calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

आफ्नैको भिडमा केशब

विपुल पोख्रेल
केशब आचार्यले कांग्रेका तर्फवाट दाङ प्रदेशसभाको उप निर्वाचनमा टिकट पाउना दिन गोरक्षमा समाचार मैले आफै लेखे । उनका बारेमा केही बिस्तृत जानकारी लिन एक जना नेतालाई फोन गर्दा ति नेताले बहिलो बाक्यमै भने, ‘केशबजी सफरर हुन् ।’ यो शब्दले मलाई छोयो । अनी समाचारको शीर्षक ‘कांग्रेसबाट सफरर केशब’ भन्ने राखे ।

पत्रिका पढेपछि थुप्रै जनाले मलाई फोन गरे । केहीले ‘केशबजीका सन्दर्भमा सही शब्द चयन भएछ, धन्यवाद’ भने, केहीले ‘सफरर’ भनेको के हो ? भनेर जिज्ञासा राखे । सफरर समान्य रुपमा लगातारको यात्रीलाई सम्बोधन गर्ने शब्दका रुपमा प्रयोग हुन्थ्यो । जिज्ञासा राख्नेलाई त्यही भने । अथक यात्री हो भनेर पनि भने । केशबजीका लागि सुहाउने शब्द भन्ने प्रतिक्रिया पनि पाएको थिए, त्यसैले इमान्दारीका साथ आफ्नो मिशनमा हिड्ने सिपाहीलाई सफरर भन्छन् भनेर पनि कतिपयलाई जवाफ दिए ।

एउटा सिद्धान्त बोकर हिडेवापत दुःख पाएको व्यक्तिलाई सफरर भन्दा रहेछन् भन्ने कुरा अंग्रेजी डिक्सनेरी हेर्दा थाहा भयो । केशब आचार्यका लागि सफरर भन्ने ठ्याक्कै मिल्दो रहेछ ।
बिहीबार पश्चिम दाङमा गयौं । चुनावी माहौल बुझौ र पश्चिम दाङलाई कत्तिको चुनावले छोएको रहेछ भन्ने बुझ्ने उद्देश्यले गएका थियौ । हंशपुरमा केशब आचार्यको चुनावी शभा रहेछ । कांग्रेसको दुई वटा वडा समितिले आयोजना गरेको । भाषण चल्दै थियो । म भने स्थानीयसं गफिदै थिए ।
नेकपाकी उम्मेदवार बिमला वली पनि बबई पालिकामा नै घुम्दै रहिछन् । दुबैका सन्दर्भमा कुरा भए । स्थानीयका कुराहरु मिश्रीत थिए । अघिल्लो चुनावमा साडे पाँच हजार भोटले कांग्रेस पछाडि परेको थियो त्यो चुनावमा । अहिलेको प्रचार शैली, उम्मेदवारको हैसियत र अन्य बिबिध कारणले त्यो मतान्तरण कायम रहदैन भन्ने कुरामा दुबै उम्मेदवारका पक्षधर स्थानीयले सहमति जनाए । त्यसैगरी अर्को सहमति दुबै पक्षधरबीचमा के देखियो भने, ‘केशब आचार्यले यो ठाँउको माटो–माटो चिनेको छ ।’

चुनाव एउटा प्रक्रिया हो । मतदाताको फैसला सबैका लागि स्वीकार्य हुने छ । तर भोट जहाँ हाले पनि त्यो ठाँउले केशब आचार्यलाई राम्रोसंग चिनेको रहेछ । ‘माटो–माटो’ चिन्ने केशबलाई सफरर भनेर बिशेषण लगाइदिनु उचित नै रहेछ । ‘केशब नपुगेको घरै छैन, उनले दूध र खिर नखाएको भान्सा छैन’ केशबलाई भोट दिने मानसिकताका साथ बसेका एकजना स्थानीयले भने, ‘मुख्यमन्त्री अर्को पार्टीको भए पनि हप्काएर विकास ल्याउन त्यै केशबले सक्छ, विमला(वली)ले आफ्नै पार्टीको भएपनि मुख्यमन्त्रीसंग बोल्न सक्ने छैनिन् ।’ यती सुन्दै गर्दा केबश आचार्यले टिकट पाएको समाचारको शीर्षकमा ‘सफरर’ लेखेर ठिक गरेछु भन्ने अनुभुती पनि मलाई भयो ।
व्यक्तिको भूमिका समाजमा कुन प्रकारको छ भनेर भन्न सक्नुपर्दछ । हाम्रा कतिपय परम्परागत मान्यताहरु छन्, कतिपय जडसूत्रवादी अनुसासनका घेराहरु पनि छन्, जस्ले कुनै एक व्यक्तिको मुल्याङ्कन गर्ने कुरालाई रोक लगाउने प्रयास गर्दछन् । ती मान्यताको दायरा भित्र रहेर बस्दा सबै उम्मेदवारका बारेमा बराबरी बोल्नु पर्ने हुन्छ । तर त्यसो गर्दैमा न्याय हुन्छ झै लाग्दैन । केशब आचार्यले लोकतन्त्रका लागि जेल पर्दै गर्दा, व्यक्तिगत जीवनका सम्पूर्ण सम्भावनाहरुलाई तिलाञ्जली दिएर जनताको सेवामा समर्पित हुँदै गर्दाको इतिहासलाई बिस्मृतिमा राखेर उनी र उनका प्रतिष्पर्धीहरुलाई एउटा हैसियतमा राख्ने कुराले सामाजिक न्याय पनि मर्ने छ ।
बिहीबारको सभामा सम्बोधन गर्दै गर्दा केशबले भने, ‘मैले तपाईहरुको शिर झुक्न दिने छैन ।’
राजनीति अराजनीतिक मान्छेको हाता गैरहेको बेलामा, नेतृत्व प्रति जनताको सम्मान स्खलित हुँदै गर्दा सार्वजनिक रुपमा ‘तपाईहरुको शिर झुक्न दिनेछैन’ भन्न सक्ने नेतृत्व हो केशब आचार्य । इमान्दारीको प्रतिक हो केशब आचार्य । भाषण गर्दै गर्दा वीरकेशरी गौतमले भने, ‘दाङको सन्दर्भमा लोकतन्त्र भनेको केशब हो, र केशब भनेको लोकतन्त्र हो ।’

लोकतन्त्र भनेको निरन्तरता हो, गतिशिलता हो, इमान्दारी हो, परिणामको खोज हो, सहकार्यको यात्रा हो, जनतासंगको परस्पर सम्बन्ध हो, सरल जीवनशैली हो, विकासको प्राथमिकिकरण हो, निमुखाको बलियो साथ हो । वीरकेशरीले भनेझै केशब लोकतन्त्रका यी सबै चरित्र अंगाल्ने एक अथक योद्धा हुन् । बरु जीवन बलिदान गर्ने तर, लोकतन्त्रको चरित्रसंग सौदावाजी नगर्ने थोरै राजनीतिकर्मीको सूचीमा दर्ज भएका योद्धा हुन् ।

एकपटक पार्टीको आन्तरिक विवादका सन्दर्भमा पार्टी कार्यालयमा छलफल हुँदै गर्दा म पनि पुगेको थिए संयोगले । केशबजी पनि त्यो बैठकमा रहेछन् । उनको ठूलो आवाज, बाहिरसम्म सुनिइरहेको थियो । भन्दै थिए, ‘वीपीले गल्ती नगुर्न र गलत कुरा नसहनु, नेतृत्वका सामु चाकरी हैन, गलत कुराको प्रतिवाद गर्नु भन्नुभएको छ । म मरिजाम्ला यो कुरा मान्दीन । पार्टीलाई क्षती पुग्नेगरी कसैको पक्षमा लाग्दैन ।’ त्यही केशब आज, ‘मरिजाम्ला, तर तपाईहरुको शिर निहुरिन दिने छैन’ भन्दै पश्चिम दाङमा भोट माग्दै छन् । रग–रग धौंताल झै जनताका काम गर्न भन्दै हिडेका सडकमा हिडिरहेका छन् भोट माग्न केशब । जनताको भान्सामै दूध र खिरमा रमाएका केशब तिनै भान्सामा व्यस्त हातहरुवाट आफुलाई भोट मागिरहेका छन् । अचम्मको केशबको प्रचार अभियान पनि । न उम्मेदवारका लागि मतदाता नौला, न त मतदाताका लागि उम्मेदवार नौला ।

हाँस्दा खेल्दैका एक योद्धाको जनमत नाप्न निर्वाचन आयोगले बक्सा थापिदिएको मात्र । नतिजा जे सुकै होला, आफ्नैको भिडमा केही औपचारिक प्रक्रिया पुरा गर्नुपर्ने मोडमा उभिएका छन् अहिले केशब । त्यो दिनको भोलीवाट फेरि रग–रग धांैताल झै जनताको सेवामा हिड्नु त छदै छ उनलाई ।