घोराहीमा बबईको पानी
अमरराज आचार्य
दाङ, १५ चैत । घोराही बजारमा खानेपानीको समस्या समाधानका लागि बबइको पानी लिफ्टिङमार्फत वितरण सुरु भएको छ । बबईको पानी लिफ्टिङमार्फत घोराही ल्याएर वितरण गर्ने गरि निर्माणका लागि सम्झौता भएको करिव चार बर्षपछि घोराहीमा पानी वितरण सुरु गरिएको हो ।
घोराही खानेपानीको डिूम पोजेक्टअन्तर्गत निर्माण भएको बबई पानी लिफ्टिङ आयोजनामार्फत घोराहीमा पानी वितरणको काम सुरु भएको हो । २०८२ असार मसान्तसम्म सक्ने गरी २०७९ असार २९ गते ठेक्का सम्झौता भइ काम सुरु भएको बबइको पानी लिफ्टिङ आयोजनामार्फत गएको फागुन महिनादेखि घोराहीमा पानी ल्याएर उपभोक्तालाई पानी वितरण सुरु गरिएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सहलगानी आयोजनामार्फत बबइको पानी लिफ्टिङ गरेर घोराही बजारमा ल्याएको र अवको करिव ३० देखि ३५ बर्षसम्म खानेपानीको समस्या हट्ने विश्वास व्यक्त गरिएको छ । उनका अनुसार अहिले एक सय १० लिटर प्रति सेकेन्ड पानी लिएर घोराही बजार क्षेत्रमामा वितरण भइरहेको बताए ।
सुख्खा समयमा बर्षेनि समस्या देखिने घोराही बजारमा बबइको पानी लिफ्टिङमार्फत वितरण सुरु भएसँगै हटने भएको सचिव श्रेष्ठले बताए । बबई लिफ्टिङ आयोजनामार्फत घोराहीमा पानी वितरण सुरु भएपनि केही प्राविधिक काम बाँकी रहेको भन्दै संस्थाका सचिव श्रेष्ठले भने,‘बबई लिफ्टिङ आयोजनामार्फ घोराहीमा पानी वितरणको काम सुरु भएपनि प्राविधिक रुपमा २÷३ प्रतिशत काम गर्न बाँकी रहेको छ । उक्त काम चालुआर्थिक बर्षभित्रै सक्ने गरि काम भइरहेको छ ।’ बबई पानी लिफ्टिङ आयोजना निर्माणका लागि भिमेश्वर डिूलिङ एण्ड निर्माण कम्पनीसँग ४९ करोड ८५ लाख ४९ हजार छ सय ७५ रुपैयामा ठेक्का सम्झौता भएको थियो ।
आयोजनामार्फत घोराहीमा पानी वितरणका लागि घोराही १४ झिंगौरामा ओभरहेड ट्यांकी र रिजर्भवयर ट्यांकी निर्माण गरिएको छ । पानीका लागि घोराही(७ उत्तरबाहिनी क्षेत्र (शुक्रवार) मा डिपबोरिङसँगै फिल्टरसहितको एउटा रिजर्भवयर टयांकीे निर्माण गरिएको छ भने घोराही(७ बेसाहीमा पनि रिजर्भवयर टयांकी निर्माण गरिएको छ । शुक्रबारमा बोरिङ, साम्पवयरमार्फत् पानी जमिन मुनिबाट निकालिएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव श्रेष्ठका अनुसार घोराही वडा नं ७ शुक्रबारमा बालुवा छान्ने ‘¥यापिड स्याण्ड फिल्टर’ ट्यांकी निर्माण भएको छ ।
बोरिङको पानी प्रेसर फिल्टरमा छानिएपछि रिजर्भवयर ट्यांकी, ओभरहेड ट्यांकी हुँदै धारामा पठाइने छ । पाइप लाइनमार्फत शुक्रबारमा रहेको छ लाख लिटर क्षमताको रिजर्भवयर ट्यांकीमा फिल्टर भएर जम्मा भएको पानी बेसाहीको टंकी र झिँगौराको रिजर्भवयर ट्यांकीमा ल्याइएको छ । त्यहाँबाट गुलरियाको ओभरहेड ट्यांकी, घोराही–१४ शिव मन्दिरनेरको ओभरहेड ट्यांकी र घोराही–१५ मा रहेको अद्वैत संस्था नजिक रहेको ओभरहेड ट्यांकी, घोराही–१८ ढोडेनीको रिजर्ववयर ट्यांकी र झिँगौराको ओभरहेड ट्यांकीमा जम्मा भएर वितरण हुने आयोजनाले जनाएको छ ।
आयोजना सम्पन्न संगै सेवा थप विस्तार गरिने छ । आयोजनाका लागि नेपाल सरकारले जम्मा रकमको ७० प्रतिशतले हुन आउने ३४ करोड ८९ लाख अनुदान दिएको हो । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गौरवको आयोजना भनेको बबई लिफ्टिङ सह लगानी आयोजना पूरा भएपछि ३५ देखि ४० वर्षसम्म खानेपानीको समस्या समाधान हुने संस्थाका कोषाध्यक्ष धुव्र केसीले जानकारी दिएका छन । उपभोक्तालाइ प्राप्त मात्रामा खाने पुग्ने उनको भनाइ रहेको छ ।
भविष्य सोचेर बनाएको योजना भएकोले १२ हजार घरधुरी घोराहीमा थपिँदा सम्म धान्न सकिने संस्थाको अपेक्षा रहेको छ । ‘अहिलेलाई त पानी पुगेकै छ भविष्य सोचेर ल्याएको योजना हो’,कोषाध्यक्ष केसीले भने,‘यो आयोजना पूरा भएपछि १२ हजार नयाँ घरधुरी थपिँदासम्म पनि पानी पुग्छ ।’
घोराही खानेपानीले आठ हजार भन्दा बढी व्यक्तिगत धारा वितरण गरेको जनाएको छ । योजनाको अनुगमन घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सञ्चालन गरेको योजनाको अनुगमन गराएको छ । संस्थाका पदाधिकारी, घोराही उपमहानगरपालिका नगर प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवम सञ्चारकर्मी सहितको टोलीले अनुगमन गरेको हो ।
