भुपेन्द्र सुवेदी
नेपालमा विगतदेखि वर्तमानसम्म उतारचढाव हुँदै आएको राजनीतिक गतिविधिको बारेमा जो कोही पनि जानकार नभएको होइन होला । तर, वास्तवमा अड्किएको गाठो फुकाउने प्रयास आजसम्म सबै विचार के का राजनीतिक विज्ञ, प्राध्यापक, सैनिक ज्ञाता, स्थानीय पाका पिढीका अनुभव शेयर गरेर यो राजनीतिक गाठो के मा कसले अड्काएको छ ।
यसको खोजी गरेर समाधानको पाटो पैलाउने र समाधान गर्ने पक्षमा कोही वुद्धिजिवीको ध्यान गएन खाली कसको विचारका पछि लाग्दा आफूलाई उपलब्ध हुन्छ । उसैको वकालत गर्दै हिन्दाको प्रतिफल आज नेपालको राजनीतिमा परेको सङ्कट हो भन्नेको जमात छ धेरै छ । के–के न उपलब्धी ल्याउँछौँ भन्दै उत्पन्न भएका जेन–जी पुस्ताको आन्दोलनले अनाहकमा विद्यालय हिडेका बालक विद्यार्थीको हता हत भयो ।
आन्दोलन सफल पार्न नसक्ने भए किन ७५, ७६ जनाको तगतमा होली खेल्ने योजना कसले र कहाँबाट सञ्चालित हुन पुग्यो ? धेरेैले विगतलाई दोस दिएर अब उम्कने वला पक्कै छैन होला ? कसैले राणाको अत्याचार, कसैले राजाको शासन, कसैले पञ्चायतको शासनको कारण नेपाली जनताको अधिकार खोसियो भन्ने भोगेका र सुनेका देखेका पनि अझसम्म पक्कै छन् ।
यदि यो पूर्खा सकियो भने पनि नेपालको राजनीतिक सञ्चालनको इतिहास निर्माण भएरै बसेको छ । त्यो इतिहासले पनि अब हामीलाई सञ्चले निदाउन दिने छैन । तर, देशको राजनीति सङ्कटको कारण नेपाल र नेपाली विदेशीको भरिया जस्तो भएर कतिसम्म बाच्ने हो ? आजको व्यवस्थाले ल्याएको गरेको लोकतान्त्रिक गणतन्त्रमा आहाल खेलेर निदाएका राजनेताको आजको हरिविजोग आम नागरीक देशका जनताले बाहिबाट हेरिरहेका छन् ।
देशको राज्य सत्ताको बागडोर विदेशीको हातमा सुम्पिसकेको विभिन्न डिजायनबाट प्रष्ट हुँदै आएको उदाहरण भारतसँगको लम्पसारवादी आरजु देउवा र प्रचण्डको व्यवहार यता उत्तरी छिमेकी चीनसँगको मितेरी साईनोको गतिविधि हिजो खुल्ला भएको तातो पानी नाका आज फेरि चीन, नेपाल बिचको मितेरी पुललगायत धेरै नेपाल आउँदै गर्न लागेको छ । सामान सहितको गाडी समेत बाढिले बगाएको अवस्था देशमा परेको सङ्कटले नेपाल सरकारलाई अर्काे समस्यामा पारेको अवस्थामा नेपालले भारत सँगको सम्बन्धको विषयमा हुँदै आएको छ ।
हिजोको इतिहासले निर्माण गरी छाडेको विभिन्न कालखण्डमा निर्माण भएका संरचना, कलकारखाना, उद्योगको आजको अवस्था कसले गरायो भनेर खोज्नु पर्नै छैन । इतिहास आफै बोल्छ र आजका नेताको रजाई गर्ने र कमाई गर्ने आराम संरचना नेपालको काष्टमाण्डवले परिचित, सिहंदरबार कसले निर्माण ग¥यो ?
आजको प्रधानमन्त्री निवास बालुवाटार कसको पालामा आएको हो ? जति छन् नेपाललाई चिनाउने पशुपतिनाथ र पाटन दरबार, भक्तपुर, ललितपुरमा स्थापित सम्पूर्ण मठमन्दिर सरकारी कार्यालय, विश्वविद्यालय, नेपाली सेनाको संरचना, नेपाल प्रहरीको संरचना अटाउने स्थान र भवनहरु आरमी हस्पिटल, नेपालको सबैभन्दा पुरानो विर हस्पिटल र त्यस्ता नगन्य पुतात्विक सम्पदा कस्ले निर्माण गरिदिएर छाडेका हुन् ?
के यो संरचना, पञ्चायतले गरेको थियो ? कयौँ संरचना २०४७ साल पछिको बहुदलीय सरकारले गरेको हो ? कयौँ संरचना २०६२।०६३ साल पछिको सरकारले निर्माण गरेकोहो ? यो अवधिमा बरु कसको पालामा सिंदरबारमा आगजनी भयो ? को कसको पालामा बालुटारको जग्गा बाँडफाँड गरी बिक्री वितरण गरियो ? देशका अधिकांश हिजोको ७५ जिल्ला आजका ७७ जिल्लाका विभिन्न भौतिक समरचनामा आगजनी कसले गरायो ?
विभिन्न बैंकहरु कसले लुट्यो ? गित ०४७ देखि यता नेपालमा भएका कारखानाहरु कसले बेचेर खायो कसले सहजीकरण ग¥यो ? २०५२ देखि यता नेपामा के–कस्ता घटना घटाइयो । उक्त घटनामा स्व राजा विरेन्द्रको वंशदेखि आम नेपाली नागरिकको के कति मृत्यु के यो विषयमा सबै जिम्मेवार छौकी छैनौँ ? के अब जेन–जीको अवस्था पनि यस्तै होला त ? के–के गर्न सक्ला जेन–जीको आन्दोलनले बुझ्न गाह्रो भयो सबै एउटै बारीको मुला जस्तो हुनेको त त्यही भएर शिर्षक मै जुन जोगी आए पनि कानै चिरेको खाली आफ्ना वुद्धिमा नचल्ने अर्काको इशारा चल्दाको प्रतिफल यही हो ।
पोष्ट रहेको भन्ने पुराना अग्रजको भनाईसँगै एतिहासिक दस्ता बनेको छ । तश्पश्चातका प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, धेरै पटक नेतृत्वमा पुगे , लोकेन्द्रबहादुर चन्द छक्का पञ्जा नजानेका सोझा प्रधानमन्त्री मध्यमा पर्छन् । पञ्चायती शासन यिनले आलोपालो गरेकै हुन् । ०४३ देखि ४५, ४५, सम्ममा नेपालको प्रधानमन्त्री सल्यान जिल्लाबाट शिक्षक पेसा छाडी राजनीतिमा लागेका स्वच्छ छवीका इमानदार मानिने मरिचमान श्रेष्ठ हुन् ।
जो भारतले नाका वन्दी गर्दा समेत मट्टितेल पेट्रोल, मगाएर देशको समस्या हल गर्ने मध्येका आटी भारतसित नझुकेर आफ्नो पहिचान बनाए । त्यसैले आजसम्म स्व मरिचमान श्रेष्ठलाई आम नेपाली जनताले आज सम्झिएका छन् । २०४७ सालदेखि पछि बहुदलीय प्रजातान्त्रिक सरकारको पालामा आलोपालो आ–आफ्नै बहुमतको सरकार ढलाइ र आफ्नै स्वार्थमा लागे नेताहरुको के नै सम्झने लायकको विषय होला ।
केवल बहुदल प्राप्त पछिका सन्तनेता नेपाली कांग्रेसका सन्तनेता स्वकृष्णप्रसाद भट्टराई र छोटो समय भए पनि नौ महिने शासनकालमा नेकपाका नेता स्व मनमोहन अधिकारी बाहेकका अति नै जनताको मनमनमा भिजेको राष्ट्रप्रेमी नेतामा को नै होला र ?
तश्पश्चात ०६२।०६३ को जनता झुक्काउने जनआन्दोलन पछिको हावामा उठेका समावेशी लोकतन्त्र, राज्य पुनःसंरचना र संविधानमा समावेश हुनु पर्ने जस्ता विषयमा व्यापक रुपमा चर्चा परिचर्चाको बहसको सन्दर्भमा व्याख्या तार्किक आधारमध्ये सामाजिक सांस्कृतिक पृष्टभूमि र उनीहरुको जुन सामाजिक समूहसँग सम्वृद्ध रहेका थिए । त्यस समूहको असन्तोषको प्रतिक्रिया स्वरुप आपेक्षा आएको हुन्थ्यो ।
त्यसैले यस्ता समसामायिक आधारमा विश्लेषणको आवाज उठेका थिए । यो पुरानो विषय जोड्न मन लाग्यो र पुरानो सन्दर्भ थियो । नेपालका तत्कालका प्रत्येक विकास क्षेत्रका कम्तिमा एउटा सहरमा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । २०६३ अखडा ३ गतेदेखि मङ्सिर २ गतेसम्म क्षेत्रीयस्तरको अन्तरक्रिया हो ।
नेपालगन्जमा असार ३ गतेको लागि राखिएको थियो । जसमा स्थानीय नागरिक अगुवा, वुद्धिजिवी, राजनीतिक दलका नेता तथा कार्यकर्तामा सहभागीले खुलेर आफ्ना विचार व्यक्त गरेका थिए । उक्त कार्यक्रममा भाग लिने औषर सामुदायिक वन उपभोक्ता महासंघको तर्फबाट हामी पनि भाग लिन पाएका थियौँ । दाङबाट सबै राजनीतिक दल वा नेता समेतको सहभागीता थियो । जसमा पाचौँ विकास क्षेत्रबाट उक्त कार्यक्रममा सहभागी हुनु हुन्थ्यो ।
दाङको तर्फबाट कार्यक्रमको नेतृत्व त्यो बेलाको जटिल अवस्थाले गर्दा सामाजिक संघ संस्थालाई जिम्मेवारी दिएकोले दाङको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका जिल्ला अध्यक्ष , हालका केन्द्र्रीय उपाध्यक्ष भीमप्रकाश खड्काले गर्नुभएको थियो । जसको विषय थियो, लोकतन्त्रको खोजी, सार्वजनिक संवाद लेख तथा समावेशी लोकतन्त्रका आधार यस विषयमा २ दिने कार्यक्रमले उपस्थित सहभागीबाट आएका विषय वस्तुको बारेमा अबको निर्वाचन पछिको संविधानमा के–के समावेश गर्नु पर्ने भन्ने बारेमा निकै लामो छलफल भएको थियो । त्यो बेला उठेका विषय वस्तु हाम्रो संविधान २०७२ मा समेटिएका छैनन् भन्दा हुन्छ र समेटिए पनि सरकारले नै पालना नगरेको इतिहास बनेको छ ।