’
दाङ,२४ फागुन । दाङका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले विजयी हुँदै ‘क्लिन स्विप’ गरेको छ । दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपिन कुमार आचार्य र दाङ–३ मा कमल सुवेदी भारी मतान्तरसहित निर्वाचित भएका हुन ।
दाङ–१ मा रास्वपाका देवराज पाठकले नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलाई २७ हजार ३२२ मतले पछाडि पार्दै विजयी भए । पाठकले ४२ हजार ६०२ मत प्राप्त गर्दा कांग्रेसका चौधरीले १५ हजार २८० मत प्राप्त गरेका छन।
दाङ निर्वाचन क्षेत्र नं. २ मा रास्वपाका सहमहामन्त्री विपिन आचार्य प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७७ मतान्तरले पराजित गर्दै विजय भएका हुन । आचार्यले ४३ हजार ५५९ मत प्राप्त गर्दा पोखरेलले १५ हजार २८७ मत प्राप्त गरेका थिए ।
दाङ ३ मा रास्वपाका कमल सुवेदी बिजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पछाडि पार्दै सुवेदी विजयी भएका हुन । सुवेदीले ४४ हजार २४८ मत प्राप्त कांग्रेसका गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन् ।