राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार बिजयी

दाङ, ११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनका उमेदवारहरु विजयी भएका छन । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा आईतवार  भएको मतदानमा एमाले र कांग्रेसका उमेदवारहरु राष्ट्रिय सभा सदस्यमा निर्वाति भएको प्रदेश निर्वाचन कार्यालय घोराहीले जानकारी दिएको छ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य अन्यतर्फ नेपाली कांग्रेसका चन्द्र बहादुर केसी निर्वाचित हुनु भएको छ ।

उहाले पाँच हजार नौ सय सतहत्तर मतभार प्राप्त गर्नुभएको छ भने उहाका प्रतिद्धन्द्धी नेपाली कुम्युनिष्ट पाटीका बृहस्पती अधिकारीले एक हजार आठ सय बत्तिस र राष्ट्रिय जनमोर्चाका बोम बहादुर खत्रीले एक सय सरसठ्ठी मतभार प्राप्त गर्नु भएको कार्यालयले जानकारी दिएको छ । यस्तैगरी र महिला कलस्टरतर्फ नेकपा एमालेकी राम कुमारी झाक्री निर्वाचित हुनु भएको छ ।

उहाले छ हजार तिन सय तिन मतभार प्राप्त गर्नुभएको छ भने उहाका प्रतिस्प्रर्धी नेपाली कम्युनिष्ट पाटीका दुर्गा कुमारी भण्डारीले एक हजार तिन सय बैसठ्ठी र राष्ट्रिय जनमोर्चाका पदमा पण्डितले एक सय छयासी मतभार प्राप्त गर्नुभएको छ ।
यस्तै अपाङगता तथा अल्पसंख्यक समुहबाट दुई जनाको प्रतिस्प्रर्धा भएको थियो । जसमा नेपाली कांग्रेसका बासुदेव घिमिरे विजयी हुनु भएको छ । उहाले छ हजार तिन सय बाईस मतभार प्राप्त गर्दा उहाका प्रतिस्प्रर्धी नेपाली कम्युनिष्ट पाटीका सर्जन विकले एक हजार छ सय एक मतभार प्राप्त गर्नुभएको हो ।

निर्वाचन कार्यतालिका अनुसार विहान ९ बजेदेखी दिउँसो ३ बजे सम्म भएको मतदानमा २८६ जनाले मतदान गरेका थिए । लुम्बिनी प्रदेश सभा सदस्य संख्या ८७ रहेकोमा पुरुष ४८ जना र महिला ३० गरी ७८ जना मतदानमा सहभागी भएका छन् ।यस्तैगरी स्थानिय तहका प्रमुख तथा उपप्रमुखको संख्या २१८ रहेकोमा १२३ जना पुरुष र ८५ जना महिला गरी २०८ जनाले मतदान गरेका थिए । प्रदेशबाट महिला र अपाङ्गता समुह गरी तीन जना सदस्य पदका लागी आठ जनाले चुनावमा भाग लिएका थिए । राष्ट्रियसभा सदस्यका लागी कांग्रेस र एमालेले चुनावी गठबन्धन गरेका थिए । फागुन २० गतेदेखि पदावधि सकिन लागेका एमालेका गोपाल भट्टराई (खुला), विमला घिमिरे (महिला) र माओवादीका जगप्रसाद शर्मा (अपाङ्गता)को ठाउँमा नयाँ सदस्य निर्वाचित भएका छन् ।