जनताको माझ घनश्याम पाण्डेको प्रतिबद्धता सार्वजनिक

तुलसीपुर, १४ फागुन । यहि फागनु २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनको मिति आउन अब ८ दिन मात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिदै गर्दा उमेदवारहरुले आफनो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रम तिव्र बनेको छ । सोहि क्रममा दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ एमालेका उम्मेदवार घनश्याम पाण्डेले पश्चिम दाङको ग्रामिण क्षेत्रबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

अन्य उमेदवारको तुलनामा नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका पाण्डेले पहिलो पटक ग्रामिण क्षेत्रबाट चुनावी सार्वजनिक पत्र सार्वजनिक गर्नुभएको हो । नेकपा एमाले क्षेत्र नम्वर ३ को आयोजनामा आज बुधवार शान्तिनगर ५ रगैचामा आयोजित कार्यक्रममा उमेदवार पाण्डेले जनतालाई शिघ्र सेवा र हामी बनाउछौ पश्चिम दाङ भन्ने मुल नारालाई अघि सार्दै प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

ग्रामीण भेगमा जनताका माझ उम्मेदवार पुगेर घोषणा पत्र सार्वजनिक गरेको यो पहिलो पटक हो । उहाले सार्वजनिक गरेको पत्रमा पश्चिम दाङको समग्र विकास,युवाहरुलाई स्वरोजगारका लागी विना धितो कर्जा,सुत्केरीलाई भत्ता जस्ता महत्वपुर्ण कार्यक्रमहरु उल्लेख गर्नुभएको छ । यस्तैगरी शुसासन,आर्थिक पारदर्शीता, भ्रष्ट्राचार मुक्त गर्नका लागी आबश्यक निति,कृषि क्षेत्रका लागी आबश्यक निति निर्माण, दलित, महिला, जेष्ठनागरिक,सिमान्तकृत समुदाय,युवा,मजदुर लगाएतका क्षेत्रको विकास र समृद्धिका लागी पाँच वर्षको अवधीमा निति निर्माण गर्ने विषयहरु प्रतिबद्धता पत्रमा समावेश गरिएको छ ।

राष्ट्रियस्वाधिनता,अखण्डता,स्वतन्त्रता, सामाजिकन्यायरसंघीयलोकतान्त्रिकगणतन्त्रकोपक्षमाकेन्द्रितरही निति निर्माणमा भुमिका खेल्ने बाचा गर्नुभएको छ । यस्तै भौतीक पुर्वाधार,सामाजिक विकास, बन तथा बातावरण,युवा तथा खेलकुद विकास,पर्यटन विकास,भुउपयोग निती,भ्रष्टाचारमुक्त सरकार,सुशासन र न्यायको आधार तय गर्ने आफ्नो प्रमुख प्रतिबद्धता रहेको उल्लेख गरिएको छ ।

उक्त प्रतिबद्धता पत्रमा विगतका निर्वाचनमा आफुले बोलेका कुराहरु पुरा गरेको उल्लेख गरिएको छ । तुलसीपुरलाई मातृशिशु मृत्युदर शुन्य भएको, सुत्केरी महिलाहरुलाई पोषण भत्ता, छोरीको शिक्षा,स्वास्थ्य र बालविवाह न्युनीकरणका लागि स्मार्ट छोरी कार्यक्रम सञ्चालन, तुलसीपुरलाई पूर्ण साक्षर पालिका घोषणा,मोतिविन्दुमुक्त उपमहानगर निर्माणका लागि मोतिविन्दुको निशुल्क शल्यक्रियाको व्यवस्था, तुलसीपुरलाई खरको छानोमुक्त पालिका घोषणा,तुलसीपुर मेट्रो कलेज स्थापना, तुलसीपुर मेट्रो अस्पताल स्थापना,किसानहरुका उत्पादन बिक्री वितरणका लागि तुलसीपुर तरकारी बजार स्थापना,तुलसीपुर बसपार्कलाई देशकै नमुनाकारुपमा स्थापित ,तुलसीपुर अटो भिलेज,लामो समयदेखि अवरुद्ध भएको टरिगाउँ विमानस्थल सूचारु गरी टर्मिनल भवन र इन्धन डिपो स्थापना, तुलसीपुरको व्यवसाय प्रवर्द्धनका लागि तुलसी ट्रेड टावर स्थापना,तुलसीपुरलाई योगासिटीकारुपमा विकास, विद्यार्थी संख्याका आधारमा मेघा र नमुना स्कुलको अवधारणा, तुलसीपुर विकास प्राधिकरणको गठन गरी तुलसीपुरका सबै ठाउँमा बाटो विस्तार र स्तरोन्नती, तुलसीपुर रक्त सञ्चार केन्द्रको स्थापना,राप्ती आँखा अस्पतालको भौतिक अवस्था सुधार,तुलसीपुरका साथै दंगिशरण,शान्तिनगर र बबईगाउँपालिकासँग समन्वय गरी उद्ममशिलता प्रवर्द्धन र युवा र महिलाहरुलाई स्वरोजगार बनाउने,८ वटा स्वास्थ्य संस्थाबाट २१ वटामा विस्तार रकोभिडको समयमा कोरोना अस्पताल स्थापना गरी धेरै मानिसको ज्यान जोगाउने गरेको उल्लेख गरिएको छ ।

नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ का संयोजक मेघराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उम्मेदवार पाण्डेले जनपक्षिय महत्वपुर्ण कार्यक्रमहरु प्रस्तुत गर्दै आफुलाई मत दिएर विजयी बनाउन मतदाताहरु संग अपिल गर्नुभएको छ । उक्त प्रतिबद्धता पत्र बिस्तृतमा क्यु आर स्क्यान मार्फत हेर्न र पढ्न सकिने छ । उक्त कार्यक्रमको सहजीकरण नेकपा एमाले दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले गर्नुभएको थियो ।