Goraksha

National Daily

विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया

दाङ,११ चैत । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दाङमा विद्यार्थीसँग अन्तरक्रिया गरिएको छ । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा बुधवार घोराही घोराही उपमहानगरपालिका–२ रामपुरस्थीत गंगा माध्यमिक विद्यालयमा विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख जमुना अर्यालले बीमा जीवनको आर्थिक जोखिमको साथी बिमा भएकाले सवै नागरिक बिमा कार्यक्रममा जोडन आवश्यक रहेको बताइन । उनले बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति न्यूनीकरणसँगै आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले सवै नागरिक बीमा जोडिन आवश्यक रहेको बताएकी थिइन । अर्यालले बिमा कम्पनीको नियमियमन गर्ने निकाय भएको भन्दै उनले बिमा गर्दा ध्यान दिनुपर्ने बताइन । साथै उनले जीवन बीमासँगगै घर, पशुपन्छी, कृषिको बिमालगायतको गर्न सकिने भएकाले सवैलाई बीमा जोडिन आग्रह गरेकी थिइन ।

आर्थिक जोखिम न्यूनीकरणका लागि हरेक परिवारका लागि बिमा आवश्यक भएपनि बिमा सम्वन्धी ज्ञानको कमीका कारण अहिले पनि धेरै मानिसहरु बिमा गर्न डराउनुपर्ने अवस्था रहेकाले बिमा सम्वन्धी सचेतनाको आवश्यकता रहेको बताएकी थिइन । त्यही भएर बिमा प्रदायक कम्पनीको निरीक्षणसँगै शिक्षक र विद्यार्थीमार्फत सचेतको काम समेत प्राधिकरणले गर्दै आएको जानकारी गराएकी थिइन ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश सहायक निर्देशक शिवराज शिवराज विसीले बिमाको महत्वसँगै विमा प्राधिकरणले गर्ने कामको बारेमा शिक्षक विद्यार्थीलाई जानकारी गराएका थिए ।

सहायक निर्देशक बिसीले नेपाल वीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बिसीले बिमाको महत्व र फाइदासँगै नेपालमा बिमाको अवस्थाका बारेमा जानकारी गराएका थिए । गंगा माध्यामिक विद्यालयकी प्रधानाध्यापक गंगा गौतमले बीमा सम्वन्धी अन्तरक्रिया कार्यक्रमले शिक्षकसँगै विद्यार्थीलाई सचेत बनाउने काम गरेको बताएकी थिइन ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले जोखिमको समयमा आर्थिक सहायताका लागि बिमा आवश्यक रहेपनि बीमा गर्दा नागरिक सचेत बन्नुपर्ने बताएका थिए । अन्तरक्रिया कार्यक्रममा गंगा माध्यमिक विद्यालयका शिक्षकसँगै कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण सहायक निर्देशक बिसीले गरेका थिए ।