दाङ, जेठ ३ । दाङमा पनि कोरोना संक्रमित देखापरेपछि जिल्ला स्वास्थ्य कार्यालयल दाङले एक बिज्ञप्ती मार्फत लकडाउनको कडाईका साथ पालना गर्न अनुरोध गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले एक बिज्ञप्ती मार्फत भनेकि छिनन्, ‘यसवाट कोही पनि नआत्तिएर सरकारले गरेको लकडाउनका कडाईका साथ पालना गर्न हार्दिक अनुरोध गर्दछु ।’ कोरोना कोरोना भाइसर महामारी व्यापक रुपमा बढिरहेको बेला दाङमा यसको संक्रमण देखिनु त्यस्तो अप्रत्याशित नभएको पनि कार्यालयले जनाएको छ । बिज्ञप्तीमा लकडाउन कडाईका साथ पालना हुन नसकेकोलाई दुःखद भन्दै हालसम्म कुनै औषधि पत्ता नलागिसकेको अबस्थामा लकडाउनको पूर्ण पालना गर्ने, बाहिरवाट आएका व्यक्तिहरु अनिवार्य क्वारेन्टाइनमा बस्ने संक्रमितको संपर्कमा नजाने, बाहिरबाट आएकाको अनिवार्य परीक्षण गराउने कार्यले कोराना फैलन नपाउने वताइएको छ । ‘त्यसैले धैर्य गरेर आआफ्नो घरमा सुरक्षित बस्न जिल्ला स्वास्थ्य कार्यालय हार्दिक अनुरोध गर्दछ’ बिज्ञप्तीमा भनिएको छ । संक्रमण बढ्न नदिन स्वास्थ्य कार्यालय र संबन्धित सबै निकायहरु व्यापक रुपमा खटिरहेको उल्लेख गर्दै बिज्ञप्तीमा ‘यसै क्रममा तपाईंको गाउँमा कोही नवअगन्तुक व्यक्ति सम्पर्कमा हुनुहुन्छ भने आफ्नो पालिकाको क्वारेन्टाइनमा तथा स्वास्थ्य कार्यालयमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ’ भनिएको छ ।