Goraksha

National Daily

किसानको अधिकार, हाम्रो प्रतिबद्धता : पाण्डे

तुलसीपुर,१० फागुन। दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ एमालेका उम्मेदवार घनश्याम पाण्डेले स्वर्गद्धारी गुठी पीडित मोही किसानको हक–अधिकार सुनिश्चिताको लागि प्रतिबद्ध रहेको बताएका छन ।

स्वर्गद्धारी गुठी पीडित मोही किसान संघर्ष समिति दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० मा आयोजना गरेको संवाद तथा प्रतिबद्धता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । स्वर्गद्वारी गुठीका पीडित मोही किसानहरूको न्यायपूर्ण माग सम्बोधन गर्ने उनले बताएका छन । प्रतिनिधि सभामा निर्वाचित भएमा गरीव, बिपन्न तथा सुकुम्बासी समुदायको समस्या समाधान गर्नका लागि निती निर्माणमा भुमिका खेल्ने उनले बताएका हुन । त्यस अवसरमा उनले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।

संघर्ष समितिले बुझाएको माग पत्र बुझ्दै पाण्डेले सामाजिक न्यायसँग जोडिएका हरेक मुद्दाको दीर्घकालीन समाधानका लागि राज्य, स्थानीय तह र समुदायबीच सहकार्य गर्ने आफ्नो प्रतिबद्धता रहेको बताएका थिए । प्रतिनिधि सभा प्रत्यक्ष तर्फका उम्मेदवार घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ राजापुरमा भएको कोणसभालाई सम्बोन गर्दै उनले यस्तो बताएका हुन । उनले सामाजिक न्यायसँग जोडिएका हरेक मुद्दाको दीर्घकालीन समाधानका लागि राज्य, स्थानीय तह र समुदायबीच सहकार्य गर्ने आफ्नो प्रतिबद्धता रहेको उनले बताएका थिए ।

यसैविच, एमाले दाङ निर्वाचन क्षेत्र ३ अन्र्तगत सबै वडाहरुमा घरदैलो तथा कोणसभाहरु भएका छन । उम्मेदवार तथा नेता कार्यक्रर्ताको सहभागितामा जनताका विचमा घरदैलो तथा सभाहरु भएको निर्वाचन परीचालन समितीका संयोजक श्याम डाँगीले जानकारी दिएका छन । दंगीशरण गाउँपालिका वडा नम्बर ६ र ७ मा घरदैलो सगैं सभाहरु भएका छन । त्यस अवसमा बोल्दै सुर्य ध्यजाबाहक उम्मेदवार घनश्याम पाण्डेले जनताको हित हुने गरि जनपक्षिय काम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन ।

उत्तर वलीको ७औं स्मृती दिवश
नेकपा एमाले दंगीशरण गाउँकमिटिले स्वर्गिय उत्तरकुमार वलीको आज सातौँ स्मृति दिवस मनाएको छ । एमालेका नेता तथा लुम्बिनी प्रदेश सभाका पुर्व सांसद वलीको स्मृति दिवसको अवसरमा उहाकै निवास दंगीशरण ६ लेटारमा स्मृति सभाको कार्यक्रम गरेको हो ।

गाउँपालिका कमिटिका अध्यक्ष वसन्त वलीको अध्यक्षता तथा केन्द्रिय सदस्य एवं समानुपातिक उमेदवार कोमल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि वलीले उत्तर कुमार वलीको चर्चा गर्नुभएको हो । उहाले पश्चिम दाङमा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन वलीले महत्वपुर्ण योगदान गरेको बताउनु भयो ।

पाटीमा संघर्षशीलता र जनता प्रतिको निष्ठाको राजनिति गर्दै पश्चिम दाङको समग्र विकासको खाका कोर्ने नेताको रुपमा वली परिचित भएको उहाले चर्चा गर्नुभएको हो । उहा भौतिक रुपमा नभए पनि उहाका योगदान आम जनतामा ताजै रहेको स्मरण गराउदै उहाको अकल्पनिय निधनले पाटी र समाजमा ठुलो क्षति भएको उहाले बताउनुभयो ।

सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा दाङ क्षेत्र नम्वर ३ का प्रत्यक्षतर्फका उमेदवार घनश्याम पाण्डे, लुम्बिनी प्रदेश कमिटिका सदस्य सिमा न्यौपाने लगाएतले स्वर्गिय वलीले पश्चिम दाङमा गरेको विकासको चर्चा गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण गाउँकमिटिका सचिव खुशीराम चौधरीले गर्नुभएको थियो । सवारी दुर्घटनामा परी गम्भिर घाईते भएका वलीको २०७५ फागुन १० गते उपचारकै क्रममा निधन भएको थियो ।

यस्तै,शान्तीनगरमा नेकपा एमाले सम्पर्क कार्यालय रगैजामा स्मृती दिवश मनाईएको छ । नेकपा एमाले शान्तिनगर गाउँकमिटीका अध्यक्ष टिकाराम रिजालको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा दाङ क्षेत्र नं. ३ का संयोजक कृष्ण भुषालको प्रमुख आथित्यतामा कार्यक्तम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अथिति भसषाल ले स्वर्गीय उत्तरकुमार वलीले दाङको विकास, संगठन सुदृढीकरण र जनतासँगको आत्मीय सम्बन्धका लागि पु¥याएको योगदानको स्मरण गर्दै उहाँको सरलता, इमान्दारिता र पार्टीप्रतिको समर्पण भावको उच्च प्रशंसा गरेका थिए ।