नेपाली जमिन अतिक्रमण गरी सडक बनाउनु आपत्तिजनक : नागरिक समाज

दाङ,३० बैशाख । नागरिक समाज दाङले नेपाली जमिन अतिक्रमण गरी सडक बनाउने कार्य आपत्तिजनक भएको बताएको छ ।

नागरिक समाज दाङले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ को संक्रमणबाट अहिले विश्व जगत नै आक्रान्त,भयाबहको अबस्थामा नेपाल जस्तो अल्प बिकसित मुलुक आफैमा असहज परिस्थितिबाट गुज्रिरहेको मौका छोपी छिमेकी मुलुक भारतले नेपालको लिपुलेक, लिम्पियाधुरामा सडक निर्माण गरि उद्घाटन गर्नु घोर आपत्तिजनक बिषय भएको जनाइएको छ ।

विज्ञप्तिमा भारतले बिगत ६ दशक पहिलादेखि नै दार्चुला जिल्लाको कालापानीमा आफ्ना सेना राख्नेदेखि अन्य क्षेत्रहरुमा पनि अतिक्रमण, कब्जाको निति लिएको उल्लेख गरिएको छ । ‘
नेपालमा जब–जब राजनीतिक अस्थिरता हुन्छ,तब–तब भारतले नेपालको अस्मिता, सार्बभौमिकता, भौगोलिक अखण्डताका साथै असग्लनताको नितिको बिपरित प्रतिघातको प्रकृया दोहोर्याइ नै रहेको छ’–नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त र सचिव लक्ष्मी आचार्यद्धारा विज्ञप्तिमा भनिएको छ–‘ बिश्व जगत नै लकडाउनको अबस्थामा रहेको समयमा भारतले लिपुलेकमा सडक निर्माण गरि नेपालको सार्बभौमिकतामाथिको ज्यादती गर्नु अस्विकार्यका साथै आपत्ति जनक छ ।’

त्यस्तै नेपाल सरकारले तत्काल अतिक्रमणको बिषयलाई गम्भिरताका साथ स्वयम प्रधानमन्त्री केपी शर्मा ओलीबाट समकक्षी नरेन्द्र मोदीसँग अडानका साथ बिरोध जनाउदै तत्काल सिमा अतिक्रमण भएका भु–भागहरु खाली गर्दै कालापानीमा रहेको भारतिय सैनिक पोष्ट हटाउनका लागि जोडदाररुपमा माग गरिएको छ ।

राष्ट्रिय सार्बभौमिकताका लागि अहिले सरकारले सबै राजनीतिक दलहरु नागरिक समाज, बौद्धिक बर्गहरुलाई बिश्वासमा ल्याउन आग्रह गर्दै बर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय स्वाभिमानका लागि सरकारलाई साथ दिन समेत आम नागरिकलाई आग्रह गरिएको छ ।