दाङ, २० माघ । राष्ट्रियसभा सदस्यमा निर्वाचित गुल्मी निवासी चन्द्रबहादुर केसीले निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।
राष्ट्रियसभा निर्वाचनका क्रममा आफुले गरेको खर्च केसीले मंगलवार सार्वजनिक गरेका हुन । नेपाली कांग्रेसबाट माघ ११ गते भएको राष्ट्रिय निर्वाचनका क्रममा राष्ट्रियसभा सदस्यमा निर्वाचित केसीले तीन लाख २२ हजार बराबरको खर्च विवरण सार्वजनिक गरेका हुन ।
जस्मा सवारीसाधन प्रयोगमा ६५ हजार, सवारी इन्धनमा १० हजार, प्रचार–प्रसार सामग्रीमा १४ हजार,ढुवानी सात हजार, गोष्ठी तथा कार्यकर्ता परिचालन ९७ हजार, अन्य प्रचार प्रसार, छापा तथा विद्युतिय माध्यममा १४ हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन् ।
त्यसैगरी कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालनमा २५ हजार र विविधमा २० हजार रुपैयाँ खर्च भएको विवरण केसीले सार्वजनिक गरेका हुन । राष्ट्रियसभा सदस्य केसीले निर्वाचन आयोगको कानुनी व्यवस्था अनुसार निर्वाचन खर्च विवरण सार्वजनिक गरेका हुन । केसी माघ ११ गते भएको निर्वाचनमा नेपाली कांग्रेस–एमाले गठबन्धनकातर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाति भएका थिए ।