कांग्रेसद्वारा क्षेत्र न.२ मा मूल समिति गठन

घोराही, १५ माघ । नेपाली कांग्रेस क्षेत्र न.२ ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन परिचालन मूल समिति एवं उपसमितिहरु गठन गरिएको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई बिजयी बनाउनका लागि घोराहीमा भएको भेलाले निर्वाचन परिचालन मूल समिति र विभिन्न उपसमितिहरु गठन गरिएको हो ।

भेलाले क्षेत्रिय सभापति भिमप्रकाश खडकाको संयोजकत्वमा एक हजार एक सय सदस्ययि निर्वाचन परिचालन मूल समिति गठन गरिएको हो । जसको सह–संयोजकमा प्रदेश सभा क्षेत्रिय सभापतिहरु प्रकाश श्रेष्ठ र अभियान बस्नेत रहनुभएको छ भने सदस्यहरुमा क्षेत्र न.२ का जिल्ला सदस्यहरु, पूर्व जिल्ला सदस्यहरु, महाधिवेशन प्रतिनिधीहरु, पूर्व महाधिवेशन प्रतिनिधीहरु, प्रतिनिधी सभा क्षेत्रिय कार्यसमिति, प्रतिनिधी सभा क्षेत्रिय पूर्व पदाधिकारीहरु, सदस्यहरु, प्रदेश (क र ख) पदाधिकारी र सदस्यहरु, प्रदेश पूर्व पदाधिकारी र सदस्यहरु, नगर÷पालिका पदाधिकारी र सदस्यहरु, नगर÷पालिका पूर्व पदाधिकारी र सदस्यहरु, सम्पूर्ण भातृ तथा शुभेच्छुक संघसंगठनका पदाधिकारी, पूर्व पदाधिकारी एवं सम्पूर्ण सदस्यहरु, २७ वटै वडा पदाधिकारी र सदस्यहरु रहेका छन् ।

यस्तै डा.सुदीप गौतमको संयोजकत्वमा प्रतिवद्धता पत्र (घोषणापत्र) तयारी उपसमिति भुपबहादुर डाँगी संयोजक रहेको आर्थिक परिचालन उपसमिति, गोमा रावत संयोजक रहेको महिला परिचालन उपसमिति, तिलक रावत संयोक रहेको युवा परिचालन उपसमिति, आर.के.शीतल संयोजक रहेको निर्वाचन सामाग्री तयारी उपसमिति, पार्वति बस्नेतको संयोजकत्वमा मिडिया परिचालन उपसमिति, खड्गबहादुर बुढाथोकी संयोजक रहेको उद्यमी÷व्यापारी परिचालन उपसमिति, सरदकुमार घिमीरे संयोजक रहेको निजामति कर्मचारी समन्वय उपसमिति, बमबहादुर डि.सी संयोजक रहेको सुचना संकलन उपसमिति, प्रेम शर्मा संयोजक रहेको सांस्कृतिक परिचालन उपसमिति गठन गरिएको छ ।

यस्तै भरतराज देवकोटा संयोजक रहेको संघ, संस्था तथा सहकारी परिचालन उपसमिति, गणेश चौधरी संयोजक रहेको थारु समुदाय परिचालन उपसमिति, तेजबहादुर बि.क संयोजक रहेको दलित समुदाय परिचालन उपसमिति सावित्रा राना संयोजक रहेको आदिवासी जनजाति समुदाय परिचालन उपसमिति, चर्तुरमान डाँगी संयोजक रहेको निवृत शिक्षक÷कर्मचारी परिचालन उपसमिति, रोबरबहादुर बस्नेत संयोजक रहेको पूर्व प्रहरी समन्वय÷परिचालन उपसमिति, सुर्य बहादुर बस्नेत संयोजक रहेको शिक्षक समन्वय उपसमिति, दिनेश भट्टराई संयोजक रहेको प्राध्यापक समन्वय उपसमिति, प्रेम शाह संयोजक रहेको धार्मीक तथा सामाजिक संघसंस्था समन्वय÷परिचालन उपसमिति, बदरुदीन राईन संयोजक रहेको मुस्लीम धर्मालम्बी समन्वय÷परिचालन उपसमिति, बलदेव मल्ल संयोजक रहेको विद्यालय व्यवस्थापन समिति समन्वय÷परिचालन उपसमिति गठन गरिएको छ ।

यस्तै मुक्तिराम भुषाल संयोजक रहेको टोल विकास समन्वय÷परिचालन उपसमिति, डा.वेदबहादुर के.सी संयोजक रहेको किसान संघ निर्वाचन परिचालन उपसमिति, मानबहादुर राना संयोजक रहेको मजदुर÷श्रमीक परिचालन उपसमिति, हरि सुवेदी संयोजक रहेको प्रजातान्त्रिक सेनानी समन्वय उपसमिति गठन गरिएको छ ।

क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा भएको भेलाले विरकेशरी गौतम संयोजक रहेको अनुगमन तथा मुल्यांकन समिति गठन गरिएको छ । जसको सदस्यहरु घनश्याम रेग्मी, मोहनलाल वली, अनिता देवकोटा, भोजराज पाण्डेय रहनुभएको छ । यस्तै राजु खनाल, खगराज पाण्डे, प्रचण्डविक्रम न्यौपाने, पुष्पा श्रेष्ठ, जानका केसी, कमानसिं भारति, गिरिराज सुवेदी, बालिका लम्साल, गौरव आचार्य, भरतबहादुर न्यौपाने, नदनकुमार शर्मा, श्याम रेग्मी, धुव्रकुमार ज्ञवाली क्षेत्र न.२ का सम्पूर्ण महासमिति सदस्यहरु, नेपाली कांग्रेस दाङका पार्टिका पूर्व सभापतिहरु रहनुभएकाे छ ।