पुराना दलको हारले सुशासन
युवराज शर्मा
नेपालमा राजनीतिक दलहरुमा टंकप्रसाद आचार्यले राणा विरोधी अभियानका लागि राष्ट्रिय प्रजापरिषद् दलको स्थापना १९९७ मा गरेका थिए । उनीसँग उक्त दल पनि हराएर गयो । त्यो इतिहासमा खोजे पाइन्छ । भारतको कलकत्तामा सुवर्ण शमशेर अध्यक्ष भएर ०६ सालमा खोलेको नेपाली कांग्रेस पार्टी हो । साथै नरबहादुर समेत
४ जना भएर ०६ सालमा कलकत्तामा खोलेको पार्टी नेपाल कम्युनिष्ट पार्टी थियो । अहिले जुद्ध शमशेरका १७ छोराहरु भए जस्तै व्यक्ति पिच्छे नेपाल कम्युनिष्ट पार्टी भएका छन् । २०५२ सालमा नेकपा माओवादी दल बनेर नेपालमा द्वन्द्वकाल चर्काउने भए– पुष्पकमल दहाल प्रचण्ड । जसलाई दिने कि देश भारतको सहयोग भएको भारतीय गुणस्तरहरुले भन्दै आएका छन् ।
२०६२ सालमा शान्ति सम्झौता गर्दा पनि दिल्लीबाट भएको थियो । जुन द्वन्द्वमा सत्र हजार नेपालीले ज्यान दिनु प¥यो । आर्थिक र सामाजिक रुपमा दश वर्षसम्म नेपालीहरुलाई डर र त्रासमा बस्नु परेको थियो । यसरी जनतालाई दुःख दिने र राजनीतिक फाइदा लिने नेताहरुमध्ये पुष्पकमल दहाल प्रचण्डले पनि ठुलै इतिहास बनाए पनि जनतादेखि टाढिँदै छन् । जसलाई लोकतान्त्रिक धारमा ल्याउने काम तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।
उनी नेपाली कांग्रेसका पार्टी सभापति पनि थिए । राजनीतिक दलहरुको संख्या २०४६ सालदेखि बढ्दै गएको छ । तर, राजनीति गर्ने दलहरुमा पुराना दलहरु २०८२ सालको निर्वाचनमा पछि परेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्यो । जेन–जी पुस्ताहरुले गरेको आन्दोलनले २०८२ मा हुने निर्वाचन २०८२ सालमा भयो । यस चुनावमा पुराना दलहरुप्रति निराशा, अनास्था, घृणा विकर्षण बढेको छ । पुराना दलहरुको हविगत हेर्दा कतै नेकपा एमाले अस्तित्वविहीन बन्न सक्ने आंकलन राजनीतिक विश्लेषकहरुको भनाई छ ।
हुनतः नेपालमा कम्युनिष्ट राजनीतिक दलको भविष्य छैन किनकि कम्युनिष्टहरुमा कमाउनिष्ट नीति छ तर गरिब र विपन्न वर्गलाई उठाउने कार्यशैली नेपालका कम्युनिष्ट नेताहरुमा देखिन्न । त्यसैले होला पुष्पकमल दहाल प्रचण्डले शान्ति सम्झौतामा आएपछि आफूले जित्न सक्ने जिल्ला छान्दै उम्मेदवार बनेको इतिहास रचेका छन् । उनमा नातावाद, क्रियावाद, फरियावाद, अवसरवाद मात्र छ । यस्ता नेताको पछिल्लो व्यक्ति राजनीतिक सुझबुझ नभएको मान्छे भन्न सकिन्छ भन्छन् राजनीतिकहरु ।
जो जनतासँग भिज्न सकेनन् । अहिलेको निर्वाचनलाई नियाल्दा देश घण्टीमय भएको छ । घण्टी चुनाव चिन्ह राष्ट्रिय स्वतन्त्र पार्टीको हो । यो पार्टीको नेता रवि लामिछाने हुन् । जसलाई सहकारी ठगी र सम्पत्ति सुदृढिकरण मुद्दामा छन् । उनी जेलबाट छुटेर आएर निर्वाचनमा भाग लिन आएर चितवनबाट जिते पनि । यिनले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने भनेका छन् ।
त्यसै आधारमा बालेन्द्र शाह झापा–५ मा नेकपा एमालेका पार्टी अध्यक्ष र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न गएका थिए र चुनावमा जिते पनि । उनी रास्वपामा प्रवेश गरेपछि रास्वपाको शक्ति बढेको हो । उनी काठमाडौँ महानगरपालिकाको मेयर पदमा काम गरेर योग्यता हासिल गरेका छन् । भनिन्छ कि पढेका व्यक्तिले जान्छ, राजनीति खेल के हो ? भन्ने ।
रास्वपा दलमा पढेलेखेका मान्छेहरु भए पनि आफ्नोपनका धेरै कम मान्छेहरु छन् भने ठगहरुको संख्या धेरै छ । जो विभिन्न दल र संस्थाबाट रास्वपामा आएका छन् । उनीहरु धेरैजसो जिल्लास्तरका दलहरुमा छन् । धेरैजसो पदाधिकारी गाउँ–गाउँ, टोल–टोल, वडा–वडाहरुमा राप्रपा पुग्न सकेको छैन । यस्ता ठाउँहरुमा ठगहरु धेरै छन् । जसले गाउँलेहरुलाई ठगिरहेका छन् । मुक्ति पाउन सकेका छैनन् ।
धेरैजसो रास्वपाका पदाधिकारीहरु राजनीतिक अभ्यासमा कमजोर छन् । पुराना दलहरुका केपी शर्मा ओली र पुष्पकमल दहाल प्रण्ड निर्वाचनम ा थिए । केपी शर्मा ओलीले चुनाव हारे र पुष्पकमल दहाल प्रचण्डले चुनाव जितेका छन् । उनी भन्छन्– गणतन्त्रको असल खेलाडी हुँ । राप्रपाका रवि लामिछानेलाई गृहमन्त्री बनाउने म नै हुँ भन्छन् । कतै रवि लामिछानेलाई पुष्पकमल दहाल प्रचण्डले दबाब दिन सक्छन् ।
तसर्थ बालेन्द्र शाहलाई सबैले सहयोग दिइएन भने रास्वपा अवसरवादी ठहरिने छ । यस्तो काम गर्नु हुँदैन भन्ने हेक्का निर्वाचित रास्वपाका प्रतिनिधिहरुले सम्झनुपर्छ । सबैले संयमितता, धैर्यता, सतर्कता जस्ता गुणहरु जिम्मेवारले अपनाउनु पर्छ । बालेन्द्र शाहलाई वरिष्ठ नेता मात्र बनाउनु हुन्न । उनलाई प्रधानमन्त्री बनाएपछि उनकै निर्देशनमा राप्रपा चल्यो भने उक्त पार्टीको शीर उच्च हुनेछ । अन्यथा गठ, तस्कर र विचौलियाहरुको निर्देशन चल्ने छ ।
पुराना दलहरु नेपाली कांग्रेस, नेकपा एमाले नेकपा ताराको जस्तै खुम्चिन ढिलो हुने छैन । नेपालका पुराना दलहरुले आफूलाई देखाएको अहंकारलाई नियाल्दा उनीहरुमा आडम्बरी र अहंकारी प्रवृत्ति बढ्यो । भ्रष्टाचार, अनियमितता गरे । सुशासन गर्ने नीति भएन । भ्रष्टाचार खुला रुपमा बढ्दै गयो । नियन्त्रण हुन सकेन ।
अनियमितताले सीमा नाघ्यो । कार्यालयहरुमा सुशासन जनताले पाउन सकेनन् । राजनीतिक पहुँच नभएसम्म कार्यालयहरुमा नागरिकले सुशासन पाएनन्, देखिएन । त्यसैको परिणाम हो, वर्तमान समयमा निर्वाचनको हार पुराना दलहरुले भोग्नु परेको छ । अब कतिपय दलहरु सक्किने छन् भने कतिपय दलहरु सच्चिने छन् । यो सक्किने र सच्चिने अवसर पनि हो ।
उमेरले ७० काटेका पुराना दलका नेताहरु सक्किने छन् । उनीहरुले आफ्नो इतिहास बनाएनन् । दलको राजनीति गर्न सफल भएनन् । नेपालमा दुई तिहाईको सरकार रास्वपाले बनाउने भएपछि जेन–जीका मागहरुप्रति ध्यान दिनुपर्छ । यो परिवर्तन उनीहरुको प्रयास हो । यसले राप्रपालाई बहुमतको सरकार बनाउने अवसर दियो । राप्रपाका सांसदहरुले आफूहरुलाई जनताको सेवक ठान्नुपर्छ । निर्णयहरु गर्दा जनताप्रति उत्तरदायी हुने कार्य गर्नुपर्छ । प्रतिपक्षहरुले उस्काउने र तर्साउने छन् ।
उनीहरुलाई संयमित र धैर्यता अपनाएर आफ्ना नीतिहरुलाई अगाडि बढाउनुपर्छ । भ्रष्टाचार निर्मूल पार्न अख्तियारमा आफ्नो निर्णय कार्यान्वयन गर्ने व्यक्ति छनौट गर्नुपर्छ । सुशासनमा मन्त्रालयका सचिवहरुलाई मुख्य सचिवद्वारा नियन्त्रण गर्नुपर्छ ।
