Goraksha

National Daily

गुरुकुल एकेडेमी लमहीको कार्यकारी अध्यक्षमा ठकुरी

गोरक्ष समाचारदाता
लमही, १९ पुस । गुरुकुल एकेडेमी लमहीको कार्यकारी अध्यक्षमा कमलजङ्गग ठकुरी नियुक्त भएका छन् । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका ठकुरी प्रतिष्ठित व्यवसायी हुन् । गुरुकुल एकेडेमीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले एक औपचारिक कार्यक्रमका बिच ठकुरीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन्् ।

शिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत व्यवस्थापन सुदृढीकरण तथा गुरुकुल एकेडेमीलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले ठकुरीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको अध्यक्ष घिमिरेले बताए । नियुक्तिपछि बोल्दै नवनियुक्त कार्यकारी अध्यक्ष ठकुरीले गुरुकुलले बोकेको

शैक्षिक मूल्य, संस्कार र अनुशासनलाई थप मजबुत बनाउँदै आधुनिक, प्रतिस्पर्धी र व्यावहारिक शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरे । विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थीबिचको सहकार्यलाई प्राथमिकतामा राखेर गुरुकुल एकेडेमी लमहीलाई नमुना शैक्षिक संस्था बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।