सरकार र कांग्रेस

सुभाष न्यौपाने

सरकार जस्तो बन्यो देशमा त्यस्तै बन्यो कांग्रेस ।
सरकार निर्वाचन भन्छ देशमा कांग्रेस महाधिवेशन ।।
जनता ढुक्क छैनन् अझै सरकारको निर्वाचन ।
त्यस्तै छ देशमा अहिले कांग्रेसको महाधिवेशन ।।

जेन–जी आन्दोलनको परिवर्तन पश्चात प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा गठित सरकार जुन तरिका र शैलीमा अगाडि बढिरहेको छ । नेपाली कांग्रेसको रवैया पनि त्यस्तै छ ।

सरकार निर्वाचन हुन्छ भन्छ निर्वाचन सुरक्षालगायत मतदान केन्द्रको व्यवस्थापन र सुरक्षा समेतलाई ध्यानमा राखेर कार्यक्रम तथा निर्वाचन मा खटिने सबै राष्ट्रसेवकको लागि निर्वाचन अभिमुखीकरण तालिम सम्पन्न गर्ने खाका समेत तयार पारिसकेको छ तर नागरिक अझै निर्वाचनमा विश्वस्त छैनन् ।

त्यस्तै नेपाली कांग्रेस पनि पन्ध्रौँ महाधिवेशनको मुखको अभ्यासमा छ तर पनि गतिविधि सन्देशपूर्ण रहेकोले यदि वर्तमान नेतृत्व कै लाइनमा लागेर आगामी निर्वाचनमा जानु पर्ने हो भने महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्मा र सहमहामन्त्रीद्धय गगन थापा विश्वप्रकाश शर्मा र सहमहामन्त्री प्रदिप पौडेलले आफूहरु निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा समेत गरेका छन् । तर, उनीहरुले नयाँ क्रियाशील सदस्य थपको त्रुछीलाई अर्काको थाप्लोमा हालेर मात्र छुटकारा पाउने अवस्था भने छैन ।

भनिन्छ– महामन्त्रीहरुले टेबुलवर्क नगर्नाकै कारण पनि यस्तो भएको हुनसक्छ । महामन्त्रीहरु मञ्च र सञ्चारकर्मीहरुसँग मात्र उपस्थिति हुने, नेतृत्वको विरोध गरेर आफ्नो प्रसिद्धिको विज्ञापन मात्र गर्ने गरेको आरोप पनि लाग्दै आएको छ । पुस २६ देखि २८ सम्म गर्ने भन्ने सहमति भइसकेको नयाँ सदस्यता वितरण गर्दा अलि चनाखो भएर गरेको भय पार्टी सभापति शेरबहादुर देउवाले नै टिकट वितरण गरेको भए पनि नयाँ नेतृत्व अगाडि लगाएर निर्वाचनमा जान पाइन्थ्यो, आफूहरु सचेत नहुने अर्कालाई दोष लगाएर मात्र हुन्छ ?

पार्टी संस्थापन पक्ष अर्थात् सभापति देउवा पक्षले नयाँ छापिएका फाराममा नं. नराखेर छापेको कुरा त फाराम छाप्दाखेर नियमन गरेको भए पक्कै पनि भेटिन्थ्यो, समयमै सचिन्थ्यो । अथवा कांग्रेस महामन्त्री गगन थापाले उनासी सालमा भएको आम निर्वाचनको आफ्नो खर्च बुझाएका थिएनन् रे अथवा त्यस्तो भयो भने उम्मेदवार बन्न पाइँदैन कि भन्ने थाहा पाएर पनि उम्मेदवार बन्दिन भनेका हुन सक्छन्, उनी आफ्नो प्रसिद्धी बढाउन काकताली मिलाउन जान्ने खेलाडी पनि हुन् ।

जेसुकै होस् यदि गगन आफ्नो हिजोको खर्च विवरण पेस गर्न नसकेर उम्मेदवार बन्नबाट हच्किएका हुन भने त्यो अवस्था मुलुक र स्वयम् गगनको लागि पनि घातक हो । अरुहरुले किन बुझाए किन बुझाउनु प¥यो, उनले किन न बुझाउने ? जिम्मेवार तहमा रहेको र जिम्मेवारी बहन गर्न चाहने नेताले कानुनको अपहेलना गरेर आफू पछाडि पर्न प¥यो भने यस्तो व्यवहारलाई गलत प्रवृतिको संज्ञा दिइन्छ कानुनको अपहेलना गरेको बुझिन्छ ।

यतिबेला आम जनशक्तिलाई उत्साहित गर्ने गरी पार्टीको स्पष्ट विचारलाई जनता सामु जानु पर्ने बेला नेताहरु ढुलमुले बन्न गए भने जनतामा निराशा छाउँछ कार्यकर्तामा उत्सुकता हराउँछ । पार्टी नेतृत्वमा रहेनहरु र नेतृत्वको महत्वाकांक्षा राख्नेहरु जो कोहिले पनि सजगता अपनाउनु जरुरी छ । यस्ता विषयमा खेलवाड र ख्याल ठट्टा कैले पनि गर्नु हुँदैन । नेतृत्वमा पुगेर अभिमान प्रदर्शन गर्ने र दासत्व अपचरन गर्ने परिपार्ठी सबैले त्याग्नु जरुरी छ कार्यकर्ताले त्यसको मूल्याङ्कन पनि गर्छन् ।

सुदन गुरुङले रवि, बालेन र कुलमानलाई मिलाएर बलियो रास्वपा गठन गरिदिएका छन् । सुदनले कुन विश्वविद्यालयमा यो शिक्षा पढेका रहेछन् ? अहिलेसम्म कसैलाई थाहा भएन । यो सरकार गठन गरिदिने पिताहरुले कति प्रसिद्धि हासिल गरे, कति स्वार्थ सिद्ध गरे, कति प्रतिशत स्वार्थ सिद्ध भइसकेपछि निर्वाचन हुनु पर्ने हो र हुने हो सरकारलाई थाहा छ ? मुलुकको विकाशको निमित्त जनता निर्वाचन नै चाहन्छन् ।

वीपीको राष्ट्रिय मेलमिलापको दिनको अवसर पारेर नेपाली कांग्रेसलगायत नेकपा एमाले तथा अन्य राजनैतिक दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस गरेका छन् तर थाहा छैन, निर्वाचन हुने होकि हैन ? सरकार राजनैतिक दल र हामी नेपाली जनताले बुझ्नु पर्ने कुरा भाद्र २३ मा २३ जेन–जी नागरिकले साहदात प्राप्त गरे तर पछिल्लो २४ गतेका दिनसम्म पुग्दा सहत्तर जेन–जीहरुले उत्सर्ग प्राप्त गरेको सन्दर्भमा न त कुनै सोध र न त कुनै खोज यस्तो अवस्थामा आयोजकले आफ्नो धारणा नराख्दासम्म सरकारले जति नै निर्वाचन भनेर कुर्ले पनि निर्वाचन सम्पन्न हुने सम्भावना भने कमै छ ।

त्यसोभन्दा सरकारमा बसेकाहरुलाई रिस उठ्न सक्छ स्वाभिवाकै हो तर त्यो सत्य पनि हो । पच्चिस वर्षेले आन्दोलन गरेर पचशत्तर वर्षेलाई सरकारको नेतृत्व गर्ने वातावरण कसले बनायो ? यसको जवाफ के छ ? छ्यालिस सालको आन्दोलनको सफलता पश्चात गठन भएको गिताका साधक सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वलको अन्तरिम सरकारलाई पनि पश्चिमाहरुको तर्फबाट सम्बोधनमा धर्म निरपेक्षता राख्न निकै ठुलो दबाब परेको कुरा धेरैलाई जानकारी छैन । त्यतिबेला दरबारको तर्फबाट भन्दै केवल सैनिक जनरलहरुले पेस गरेको संविधानको मसौदाको बारेमा मात्र छ ।

पश्चिममा अर्थात् अमेरिका, युरोपले मुलुकमा प्रजातन्त्र स्थापना भएदेखि नै हस्तक्षेप र चलखेल गर्न सुरु गरेका हुन् । छ्यालिसको आन्दोलन पछि सरकारको नेतृत्वकर्ता किसनजी चतुर साधक भएकै कारणले यस विषयलाई सार्वजनिक गरिएन, किनभने हाम्रो मुलुकको राजनीति अत्यन्त तरल अवस्थाको थियो । त्यतिबेला हामी न त कुनै निकायमा उजुरी गर्ने अवस्थामा थियौँ, न त उजुरी हाल्ने अवस्थामा । त्यस्तै दोस्रो संविधान सभामार्फत् सम्बोधन लेख्ने अवस्थामा छिमेकी देशले बाधा अवरोध सिर्जना गर्दा गर्दै सुशील कोइराला उनी पनि अत्यन्त साधक थिए जसको मृत्यु पनि संविधान जारी गरेकै कारण भएको भन्ने भनाइ छ ।

सन्दर्भले विषयहरु पुनर लेखन हुन्छन् । उनले पनि संविधान जारी गरेर छाडे । नेपाली कांग्रेस मुलुकका निमित्त साहदत प्राप्त गरेको पार्टी हो, तर कांग्रेस अहिहले त आफैमा एकले अर्कालाई खुइल्याउने गरेको पाइन्छ । यो कांग्रेसको लागि दुभाग्य हो । नेपालको प्रधानमन्त्री सुशीला कार्कीले बुझ्नु पर्ने कुरा म कसरी प्रधानमन्त्री भए, कसले बनायो ? यसको जवाफ सुशीलासँग मात्रै छ, केही प्रतिशत ओमप्रकाशसँग र रामेश्वरसँग पनि होला उनीहरु त्यही समूका सदस्य हुन् हैन भने अरुलाई थाहा नहुन सक्छ । बालेन, रवि र कुलमानहरु मिलिसकेपछि दुर्गा प्रसाईलाई सोध्दा उनी भन्छन्, म त पश्चिमाहरुसँग मिल्दैन ।

के यो सुशीला कार्की नेतृत्वको सरकार पश्चिमाहरुकै चाहना अनुसँग बनेको हो त ? यदि पश्चिमाहरको चाहनाअनुसार सुशीला कार्की नेतृत्वको सरकार गठन भएको हो भने दुर्गा प्रसाई यो सरकारमा सहभागी नहुनुको कारण उन िसजावादी हुन पश्चिमावादी हैनन् । अर्को कुरा नेकपा माओवादीका संयोजक प्रचण्डले नेकपा समाजवादी लगायतका अन्य दलहरुसँग गठबन्धन तथा पार्टी एकता गरेर जसरी महाधिवेशनको अवधिलाई चार वर्षपर धकेलेका छन् । त्यसैगरी नेपाली कांग्रेसले पनि नेपाली कांग्रेस वीपीलाई मिलाएर अरु चार वर्ष महाधिवेशनको समय पर सार्नेमा शेरबहादुर देउवा लगायतका अन्य देउवा समूहका नेताहरुको आवाज छ ।

यो त महाधिवेशनको सन्दर्भको कुरा भयो । यदि दुर्गा प्रसाई कै भनाइ अनुसार यदि पश्चिमाले नै बनाएको सरकार र पश्चिमाहरुले नै जुटाइ दिएको नयाँ शक्तिहरुको गठबन्धन हो भने सरकारलाई प्रश्न । के सुशीला कार्की नेतृत्वको सरकारलाई पश्चिमाहरुले निर्वाचन गराउनु भन्ने निर्देशन दिइसकेका छन् ? के पश्चिमाहरुले एकीकरण गरेका नयाँ दलका नेताहरुले चुनाव जित्ने निश्चित भएछ ?

मुलुक यस्तो परिस्थितिबाट गुज्रिरहँदा पनि नेपाली कांग्रेसका नेताहरु अझै विवेक शून्य जस्तै छन् । चौधौँ महाधिवेशनको सम्पन्नतासँगै पन्ध्रौँ महाधिवेशन समयमै सम्पन्न गर्नुपर्छ भन्ने आवाज डा. शेखर कोइरालाले उठाउँदै आउँदा त पार्टीको ताल अझै ताक परे तिवारीकै छ, भन्नुस् बोल्दै नबोलेको भए के हुन्थ्यो होला ?