दाङ, १ जेठ दाङमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । घाेराही तुलसीपुर सडकखण्डकाे नारायणपुर जलाैरा चाेकमा माेटरसाईकल दुर्घटना हुँदा माेटरसाईकल चालककाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
पर्सेनीबाट घाेराहीतर्फ अाउदै गरेकाे रा ५ प ३६८८ नम्बरकाे माेटरसाईकल अाज विहीवार विहान साढे ४ बजे दुर्घटना हुँदा माेटरसाईकल चालक तुलसीपुर ७ का ३१ वर्षका विशाल थापाकाे मृत्यु भएकाे छ भने माेटरसाईकलमा सवमर साेही ठाँउका १३ वर्षीय हिक्की पुन गम्भीर घाईते भएका छन् । घाईते पुनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेकाे छ ।
माेटरसाईकल दुर्घटना हुनुकाे कारण अनुसन्धान भईरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।