calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

उपनिर्वाचन : घोराही–१६ मा सात जनाको उम्मेदवारी

दाङ,२७ कार्तिक । आगामी मंसिर १४ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि घोराही उपमहानगरपालिका वडा नं. १६ मा सात जनाले उम्मेदवारी दर्ता गराएका छन ।

निर्वाचन आयोगको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका अनुसार विहान १० बजेदेखि १ बजेसम्मको अवधिमा पाँच राजनीतिक दलसहित दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन । घोराही–१६ मा नेपाली कांग्रेस, सत्तारुढ नेपाल कम्युनिष्ट पाटी –नेकपा), राष्ट्रिय प्रजातन्त्र पाटी, समाजवादी पार्टी, मंगोल नेशनल पाटीले उम्मेदवार उठाएका छन ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार घोराही–१६ मा नेपाली कांग्रेसबाट ताराबहादुर डाँगी, सत्तारुढ नेकपाबाट सुरेशबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पाटीबाट प्रकाश केसी, समाजबादी पार्टीकातर्फबाट बिमला पुन र मंगोल नेशनल अर्गनाईजेशनबाट पहलमान आले मगरले उम्मेदवारी दर्ता गराएका छन ।

त्यस्तै वडा नं. १६ को वडाध्यक्ष पदका लागि जगलाल चौधरी र समीर वलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । जगलाल चौधरी नेकपाका बागी उम्मेदवार हुन भने समीर वली युवा उम्मेदवारका रुपमा रहेका छन । २४ बर्षीय वली यसअघि विवेकशील साझा पार्टीमा आवद्ध रहेका थिए ।