एनएमबि बैंकद्वारा प्रतिष्ठानलाई पाँच थान एसी सहयोग

दाङ,५फागुन । एनएमबि बैंक घोराही शाखाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग गरेको छ ।

बैकले सोमबार एक कार्यक्रमका बिच बैंक शाखा घोराहीका म्यानेजर कृष्णप्रसाद भट्टराई र ऋण अधिकृत प्रबिण डाँगीले संयुक्त रुपमा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा डा जनार्दन पन्थीलाई एसी सहयोग हस्तान्तरण गरेका हुन । प्रतिष्ठानको आईसियु, एनआईसियु कक्षमा उपचारार्थ बिरामीलाई बातानुकुलीत तापक्रममा राख्न तथा बातानुकुलित अबस्थामा राख्नुपर्ने मेसिनरि औजार, उपकरणमा समेत यसमा प्रयोग हुने प्राडा पन्थीले बर्ताए ।

प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा लम्सालले प्रतिष्ठानका महत्वपूर्ण उपकरणलाई सुरक्षित राख्न एसिले महत्वपुर्ण सहयोग पुग्ने बताउँदै एसी सहयोग गर्ने बैंक म्यानेजरसहित बैंक परिवारलाई धन्यवाद दिएका छन् । आगामी दिनमा सहयोग गर्न बैंकलाई आग्रह गरेका छन् । बैंकका शाखा म्यानेजर भट्टराईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई एसि सहयोग गरिएको बताएका थिए ।