गुरुजजुरमा शिक्षक कर्मचारी विव्यवसका सन्तानलाई विद्यालयमै भर्ना
तुलसीपुर, १० चैत । तुलसीपुर–४ रक्षाचौरमा रहेको सामुदायिक विद्यालय गुरुजजुर नमुना मावि शैक्षिक हवको रुपमा विकास हुदै गएको छ । सवैको रोजाईमा अहिले सो विद्यालय रहेको छ । विद्यालयले शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सन्तानहरुलाई सामुदायिक विद्यालयमा पढाउने निति ल्याएको छ ।
गुरु जजुर नमुना माध्यामिक विद्यालय तुलसीपुर–४ रक्षाचौर दाङले शैक्षिक सत्र २०८३ देखि सामुहिक निर्णय गदै यहाँ पढाई हुने विषय सवैले यहि पढाउने गरि सर्वसहमतिले सो निर्णय गरेको विद्यालयका सहायक प्राधानाध्यापक प्रमोद कुमार न्यौपानेले जानकारी दिएका छन् । विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी केसीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा न्यौपानले विद्यालय व्यवस्थापन समितिले गरेका विभिन्न निर्णयहरु सुनाउदै सम्वन्धीत विद्यालयमा कार्यरथ शिक्षक कर्मचारी र विव्यसका सन्तानहरुले सम्वन्धीत विद्यालयमा पढने भयो भने त्यहाँको शिक्षाको गुणस्तर निर्माणमा मद्धत पुग्छ भन्ने जनअपेक्षा र सार्वजनिक चासोको विषयलाई आत्मसाथ गरेर सर्वसहमतिबाट यो निर्णय गरेको बताए ।
त्यस्तै प्राथमीक तहको १–५ को तह बलियोभयो भने शिक्षाको जग मजवुद हुन्छ भन्ने र जनअपेक्षा अंग्रेजीमाध्यमबाट पठन पाठन गर्नु पर्ने भन्ने रहेकाले त्यसलाई थपभौतिक सुविधा सम्पन्न गराएर खेलमैत्रि विद्यार्थी मैत्रि वातावरणबाट शिक्षा दिने निर्णय गरेको सहायक प्रधानाध्यापक न्यौपानले बताए । गुरुजजुरमा विहानीको सत्रमा पनि बढाई सञ्चालन गर्ने पत्रकार समेलनमा जानकारी गराए । आगामि बर्ष देखि प्लसटु तर्फको पठनपाठन विहानी सत्रमा सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णय भएको उनले बताए ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी केसीले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट खेलविधिलाई प्राथामीक्ता दिई थप जनशक्तिको व्यवस्थापन गर्नुका साथै सुरु देखि १२ सम्म अंग्रेजी नेपाली दुवै बाध्यमबाट पढाउने बताइन् । २०११ सालमा स्थापना भएको गुरुजजुर नुमना माविमा हाल दुई हजार ७ सय विभिन्न १५ जिल्लाका विद्यार्थीहरुले अध्ययन गर्द आएका छन् । देश भरकै नमुना मावि मध्य एक उत्कृष्ट विद्यालय गुरुजजुर रहेको भन्दै गरीव अनाथ बालिबालिकाहरुले निःशुल्क शिक्षा पाउने केसीको भनाई थियो ।
‘कोहि पैसाको अभावका कारण शिक्षाबाट बन्चित हुनुपर्ने छैन् हामीहरुले निःशुल्क शिक्षा दिनेछौ कोहि हुनुहुन्छ भने सिफारीसका साथ आए हामी पढाउछौ – उनले भनिन् । त्यस्तै कक्षा १२ सम्म विज्ञान मानविकी, शिक्षा व्यवस्थापन समुह, कम्प्युटर साईन्स होटेल म्यानेजमेन्ट र कृषि बाली विज्ञान पढाई सञ्चालन गरेको विद्यालय साइन्स हव स्कुल देशको सातौ स्थान हासिल गर्न सफल भएको पत्रकार समेलनमा जानकारी गराएको थियो ।
त्यस्तै विद्यालयमा भौतिक साधनस्रोतयुक्त बनाउनका लागि विद्यालयमा बस थपगर्ने, विद्यालय नर्सरीको व्यवस्थापन, फुल फिर्निसड १२ कोठा भवन निर्माण र प्रि प्राइमरीको लागि छुट्टै खेलमैदानका निर्माणका साथै इन्टरेक्टीक वोर्ड देखि सुरक्षाका लागि सिसि क्याम्मेरा र आधुनिक ल्यावको समेत व्यवस्था गरिएको विद्यालयले जनाएको छ । ‘हाम्रो परिकल्पना विद्यालयलाई आत्मनिर्भर, उत्कृष्ट व्यवसायिक तथा प्राविधिक शैक्षिक केन्द्रको रुपमा स्थापित गर्नेहो – सहायक प्रधानाध्पापक न्यौपानेले भने ।’
जिम्मेवार अभिभावक र दक्षशिक्षक एवं कर्मचारी मार्फत सूचना तथा प्रविधिमैत्री सिर्जनशिल, प्रतिस्प्रधि उद्यमशिल, देशझ तथा नैतिकवान विद्यार्थी उत्पादन गर्ने ध्येयका साथ विद्यालयलाई यस क्षेत्रकै शैक्षिक हवको रुपमा स्थापित गर्ने विभिन्न लक्ष्य लिएको उनले बताए । गुरुजजुर माविमा विभिन्न शारारिक अपाङ्गता भएका र दृष्टिविहिन विद्यार्थीहरुले अध्ययन गरि रहेका छन् । त्यस्तै शिक्षक कर्मचारी ८० जना रहेको विद्यालयले जनाएको छ । विद्यार्थी संख्या भौतिक र पूर्वाधारको दृष्टिले सवल शैक्षिक गुणस्तर र संस्कार युक्त शिक्षाको हिसावले उत्कृष्ट बनाउन शैक्षिक सत्र २०८३ मा विभिन्न योजना ल्याएको विद्यालयले जनाएको छ ।
