बिएन फुड प्रोडक्सनको कुकिज बजारमा
गोरक्ष समाचारदाता
दाङ, १५ चैत । घोराही–१७ मा रहेको बिएन फुड प्रोडक्सनले नयाँ उत्पादन बजारमा ल्याएको छ । घोराहीमा विगत १२ वर्षदेखि उत्पादन गरिरहेको कम्पनीले नयाँ उत्पादन कुकिज बजारमा ल्याएको हो ।
घोराही–१७ भैँसाहीमा उद्योग स्थापना गरेर केक, बिस्कुटलगायतका उत्पादन बजारमा ल्याइसकेको कम्पनीले पछिल्लो पटक नयाँ उत्पादन कुकिज बजारमा ल्याएको छ ।
कम्पनीले १२ औँ स्थापना दिवसको अवसरम शनिवार नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीका सञ्चालक नरेशकुमार श्रेष्ठले ग्राहकको माग बमोजिम नयाँ उत्पादन बजारमा ल्याएको बताए । कम्पनीले कोशेली ब्रान्डको नयाँ कुकिज बजारमा ल्याएको छ । उनका अनुसार कम्पनीले उपभोक्ताको माग बमोजिम स्वास्थ्यलाई ध्यानमा राखेर उत्पादन गदै आएको छ ।
उपभोक्तालाई गुणस्तरीय र स्वादिष्ट उत्पादन दिन बिएन फुड प्रोडक्टले नयाँ नयाँ ब्रान्ड बजारमा ल्याइरहेको र आउँदा दिनमा पनि ल्याउने उनको भनाइ छ । कम्पनीले अहिलेसम्म विभिन्न सात प्रकारका कुकिज बजारमा ल्याइसकेको छ । उत्पादनको गुणस्तरको लागि ल्याब टेस्ट गर्न भारतमा पुगेर गरेको श्रेष्ठले बताए । बिएन फुड प्रोडक्टले नेपालकै मैदा, तेल, चिनी प्रयोग गरेर उत्पादन बजारमा ल्याएको छ ।
श्रेष्ठका अनुसार केही कच्चा पदार्थ मात्रै विदेशबाट ल्याउनु पर्ने बाध्यता छ । कम्पनीले गरेका उत्पादनहरू अहिले साविक राप्तीका दाङ सहित सल्यान, रोल्पा, प्युठान, रुकुमसहित बर्दिया, सुर्खेत र काठमाडौंमा उपलब्ध रहेको उनले बताए । कम्पनीले अहिले ४० जनालाई रोजगारी प्रदान गरेको छ । एक कार्यक्रमको आयोजना गरी कम्पनीले ल्याएका नयाँ उत्पादन सार्वजनिक गरिएको हो ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले उद्योग स्थापना गर्न चुनौती रहेको बताए । हरेक क्षेत्रको सामना उद्योगले गर्नु पर्ने बाध्यता रहेको बताए । कम्पनीले उपभोक्तालाई सन्तुष्टी दिने मात्रै नभएर रोजगारीसमेत दिएको बताए । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष अध्यक्ष विपुल पोख्रेलले व्यवसायीले ढुक्कले लगानी गर्न पाउने वातावरण सरकारले बनाउनु पर्ने बताए ।
‘लगानीको लागि मनोवैज्ञानिक रूपमा तयार गराउनुपर्छ’, पोख्रेलले भने । उद्योगी तथा व्यवसायसँग सहकार्य गरेर अगाडि बढ्न सञ्चार क्षेत्र तयार रहेको उनले बताए । ‘मिडिया क्षेत्र निजी क्षेत्रसँग सहकार्य गदै आएको छ, आउँदा दिनमा पनि रहनेछ’, उनले भने । कार्यक्रममा कम्पनीका कर्मचारी सुरेन्द्र गौतम, दिवा बुढामगर, अन्जना चौधरी, नन्द किशोर र निराजन चौधरीलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
