तुलसीपुर ११ बैशाख । प्रतिनिधि सभा सदस्य सुरेन्द्र चौधरीले नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले देशभर उत्कृष्ट सेवा प्रवाह गदै आएको बताएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले लमही आँखा अस्पतालमा गरेको स्वागत सम्मान तथा आँखा स्वास्थ्य सम्वन्धि छलफल कार्यक्रममा सो कुरा बताएका हुन ।
चौधरीले लमहीमा रहेको आँखा अस्पताललगायतका अन्य आँखा अस्पतालको सेवा पनि उत्कृष्ट गरेको भन्दै यसको विकास र विस्तारमा आफुवाट हुन सक्ने सवै सहयोग हुने बताए । “ तपाईहरुले दिदै आएको सेवा उत्कृष्ट छ ,नेपाल आँखा स्वास्थ्य सेवा र बन वातावरणको क्षेत्रमा अन्तराष्ट्रि क्षेत्रमै राम्रो रहेको छ, यसको थप विकास विस्तारमा हाम्रो क्षेत्रबाट पनि सहयोग रहन्छ प्रतिनिधि सभा सदस्य चौधरीले भने । नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा उनले हालको सरकारले साना योजना भन्दा पनि महत्पूर्ण र गौरवका योजनाहरुलाई अहिले प्राथमीक्ता दिने भन्दै अस्पतालको विस्तृत योजना बनायर पेश गर्न पनि आग्रह गरे ।
‘अस्पतालको विकास विस्तारका लागि गुरुयोजना बनाउनुहोस म त्यसमा के सहयोग गर्नुपर्छ गर्न तयारछु’, उनले भने । कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा। सम्शेर थापाले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको भावि योजना, हाल सम्म दिएका सेवाको बारेका जानकारी गराएका थिए । डा थापाले आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गतका अस्पतालहरुले दिएका सेवा र विभिन्न दातृनिकाय स्थानीय पालिका र सरकार संगको साझेदारी र दृष्टिविहिन्ता न्यूनिकरणका लागि स्थापना काल देखि हाल सम्मका गतिविधि र भावि योजनाको लक्ष्य उद्धेश्यको विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखा सभापति कृष्णकुमार गिरीले आँखा अस्पतालको विकासका विस्तारका लागि आफुहरु लागेको बताए । उनले नेपाल नेत्रज्योति संघ गैरनाफामुलक सेवा मुखि संस्थाले हुने संग लिने र नहुनेलाई सेवा दिने गरेको बताए । गिरीले नेपालभरी सर्वसुल्भ आँखा स्वास्थ्य सेवा प्रवाह गरि सरकारको दायित्व पुरा गरि रहेको बताए ।
स्वागत सम्मान कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशमबहादुर खड्का, सचिव घनश्याम सुवेदी, संघका सदस्य तथा लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लिला शाह, संघका सदस्यहरु सुरेन्द्रबहादुर खड्का, तिलक केसी, ताराप्रसाद पोख्रेल, यमप्रसाद शर्मा पाण्डे, आजिवन सदस्य शेषदत्त चौधरी, गंगा अधिकारी, केशव अधिकारी, राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा। रन्जितकुमार साह, वरिष्ठ प्रशासकिय अधिकृत जसराज विश्वकर्मालगायतले शुभकामना व्यक्त गरेका थिए ।