दाङ,१४ माघ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ प्रतिनिधि सभाका उम्मेदवार किरण किशोर घिमिरेले घोराहीमा सम्पर्क कार्यालय स्थापना गरेका छन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै उम्मेदवार घिमिरेले घोराही उपमहानगरपालिका-१४ स्थित गौतमनगर टोलमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । उक्त सम्पर्क कार्यालयको बुधबार सुभारम्भ गर्दै उम्मेदवार घिमिरेले निर्वाचनलाई प्रचारप्रसार गर्नेदेखि भेटघाट गर्न सहजता हुने बताएका थिए ।
उनले अहिलेको परिवर्तित समयमा कांग्रेस एकताबद्वसंगै नयाँ पुस्ताको भावनालाई समेटेर अघि बढेको भन्दै अब सबै मिलेर कांग्रेसको पक्षमा जनतालाई जोडने गरि लाग्नुपर्ने बताएका थिए । सम्पर्क कार्यालय स्थापना कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्याकर्ताहरुको उपस्थिती रहेको थियो ।