राष्ट्रिय राजनीतिमा पुराना अविश्वास
भुपेन्द्र सुवेदी
नेपालमा विगतदेखि वर्तमानसम्म उतारचढाव हुँदै आएको राजनीतिक गतिविधिको बारेमा जो कोही पनि जानकार नभएको होइन ।
तर वास्तवमा अड्किएको गाठो फुकाउने प्रयास आजसम्म सबै विचारको क राजनीतिक विज्ञ, प्राध्यापक, शैक्षिक ज्ञाता, स्थानीय पार्टीका पाका पिढीहरुका अनुभव शेयर गरेर यो राजनीतिक गाठो केमा कसले अड्काएको छ । यसको खोजी गरेर समाधानको पाटो पैलाउने र समाधान गर्ने पक्षमा कोही बुद्धिजिवीहरुको ध्यान गएन खाली कसको विचारका पछि लाग्दा आफूलाई फाइदा उपलब्ध हुन्छ उसैको वकालत गर्दै हिन्दाको प्रतिफल आज नेपालको राजनीतिमा परेको सङ्कट हो भन्नेहरुको जमात धेरै छ ।
धेरैले विगतलाई दोस दिएर अब उम्कने वाला पक्कै छैन होला ? कसैले राणाहरुको अत्याचार, कसैले राजाहरुको शासन, कसैले पञ्चायतको शासनको कारण नेपाली जनताको अधिकार खोसियो भन्ने भोगेका र सुनेका देखेकाहरु पनि अझसम्म पक्कै छन्, यदि यो पूर्खा सकियो भने पनि नेपालको राजनीतिक सञ्चालनको इतिहास निर्माण भएरै बसेको छ । त्यो इतिहासले पनि अब हामीलाई सन्चोले निदाउन दिने छैन तर देशको राजनीति सङ्कटको कारण नेपाल र नेपाली नेतृत्वहरु विदेशीको भरिया जस्तो भएर कतिसम्म बाच्ने हो ?
आजको व्यवस्थाले ल्याएको लोकतान्त्रिक गणतन्त्रमा आहाल खेलेर निदाएका राजनेताहरुको आजको हरिविजोग आम नागरिक देशका जनताहरुले बाहिबाट हेरिरहेका छन् । देशको राज्यसत्ताको वागडोर विदेशीको हातमा सुम्पिसकेको विभिन्न डिजायनबाट प्रष्ट हुँहै आएको उदाहरण भारतसँगको लम्पसारवादी आरजु देउवा र प्रचण्डको व्यवहार यता उत्तरी छिमेकि चीनसँगको र भारतको मिलेमोतोमा मितेरी साइनोको गतिविधिमा आज फेरि चीनको नेतृत्वले अमेरिकी सरकारको इसारामा हिडेको आरोप लाउँदै विभिन्न मिडियामार्फत् नेपाललाई धम्की दिएको भन्ने खुलासा आएको छ किन ?
हिजोको इतिहासले निर्माण गरी छाडेको विभिन्न कालखण्डमा निर्माण भएका संरचना, कलकारखाना, उद्योग आजको अवस्था कसले गरायो भनेर खोज्नु पर्नै छैन इतिहास आफै बोल्छ । आजका नेताहरुको रजाई गर्ने र कमाई गर्ने, आराम गर्ने संरचना नेपालको काष्टमाण्डवले परिचित, सिहंदरबार कसले निर्माण ग¥यो ? आजको प्रधानमन्त्री निवास बालुवाटार कसको पालामा निर्माण भएको हो ?
जति छन् नेपाललाई चिनाउने पशुपतिनाथ र पाटनदरबार, भक्तपुर, ललितपुरमा स्थापित सम्पूर्ण मठमन्दिर सरकारी कार्यालय, विश्वविद्यालय, नेपाली सेनाको संरचना, नेपाल प्रहरीको संरचना अटाउने स्थान र भवन आर्मी हस्पिटल, नेपालको सबैभन्दा पुरानो वीर हस्पिटल र त्यस्ता नगन्य पुतात्विक सम्पदा कसले निर्माण गरिदिएर छाडेका हुन् ? के यो संरचना, पञ्चायतले गरेको थियो ? कयौ संरचना २०४७ साल पछिको बहुदलीय सरकारले गरेको हो ?
कयौ संरचना २०६२÷०६३ साल पछिको सरकारले निर्माण गरेको हो ? यो अवधिमा बरु को कसको पालामा सिंदरबारमा आगजनी भयो ? को कसको पालामा बालुटारको जग्गा बाँडफाँड गरी बिक्री वितरण गरियो ? देशका अधिकांश हिजोको ७५ जिल्ला आजका ७७ जिल्लाका विभिन्न भौतिक संरचनामा आगजनी कसले गरायो ? विभिन्न बैंकहरु कसले लुट्यो ?
०४७ देखि यता नेपालमा भएका कारखाना कसले बेचेर खायो कसले निजीकरण ग¥यो ? विगत २०५२ देखि यता नेपालमा के कस्ता घटना घटाइयो उक्त घटनामा स्व राजा विरेन्द्रको बंशदेखि आम नेपाली नागरिकको के कति मृत्युको इतिहास आफै बोलेको छ र आजको राजनीति अन्बलतामा नेपाललाई घुमाई–घुमाई लडाउने र भिडाउने विदेशीको खेल ग्राण्ड बानेको छ ।
नेपालको राजनीति अब कसले समाधान गर्ला के अझै नेपालका युवाशक्ति सधै आशै आशामा पार्टीको भक्त कतिसम्म बन्ने हो आफै बुझ्न आवश्यक छ । यस सम्बन्धमा अबको राजनीतिको संरक्षकको रुपमा को–को आउने हो त जनताको विश्वास लिएर ? जनताले पुरानाबाट अविश्वासको खाता खोलेका छन् भने नयाँ–नयाँ पार्टी हुँ भन्नेबाटै जनता सङ्कित हुँदै छन् अब राष्ट्रको राजनीति सुरक्षित तवरले कसले समाल्न सक्छ त ?
नेपालमा के सोच छ नयाँ युवाको जेन–जी नामको जमातले भुपेन्द्र सुवेदी तश्पश्चात्का प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा धेरै पटक नेतृत्वमा पुगे, लोकेन्द्रबहादुर चन्द छक्कापञ्जा नजानेका सोझा प्रधानमन्त्री मध्यमा पर्छन् । पञ्चायती शासन आलोपालो गरेकै हुन् । ०४३ देखि ४५ सम्ममा नेपालको प्रधानमन्त्री सल्यान जिल्लाबाट शिक्षक पेसा छाडी राजनीतिमा लागेका स्वच्छ छविका इमानदार मानिने मरिचमान श्रेष्ठ हुन् जो भारतले नाकावन्दी गर्दा समेत मट्टितेल, पेट्रोल मगाएर देशको समस्या हल गर्ने मध्येका भारतसँग नझुकेर आफ्नो पहिचान बनाएर त्यसैले आजसम्म स्व मरिचमान श्रेष्ठलाई आम नेपाली जनताले आज सम्झिएका छन् ।
२०४७ सालदेखि पछि बहुदलीय प्रजातन्त्रिक सरकारको पालामा आलोपालो आ–आफ्नै बहुमतको सरकार ढलाएर आफ्नै स्वार्थमा लागे नेताहरुको के नै विषय होला र ? केवल बहुदल प्राप्त पछिका सन्त नेता नेपाली कांग्रेसका सन्त नेता स्व कृष्णप्रसाद भट्राई र छोटो समय भए पनि नौ महिने शासनकालमा नेकपाका नेता स्व मनमोहन अधिकारी बाहेकका अति नै जनताको मन–मनमा भिजेको राष्ट्रप्रेमी नेताहरुमा को पो नै होला र ?
तश्पश्चात् ०६२÷०६३को जनता झुक्काउने जनआन्दोलन पछिको हावामा उठेका समावेशी लोकतन्त्र, राज्य पुर्नसंरचना र संविधानमा समावेश हुनु पर्ने जस्ता विषयमा व्यापक रुपमा चर्चा परिचर्चाको बहसको सन्दर्भमा व्याख्या आधारमध्ये सामाजिक सांस्कृतिक पृष्टभूमि र उनीहरुको जुन सामाजिक समूहसँग सम्वृद्धि रहेका थिए । त्यस समूहको असन्तोषको प्रतिक्रिया स्वरुप आपेक्षा आएको हुन्थ्यो ।
त्यसैले यस्ता समसामायिक आधारमा विश्लेषणको आवाज उठेका थिए । यो पुरानो विषय जोड्न मन लाग्यो र पुरानो सन्दर्भ थियो नेपालका तत्कालका प्रत्येक विकास क्षेत्रका कम्तीमा एउटा सहरमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । २०६३ अषाढ ३ गतेदेखि मङ्सिर २ गतेसम्म क्षेत्रीयस्तरको अन्तरक्रिया क्षेत्रीय कार्यक्रम नेपालगन्जमा आषाढ ३ गतेको लागि राखिएको थियो ।
जसमा स्थानीय नागरिक अगुवा, बुद्धिजिवी, राजनीतिक दलका नेता तथा कार्यकर्तामा सहभागीहरुले खुलेर आ–आफ्ना विचार व्यक्त गरेका थिए । उक्त कार्यक्रममा भाग लिने औषर सामुदायिक वन उपभोक्ता महासंघको तर्फबाट हामी पनि भाग लिन पाएका थिए । दाङबाट सबै राजनीतिक दल वा नेताहरु समेतको सहभागीता थियो । जसमा विकास क्षेत्रबाट उक्त कार्यक्रममा सहभागी हुनु हुन्थ्यो ।
दाङको तर्फबाट कार्यक्रमको नेतृत्व त्यो बेलाको जटिल अवस्थाले गर्दा सामाजिक संघ संस्थालाई जिम्मेवारी दिएकोले दाङको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका जिल्ला अध्यक्ष, हालका केन्द्र्रीय उपाध्यक्ष भीमप्रकाश खड्काले गर्नुभएको थियो । जसको विषय थियो लोकतन्त्रको खोजी, सार्वजनिक संवाद लेख तथा समावेशी लोकतन्त्रका आधार यस विषयमा २ दिने कार्यक्रमले उपस्थित सहभागीहरुबाट आएका विषय वस्तुको बारेमा अबको निर्वाचन पछिको संविधानमा के–के समावेश गर्नु पर्ने भन्ने बारेमा निकै लामो छलफल भएको थियो । त्यो बेला उठेका विषयवस्तु हाम्रो संविधान २०७२ मा समेटिएका छैनन् भन्दा हुन्छ र समेटिए पनि सरकारले नै पालना नगरेको इतिहास बनेको छ ।
