त्रिभुवनगर जेसीजको पद हस्तान्तरण

गोरक्ष समाचारदाता
दाङ, २१ पुस । त्रिभुवनगर जेसीजको पद हस्तान्तरण कार्यक्रम शनिवार घोराहीमा सम्पन्न भएको छ । ४१ औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सन् २०२५ का अध्यक्ष टङ्क रावत (अनन्त)ले सन् २०२६ का अध्यक्ष मिनराज भाटलाई पदहस्तान्तरण गरेका हुन् ।

सन २०२६ को नयाँ कार्यसमितिको अध्यक्षमा मिनराज भाट, तत्कालीन पूर्व अध्यक्ष (आइपिपी) मा टङ्का रावत (अनन्त), कानुनी सल्लाहकारमा बुद्धिप्रकाश शर्मा, कृष्णदेव थापा मगर जनसम्पर्क अधिकृत (एचपिआर), मिनेश श्रेष्ठ र श्यामकुमार गिरी कार्यकारी उपाध्यक्ष, बाबुराम पाण्डे महासचिव, रोशन दाहाल कोषाध्यक्ष चयन भएका छन् । उपाध्यक्षहरूमा हिमाल केसी, हरि भट्टराई, प्रकाश आचार्य र विवेक देवकोटा, सचिवमा रणबहादुर खड्का रहेका छन् ।

यसैगरी राजन घर्ती मगर तालिम निर्देशक, खेमराज भण्डारी शाखा सम्पादक, अभिषेक बोहरा विषय निर्देशक तथा प्रवक्ता, डा. किरण कँवर र डा. आशीष उप्रेती स्वास्थ्य समन्वयकर्तामा चयन भएका छन् । यसैगरी पुकार शर्मा भूमि तथा भवन संयोजक, भूपेन्द्र वली सदस्य वृद्धि संयोजक, पुजन योगी कोष सङ्कलन संयोजक, सिरिशान अधिकारी जुनियर जेसीज समन्वयकर्ता, किरण बोहोरा व्यवसाय साझेदारी निर्देशक, संगम शर्मा सूचना प्रविधि समन्वयकर्ता, तेज बोहोरा मनोरञ्जन समन्वयकर्ता, समीर वली खेलकुद समन्वयकर्ता, विजय विष्ट शिक्षा समन्वयकर्ता, इमान घिमिरे पुस्तकालय समन्वयकर्ता तथा मिलन गौतम च्याप्टर समन्वयकर्ता रहेका छन् ।

यसैगरी श्रीधर जैशी गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था समन्वयकर्ता र सुदन पौडेल सञ्चारमाध्यम समन्वयकर्तामा चयन भएका छन् । केही समय अघि अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष दुई,उपाध्यक्ष चार जना सचिव पदमा निर्वाचनमार्फत चयन गरिएको थियो  भने अन्य पदमा अध्यक्षले मनोनयन गरेका हुन् । अध्यक्षले मनोनयन गर्न पाउने व्यवस्था अनुसार मनोनयन गरिएको हो । उनीहरूले सपथ ग्रहणसमेत गरेका छन् ।

कार्यक्रम त्रिभुनगर जेसीजका अध्यक्ष रावतको अध्यक्षता तथा नेपाल जेसीजका उपाध्यक्ष राजनी थापाको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको विशिष्ट आतिथ्यतामा भएको थियो । उपाध्यक्ष अभिषेक बोहोराको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण कृष्णदेव थापाले गरेका थिए । कार्यक्रममा विभिन्न अवार्ड वितरण गरिएको थियो ।