लुम्विनी प्रदेशमा रहेको अन्धोपन न्यूनिकरण गर्न साझेदारी आवश्यक

तुलसीपुर, १४ पुस । लुम्विनी प्रदेशमा रहेको दृष्टि विहिन्ताको समस्यालाई न्यूनिकरण गर्न साझेदारी आवश्यक रहेको बताएको छ । दाङको भालुवाङमा लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय संग भएको आँखा स्वास्थ्य सम्वन्धि छलफल कार्यक्रममा सहभागीहरुले जनतालाई सर्वसुल्भ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा दिने राज्यको दायित्व भएकोले यसमा सहकार्य अवरिहार्य रहेको बताएको थियो ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको आयोजना तथा एन.ए.वी.पी नर्वेको आर्थिक सहयोगमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख तथा प्रतिनिधिसंगको छलफलमा सो कुरा उल्लेख गरिएको थियो ।

नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्यका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता तथा स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव दुर्गा लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सचिव श्रेष्ठले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले आँखाको क्षेत्रमा राम्रो काम गरेको बताइकी थिइन् ।

श्रेष्ठले लुम्विनी प्रदेशमा रहेको दृष्टि विहिन्तालाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले पनि योजना बनायर साझेदारी गरि अगाडी बढने बताइन् । ‘तपाईहरुले दिदै आएको सेवा प्रभावकारी छ, यसलाई कसरी जनस्तर सम्म पु¥याउन सकिन्छ त्यस विषयमा छलफल गरि अगाडी बढन आवश्यक’–श्रेष्ठले छ । उनले नेपाल नेत्रज्योति संघले यसका विषयमा योजना बनायर आउन समेत आग्रह गरिन । ‘अस्पतालहरुबाट दिने सेवाहरुको सवलिकरण र दृष्टिविहिन्ता न्यूनिकरणका लागि हामीबाट हुन सक्ने सहयोग हुनेछ –उनले भनिन्।’

त्यस्तै नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले प्रदेशमा रहेको दृष्टि विहिन्ता न्यूनिकण गर्न तथा आँखा स्वास्थ्य सेवालाई थप प्रभावकारी गराउन तिनै तहका सरकारको सहयोग आफुहरुलाई आवश्यक रहेको बताएका थिए । गिरीले नेपाल नेत्रज्योति संघले दशै भरि २८ वटा आँखा अस्पताल तथा दुई बढि आँखा उपचार केन्द्र सञ्चालन गरि दृष्टि विहिन्ता न्यूनिकरणमा लागि रहेको र लुम्विनी देखि कर्णाली प्रदेशमा समेत विभिन्न अभियान चलाएको बताए ।

‘हामीहरु सेवाग्राहीहरुबाट थोरै सेवा शुल्क हुनेबाट लिने र नहुनेलाई निःशुल्क सेवा गरेका छौ यसमा सवै तहका सरकारको सहयोग आवश्यक छ – गिरीले भने ।’ उनले विभिन्न दातृनिकायहरु लगायत स्थानीय प्रदेश सरकारबाट धेरै थोरै सहयोग पाएको भन्दै अन्धोपन न्यूनिकरणका लागि आवश्यक सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा सम्शेर थापाले लुम्विनी प्रदेशमा २।१ प्रतिसत दृष्टि विहिन्ता रहेको तथ्याङक प्रस्तुत गदै त्यस लाई न्यूनिकरण गर्न प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए । ‘पछिल्लो सर्वेक्षणले लुम्विनी प्रदेशको अन्धोपन बढेको छ यसलाई न्यूनिकरण गर्न प्रदेश सरकारले सहयोग गर्न आवश्यक छ’ – डा थापाले भने । डाथापाले यसलाई घटाउन व्यापक वाह्ेय कार्यक्रमका साथै निःशुल्क शल्यक्रियालागि प्रदेश सरकारबाट सहयोग आवश्यक पर्ने भएकाले साझेदारी गर्न आग्रह समेत गरेका थिए । उनले आँखा स्वास्थ्य नीति रणनितिको विषयमा समेत जानकारी गराएको थिए । प्रदेश स्थानीय र दातृनिकायहरुको विभिन्न सहयोगका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालका उपलब्धि, भावी कार्यक्रम तथा रणनीतिक योजनाका साथै आँखा स्वास्थ्य सेवाको विकास विस्तारबारे जानकारी गराएका थिए । डा। थापाले अहिले पनि धेरै नागरिक आँखा उपचार सेवाबाट विभिन्न कारणले पहुँच बाहिर रहेको तथ्याङ्क पेस गरेका थिए ।

यसैगरी आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जको लक्ष्य उद्देश्य र भावि कार्यक्रम अन्तर्गत आँखा, कानको सेवासँगै नेत्रविज्ञान प्रतिष्ठान र पुनःस्थापना कार्यक्रमलाई अगाडि बढाउने योजना सुनाएका थिए । कार्यक्रममा सहभागीले आँखा स्वास्थ्य सेवाको विकास र विस्तारमा आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धाता व्यक्तगरेका थिए । नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण आँखा स्वास्थ्य कार्यक्रमका सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।