दाङ,२९ चैत । पतञ्जली घोराही नगर समिति पुर्न गठन गरिएको छ । शनिवार घोराहीमा भएको बैठकले माधव सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
पुनगठन गरिएको नयाँ समितिको उपाध्यक्षमा मधु केसी, महासचिवमा नारायण शर्मा, सचिवमा तिलक वली, संगठन सचिवमा भरतमणी अधिकारी, कोषाध्यक्षमा धनवहादुर केसी, प्रशिक्षण विभागमा टेकबहादुर डाँगी, सोसल मिडिया प्रभारीमा खडग शर्मा पौडेल, सदस्यहरुमा मिनबहादुर थापा, टोपबहादुर डाँगी, रोमहर्ष शर्मा, नारायण भण्डारी, राजकुमार चौधरी, सरोज खड्का र केशव भण्डारी रहेका छन् ।
सल्लाहकारमा तोयनाथ योगी, मधुसुधन गौतम, महेन्द्र चौधरी, नोखबहादुर योगी र जितेन्द्रमान नेपाली रहेका छन् । त्यस अवसरमा लुम्वीनी प्रदेश प्रभारी डा प्रेम शाहालाइ विद्यावारधी गरेकोमा सम्मान गरिएको थियो ।