बताए । कार्यक्रममा कर्मचारी आवास भवन निर्माण उपभोक्ता समितिका संयोजक तिलकबहादुर केसीले भवन निर्माणमा सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशमबहादुर खडकाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लिला शाहले अस्पतालको विकास विस्तारको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजिकरण नेपाल नेत्रज्योति संघ दाङ शाखाका सचिव घनश्याम सुवेदीले गरेका थिए ।