मनोनयन दर्ता कार्यक्रममा सहभागी हुन कांग्रेसको आह्वान

गोरक्ष समाचारदाता
दाङ, ६ माघ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आज मङ्गलवार हुने उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा उपस्थित हुन सम्पूर्णमा अनुरोध गरेको छ ।

उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका अनुसार क्षेत्र नं. २ ले विज्ञप्ति निकालेर क्षेत्र नं. २ मा कांग्रेसको तर्फबाट उम्मेदवारी गर्ने कार्यक्रममा उपस्थित हुन सम्पूर्ण नेता कार्यकर्तामा अनुरोध गरेको हो । क्षेत्रीय सभापति भीमप्रकाश खड्काले एक विज्ञप्ति निकालेर उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा सहभागिताका लागि दिउँसो १२ः३० बजे पार्टी कार्यालय घोराहीमा उपस्थित हुन सम्पूर्ण नेता, तहगत संरचनाको कार्यसमिति, भ्रातृ तथा शुभेच्छुक संघसंगठनलगायत सम्पूर्ण मतदातामा आह्वान गरेका हुन् ।

‘नेपाली कांग्रेसले लोकतन्त्रलाई मजबुत बनाउने, संविधानको रक्षा गर्ने, राष्ट्रियता र जनअधिकारलाई सुदृढ गर्ने जिम्मेवारी बोकेको र आन्तरिक एकता, संगठनात्मक सुदृढीकरण र नयाँ पुस्तालाई आकर्षित गर्ने कार्य गरिरहेको छ ।

लोकतान्त्रिक मूल्य, पार्टीको गौरव र संगठनात्मक एकतालाई उच्च राख्दै प्रत्येक साथीहरूले आफ्नो जिम्मेवारी पूरा गर्दै मनोनयन दर्ता गर्ने कार्यमा उपस्थित भई पार्टीलाई अझ मजबुत बनाउन सहयोग पु¥याउन आवश्यक छ ।

मनोनयन दर्ता केवल औपचारिक प्रक्रिया मात्र नभई पार्टीको शक्ति, मतदाताको समर्थन र सामूहिक प्रतिबद्धताको प्रत्यक्ष सहभागिता हो’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले नेपाली कांग्रेसको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न पार्टीको तर्फबाट मनोनयन दर्तामा सहभागिताका लागि उपस्थित हुन जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति, वडा तथा टोल कार्यसमिति, भ्रातृ तथा शुभेच्छुक संघ, संगठन, सम्पूर्ण नेता, कार्यकर्ता एवम् सुभेच्छुकमा हार्दिक अनुरोध गर्दछौँ ।’