घोराहीका जेसन झाक्री ‘राइजिङ स्टार’ अवार्डबाट सम्मानित

दाङ,१५ पुस । घोराहीका जेसन झाक्री मगर ‘राइजिङ स्टार’ अवार्डबाट सम्मानित भएका छन् ।

बागमती प्रदेशको संरक्षण तथा मनखुशी फाउन्डेसनद्वारा आयोजना भएको नेपाल नेशन्स अवार्ड २०२५ कार्यक्रममा मगर लुम्बिनी प्रदेशबाट राष्ट्रियस्तरको प्रतिष्ठित उत्कृष्ट हाप्किडो (जु

नियर तर्फ) ‘राइजिङ स्टार’ अवार्ड प्राप्त गर्न सफल भएका हुन ।

घोराही–१३, स्थित बहरा शक्ति हाप्किडो प्रशिक्षण केन्द्रका खेलाडी मगरले हाप्किडो खेल क्षेत्रमा देखाएको प्रतिभा, अनुशासन र निरन्तर मेहनतको कदरस्वरूप उक्त अवार्ड प्राप्त गरेका हुन्। राजधानी काठमाडौँमा भएको कार्यक्रममा उनलाई उपाधिसहित औपचारिक रूपमा सम्मान गरिएको थियो ।

सम्मानले दाङसहित लुम्बिनी प्रदेशको हाप्किडो खेल विकासमा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। समारोहका प्रमुख अतिथि पूर्व कृषि राज्यमन्त्री राधिका तामाङ रहेकी थिइन । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल, मनखुसी फाउन्डेसनका संस्थापक अध्यक्ष मानबहादुर तामाङलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।