तुलसीपुर, १ जेठ । तुलसीपुरमा लकडाउनको संवेदनशीलतालाई मध्यनजर गरेर सातामा ३ दिन मात्रै बैंकहरु खुल्ने भएका छन् । उपमहानगरपालिकामा यस क्षेत्रका विभिन्न बैकर्सहरुका बीचमा भएको छलफलमा ३ दिन बैक खोल्ने सहमति भएको हो । ‘आइतवार, मंगलबार र बिहीवार बैकहरु खुल्ने भएका छन्’, लक्ष्मी विकास बैंकका म्यानेजर सरोज चौधरीले बताए ।
नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सातामा तीन दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंक खोल्ने निर्णय भएको हो । बैक खोल्दा अनिवार्यरुपमा सामाजिक दूरी कायम गर्ने, मास्क र स्यानीटाइजरको प्रयोग गर्नुपर्ने छ । पछिल्लो समय बैंकमा बाक्लो भीडका कारण संक्रमणको चुनौती बढेको थियो ।