होटल व्यसायका कुनै पक्षमा कम्प्रोपाइज हँदैन, फेयर डिल फेयर बिज्नेस : होटल व्यवसायी राजभण्डारी [अन्तर्वार्ता]

दाङ जिल्लामा ठुला होटलहरुको उदयमान हुँदा एउटा नाम जोडिएको सुविधा सम्पन्न होटलका रुपमा दर्ज भएको घोराही कटुवाखाला किनाराको होटल भिंग्रेली एण्ड रिसोर्च पनि हो । होटल सञ्चालनका क्रममा विभिन्न शेयर लगानीकर्ता हुँदा सञ्चालनमा केही आरोह र अवरोह नआएका होइनन् ।

जिल्लामा भर्खरै होटल व्यवसायहरुको सुरुवात भएकै समयमा ठुला–ठुला राजनीतिक उथलपुथल सहित व्यवस्था परिवर्तनका समेत खेल भए । यही बिचमा विश्वव्याधि महामारीका रुपमा फैलिएको कोरोना व्याधिका कारण होटल व्यवसाय थप थिचो मिचोमा पर्न पुग्यो । यही बिचमा पनि जिल्लामा सुविधा सम्पन्न मालाइन, भिंग्रेली, सिटिप्लाजा, मधुवन, पौवा जस्ता थप्रैै होटल सञ्चालनमा पनि आए । यी सबै होटल विभिन्न आरोह र अवरोहबिच चलिनै रहेका छन् ।

मुलुक सङ्घीय राजधानीको होडमा चलिरहँदा यहाँ नयाँ होटल व्यवसाय दर्ता गर्ने खेल अझै अदृश्य रुपमा देखिन थाले । अहिले दाङ जिल्ला लुम्बिनी प्रदेशको स्थायी राजधानीको जिल्ला पनि भएको छ । यो भइरहँदा समग्र दाङ जिल्लाको होटल व्यवसायको अवस्था कस्तो छ भनेर घोराहीस्थित होटल भिंग्रेलीका सञ्चालन निरन्जन राजभण्डारीसँग गोरक्षकर्मी अमरराज आचार्यले गरेको कुराकानीको सारसंक्षेप ।

— तपाईको होटल सञ्चालनको पृष्ठभूमिका विषयमा संक्षिप्तमा बताइदिनुस न ?

म यो होटलको प्रबन्ध निर्देशकको रूपमा कार्यरत छु । विभिन्न चुनौतीबिच पछिल्लो समय जिल्लामा साना तथा ठुला होटेलहरूमा लगानी बढदै गएको छ । लगानी बढेपछि जिल्लामा सानादेखि ठुला होटेल खुल्ने जारी रहेको छ । यसरी होटेलहरू बढ्दै जाँदा होटेलमा विकृति पनि बढ्दै गएको गुनासो समेत बढ्दै गएको पाइएको छ । यसरी होटेलमा हुने विकृतिजन्य गतिविधि रोक्नु पर्ने नागरिकले बताउँदै आएका छन् ।

पछिल्लो समय होटेल व्यवसायलाई हेर्न दृष्टिकोणमा समेत परिवर्तन हँुदै गएको छ । समयको परिवर्तन तथा होटेल क्षेत्रमा सुधारसँगै हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको पाइएको छ । दाङको घोराही–१५ मा विगत २०७२ साल जेठ १६ गतेबाट सञ्चालनमा आएको होटेल भिंग्रेली भिलेज रिसोट प्रालि सञ्चालनमा रहेको छ ।

— कोरोना व्याधिको चरम समयमा होटल सञ्चालन गर्नुभो, के–कस्ता चुनौती आए ?

कोभिड तथा आर्थिक सङ्कटको कारण हरेक क्षेत्रमा असर परेको छ । त्यसपछि देशमा पछिल्लो अवस्थामा देखिएको अवस्थाले पनि प्रभाव पारेको छ । सबैको प्रभाव होटेल क्षेत्रमा पनि देखिएको छ । यसबाट हामी पनि अछुतो छैनौँ । अहिले होटेल जसोतसो चलेको छ । कर्मचारीको खर्च व्यवस्थापन र बैंकको ब्याज तिर्न समेत समस्या हुने गरेको छ । यही व्यवस्थापन गर्ने गरेर अगाडि बढेका छौँ । ५० वटा रुम तथा ६ वटा हल रुम, स्मीङको सेवा सहित सेवा दिइरहेका छौँ ।

— किन होटेल क्षेत्रमा सामुहिक रूपमा लगानी गर्नु भयो ?

हामी विभिन्न पेसा व्यवसायमा काम गर्दै आएका थियौँ । एउटैले मात्र धेरै लगानी गर्न पनि समस्या हुन्छ धेरै मिलेर लगानी गर्दा थोरै–थोरै लगानी गर्दा पनि लगानी धेरै हुन्छ । त्यसैले सामुहिकमा जोडिएका हौँ । जिल्लामा कुनै कार्यक्रम, विवाह पार्टीका लागि आवश्यक पर्ने सेवा सुधिवा सहितको होटल नहुँदा यसका लगानी गर्नुपर्दछ भनेर यस क्षेत्रमा लगानी गरेका हौँ । पछिल्लो समय जिल्लामा बढ्दै गएको जनसङ्ख्याको चापले गर्दा पनि होटेलको आवश्यकता थपिँदै गएको थियो ।

— होटेल क्षेत्रलार्ई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएकोे छ ?

होटेल भनेको मानिसको आफ्नो घर पछिको दोस्रो घर हो । यसलाई पाहुना घरको रूपमा समेत लिइने गरिन्छ । पहिल्लो समय होटेललाई हेर्ने दृष्टिकोणमा समेत फरक आएको छ । नागरिकमा सचेतना तथा लगानी बढेसँगै हेर्ने दृष्टिकोणमा समेत सकारात्मक बन्दै गएको हो । केही समय अघिसम्म होटेल व्यवसायलार्ई हेर्ने दृष्टिकोण भने फरक रहेको थियो । यसका लागि व्यवसायीहरूले समेत आफ्नो व्यवसायलार्ई सुधार लगेर लग्न जरुरी रहेको छ । आफ्नो क्षेत्रको सुधार गर्न आफै नै लाग्नु पर्दछ । आफू लागेमा मात्र होटेल क्षेत्रमा हुने विकृति रोक्न सकिन्छ । केही होटेल व्यवसायीहरूको कारणले सिङ्गो होटेल व्यवसाय नै बदनाम हुने गरेका छन् । यो राम्रो पक्ष होइन् । पारिवारिक वातावरण बस्ने हुनु पर्दछ ।

— होटेल व्यवसाय सञ्चालन गर्दा के कस्ता चुनौती भोग्नु पयो ?

हरेक काम गर्दा चुनौती भोगेर अगाडि बढ्नु पर्ने हुन्छ । होटेल सञ्चालन गर्दा पनि विभिन्न समस्या भोग्दै अगाडि बढियो । हरेक समस्या आउँछन् समस्यालाई समाधान गर्दै अगाडि बढ्न सक्नु पर्दछ । पछिल्लो समयमा कोभिडले गर्दा होटेल व्यवसायीहरूलार्ई सडकमा आउने बनाएको थियो । फेरि पछिल्लो सयममा विभिन्न आन्दोलनको प्रभावले व्यवसायमा प्रभाव पारेको छ ।

तर, राज्यको तर्फबाट केही सहयोग व्यवसायीहरूले पाउन सकेनन् । राज्यले अभिभावकीय जिम्मेवारी निर्वाह पूरा गर्न सकेको छैन । काम गर्ने दक्ष जनशक्ति समेत पाउन समस्या रहेको छ । दक्ष जनशक्ति बाहिर जाने गरेका छन् । त्यसैले गर्दा जिल्लामा जन शक्तिको समयस्या हुने गरेको हो । देश बाहिर गएर काम गर्दा धेरै पैसा कमाइने तर जिल्लामा बाहिरभन्दा कम हुने भएकाले बाहिर जानेको सङ्ख्या बढेको हो ।

होटेल तथा व्यवसायीहरूलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन । राज्यले खाली राजस्व सङ्कलन गर्ने मात्र गरेको छ । व्यवसायीहरूले गरेको लगानी समेत सुरक्षित गर्ने वातावरण निर्माण हुन सकेको छैन । यसो गर्न नसक्दा होटेल व्यवासायीले समस्या भोग्दै आएका छन् ।

— राज्यको तर्फबाट होटेल व्यवसायीलार्ई के गरिदिन आवश्यक छ ?

होटेल पनि एक उद्योग हो । राज्यले उद्योग सरह मान्यता दिएर सहुलियतामा ऋणको व्यवस्था, कर छुट दिने व्यवस्था गराउनु पर्दछ । राज्यले व्यवसाय गर्न वातावरणको सिर्जना गरिदिने, तालिमको व्यवस्था गरिदिनु पर्दछ । अहिले व्यवसाय गर्ने वातावरण निर्माण हुन सकेको छैन । जसले गर्दा लगानी गरेकाहरूको लगानी जोखिममा रहेको छ भने नयाँ लगानी गर्न चाहनेहरू समेत पाउन छाडेका छन् । यस प्रकारको कार्य राम्रो होइन ।

होटेलहरूको पनि वर्गीकरण गर्न जरुरी रहेको छ । निश्चित मापदण्ड बनाएर वर्गीकरण गरिनु पर्दछ । कस्तो प्रकारको होटेल हो भनेर निगरानी समेत गर्न आवश्यक छ । राज्यले उचित निगरानी गर्न सकेमा विकृति रोक्न समेत सहयोग पुग्ने छ । पर्यटक आउने वातावरण सिर्जना गर्नुपर्दछ । पर्यटकहरू भित्र्याउन सकेमा होटेल व्यवासाय चलाउन सकिने छ । पर्यटकहरू आउनका लागि पर्यटकीय क्षेत्रको विकास, सहज यातायात सुविधा तथा हवाइ सेवाको सुविधा हुनु पर्दछ । तर, दाङमा अहिले त्यस प्रकारको अवस्था देखिँदैन । नियमित हवाइ सेवा छैन । सडकको अवस्था समेत सहज छैन । यसले बाहिरबाट आउने नागरिक समेत मन गर्दैनन् ।

— पछिल्लो समयमा के चेन्ज देख्नुभएको छ, तपाईको पेसागत मर्यादामा ?

अहिले हामीले पेसागत मर्यादामा, पेसागत प्रतिस्पर्धामा, पेसागत शुद्धतामा साथै पेसागतमा पनि धेरै चेन्ज पाएका छौँ । अहिले हामीले खुवाउने वस्तु करिब–करिब ब्राण्ड नै छन् । गुणस्तरमा कुनै कम्प्रोमाइज हुनै सक्दैन । बिना स्वस्थ्य प्रतिस्पर्धा त टिक्नै पनि नसक्ने अवस्था छ । अझ भन्नुभन्दा बजार आफूले खोज्नु पर्ने अवस्था पनि छ तर हामी पहिल्यैदेखि जनमानसमा भिजेकाले त्यति रहन गर्नका लागि असहज भने छैन ।