दाङ,२४ माघ । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका ५ वडा कार्यसमितिको बैठक शनिवार सम्पन्न भएको छ ।
नेपाली कांग्रेस घोराही–५ का वडा सभापति बिष्णुमणी दाहालको सभापतित्व एवं नेपाल कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीको प्रमुख आतिथ्यतामा बसेको बैठकले फागुन २१ गते हुनगइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीलाइ रुख चिन्हमा मतदान गरी विजयी गराउन मतदातालाई आग्रह गरेको छ ।
बैठकलाई सम्वोधन गर्दै जिल्ला सचिव योगीले निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउने गरि लाग्न कांग्रेसका नेता तथा कार्यकर्तालाइृ आग्रह गरेका थिए । उनले पाटीलाई एकता बनाउँदै एकजुट भएर नेता तथा कार्यकर्ता लागे नागरिकमा सकारात्मक सन्देश जाने भन्दै त्यही अनुसार लाग्न सवैलाई आग्रह गरेका थिए । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै बैठकले वडा सभापति बिष्णुमणी दाहालको संयोजकत्वमा १५१ सदस्यीय मूल प्रचारप्रसार समिति गठन गरेको छ ।
त्यसैगरी वडा नं. ५ मा रहेका ३ वटा बुथ केन्द्रमा क्रमश मावि धर्नामा सुशील बस्नेत, आधारभूत विदालय दलजितमा मनोज केसी र जनता प्राथामिक विद्यालय डाँगीगाउँमा कृष्णबहादुर भण्डारी संयोजक रहने गरी प्रचारप्रसार उपसमिति गठन गरेको छ । साथै अनुगमन तथा समन्वय र सहजीकरणका लागि सल्लाहकार समिति, आर्थिक समितिको संयोजकमा कृष्ण गिरी, सुचना प्रविधि संयोजकमा संगम शर्मा, युवा परिचालन समितिमा रोशन शाहलाइ जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ । त्यसैगरी प्रचारप्रसारको लागि संम्पर्क कार्यालय स्थापना गर्ने पनि निर्णय गरेको वडा सभापति विष्णुमणि दाहालले जानकारी दिएका छन् ।