सुभाष न्यौपाने
सत्ताइस मङ्सिरबाट सुरु भयो महाधिवेशन ।
उद्घाटनमा भने ओलीले निर्वाचनबाट नभाग्ने भनिकन ।।
रस्साकस्सी भएको छ एघारौँ महाधिवेशन ।
अधिवेशन सफल रहोस् यही छ, शुभकामना ।।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एघारौँ महाधिवेशनको भक्तपुरको सल्लाघारीमा उद्घाटन गरेका छन् । एघाराँै महाधिवेशनबाट नेकपा एमालेमा पनि नेतृत्व हस्तान्तरणको दबाब चर्को रुपमा बढेको छ ।
जसरी नेपाली कांग्रेसमा पार्टी सभापतिलाई नेतृत्व हस्तान्तरणको चर्को दबाबमूलक बहस करिब–करिब वर्षौँ चल्यो । जसको कारण नियमित महाधिवेशन समयमै सम्पन्न गर्न सबै पक्ष सहमत भए यो राम्रो पक्ष पनि हो । त्यस्तै नेकपा एमालेमा पनि नेतृत्व हस्तान्तरण सम्बन्धी भुसको आगो त केही सयम पहिलेदेखि सल्किरहेको थियो । अहिले आएर आगोको राप मात्र नभएर ज्वाला दन्किसकेको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा आउने चाहना सार्वजनिक गर्दै ठाउँ–ठाउँमा भेला बोलाउन र आफूले सम्बोधन गर्न थालेपछि अध्यक्ष ओलीको पारा तात्दै गइरहेको थियो भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललाई बल्छी हान्न सजिलो हुँदै गइरहेको थियो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनैतिक क्रियाशिलताले एमाले भित्रको नेतृत्व इतर पक्षलाई राजनैतिक अवतरणको लागि निश्चित पनि सहज भएकै कारण दुई कित्तामा उभिएर बहस गर्न कस्सिएका छन् ।
केपीका भक्त गोकुल बास्कोटाको कसले विरोध गरेमा अध्यक्ष ओलीले खाउँला जसरी अरु सबै सांसद एकातिर गोकुल एकातिर गोकुल एकातिर भनेर गोकुलको प्रशंसा र बचाउ गर्थे तीनै गोकुल बास्कोटा आज ईश्वर पोख्रेल समूहबाट क्रियाशील छन् । विद्या भण्डारीको समर्थनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने जनाइसकेका छन् ।
नवौँ महाधिवेशन भएको सहमति भन्दै केपी शर्मा ओली पछि नेता ईश्वर पोख्रेललाई पार्टी अध्यक्ष बनाउने सहमति भएको भए तापनि सहमति कार्यान्वयन हुन नसकेको भन्ने खुलासा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बताउँछिन् । अरु त के कुरा गरौँ केपी ओलीलाई फुटबलको पेले ठान्ने र केपी ओली इज केपी ओलीबाट पीडित रहेको भन्दै ओलीको साथ छाडेर ईश्वर पोख्रेलको समूहमा प्रवेश गरेका छन् । यस्ता घटनारु समेट्दै जाउँ कति भेटिन्छन् ।
भोलि समय कस्तो आउने हो भन्ने कुरलाई ख्याल नगरिकन देखाएको अन्त भक्त भक्ति आज कृष्ण गोपाल श्रेष्ठको कहाँ पुग्यो ? हरेक कुराको हद हुन्छ । हिजोको ओलीका हनुमानको रुपमा रहेका गोकुल बास्कोटाको ओलीलाई छोड्लान् भन्ने कसैले सोचेको थियो ? त्यस्तै एउटा हनुमान थिए कृष्ण गोपाल पनि ।
आफ्नो मनोनयन दाखिला गर्दै ईश्वर पोख्रेलले ओलीलाई भने तपाई एघार वर्ष अध्यक्ष भइसक्नु भयो तीन पटक प्रधानमन्त्री भइसक्नु भयो ? तपाईले गर्न अब केही काम बाँकी छैन । तपाई पार्टीको अभिभावक भएर बस्नोस्, पार्टी चलाउने जिम्मा हामीलाई दिनोस् र हेर्नुस् । शंकर र सुरेन्द्रका बिचको महासचिवमा हुने प्रतिस्पर्धा पनि रोमान्चित छ । काठमाडौँको भृकुटी मण्डपमा भएको बन्द सत्रमा निर्वाचन प्रक्रिया सुरु भएको हो ।
ओली पक्षमा रहेका नेता प्रदिप ज्ञवालीले महासचिव पदमा उम्मेदवारी नपाउँदा महाधिवेशन स्थल छोडेर हिडेका छन् । ओलीका विश्वास पात्र तथा ओलीका सल्लाहकार अग्नि खरेल ओली टिमबाट उम्मेदवारी नपाउने भएपछि स्वतन्त्र रुपमा सचिव पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै रघुजी पन्त, लालबाबु पण्डित, भीमप्रसाद आचार्य र राजेन्द्र गौतमको पनि स्वतन्त्र उम्मेदवारी परेको छ । उनीहरु ओलीसमर्थन नेताहरु हुन् ।
दुई हजार दुई सय त्रिसठ्ठी महाधिवेशन प्रतिनिधिहरु रहेको नेकपा एमालेको एघारौँ महाधिवेशनले कतिपय भुगोल प्रतिनिधिबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित समेत गरेको छ । ईश्वर पोख्रेलको उम्मेदवारी पश्चात अध्यक्ष ओलीले दिएको चेतावनीले नेकपा एमालेका पोख्रेल समूहका नेताहरु त्रसित छन् । त्यसमा विशेषगरी योगेश भट्टराई पार्टीभित्रको आत्रिक प्रतिस्पर्धामा उत्र्नुको अपराध हो त ? उसो भए त हिजो चौधौँ महाधिवेशनमा शेरबहादुरका विरुद्ध शेखरको उम्मेदवारी अपराध थियो ।
नेता भन्ने जति सबै एकातिर भाइबनिीले समेत साथ नदिएको अवस्थामा शेखर एक्लैले महाधिवेशनमा चालिस प्रतिशत मत हासिल गरेका थिए । जसको कारण पन्ध्रौँ महाधिवेशनमा उनको माहोल बढ्दै गएको छ तर शेरबहादुरले आफ्नो अनुकुल अनुसार निर्णय गरे तर धम्की त दिएनन् नि प्रजातन्त्र भनेको त्यही हो । ओली जीको यस्तो अभिव्यक्तिले कम्युनिष्ट अधिनायकवाद भन्ने स्पष्ट हुन्छ ।
ओली पक्षकै महाधिवेशन प्रतिनिधि युवाहरु ओली जिको विपक्षमा उभिएका छन् भन्ने चर्चा पनि भइरहेको छ । महासचिव पदका उम्मेदवार सुरेन्द्र पाण्डे भन्छन्– अध्यक्ष कमरेड तपाइले आफै भनेको आफ्नो विचारमा उभिनोस् पार्टीभित्रका विषयहरुलाई अनावश्यक बखेडा नगरेर आवश्यक बहस मात्र गरौँ । नेतृत्वको दुई कार्यकाल र पार्टी सदस्यताको विषयलाई रायोको पहाड नगराऔँ ।
नतिजा आइसकेपछि सबैले सबैलाई स्वीकार्नु पर्छ । पार्टी सबै कार्यर्ताको साझा घर हो । उन्नाइस पदाधिकारीका लागि बयालिस उम्मेदवार निर्वाचनमा होमिएका छन् । ओलीतर्फका पदाधिकारीका सात उम्मेदवारले ईश्वर पोख्रेललाई ओली ब्राण्डिङ गर्दै धम्कि समेत दिएका छन् रे यिनै दाश र झोले कार्यकर्ता ।
सत्तामा जानको लागि कांग्रेस माओवादी राप्रपा मधेसवादी तथा रास्वपासँग मिलेर निर्वाचनमा भाग लिने भद्दा अवसर तथा दक्षिण पन्थी अवसरवादको उदाहरण हुन ओली भनेर नेता गोकर्ण विष्टले स्पष्ट पारेका छन् । दिनमा हुने निर्वाचन रातिमा हुने भएपछि सामान्य झडप जस्ता केही घटनाहरु घट्न सकने भन्ने विषयमा नेताहरु चिन्तित पनि छन् ।
निर्वाचनकै पूर्व सन्ध्यामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली राम्रो मान्छे सोचेको गलत रहेछ । उनले मदन भण्डारीलाई चार वटा बिहे गरेको र सहकारी ठगि गरेको भन्ने आरोप समेत लगाए यो गलत प्रवृत्ति हो । निर्वाचन हो यसमा जित हार स्वभाविकै हुन्छ । जसले जिते पनि अधिनायकवादी नबन्नु सङ्गठन भनेको नेतृत्व एउटाले गर्ने बनाउनलाई सामुहिक संलग्नता र सामुहिक तागत चाहिने निकाय हो ।
कमरेड ईश्वरले देखेर चेत्नु पर्छ भन्ने कमरेड ओलीले परेर चेत्नुपर्छ । यदि साच्चिकै निर्वाचन हो भने मतदान पछि आउने नतिजालाई सबैले स्वीकार्नु पर्छ । मतदानको नतिजा कस्तो आउने हो, ईश्वर पोख्रेल त्यति खिन्न देखिएनन्, यसले पनि सके त गर्छकि हार भइहाल्यो भने पनि मत उत्साहजनक रहने उनको आसय देखिन्छ । करिब बाइस सय महाधिवेशनमध्ये करिब ब्राह सय प्रतिनिधिहरु भुगोलबाट प्रतिनिधित्व गर्छन् ।
एघारौँ महाधिवेशनमा विद्यादेवी भण्डारीको खुला सहमत तथा आफ्नो पनि राम्रो पकडरहेका नेता ईश्वर पोख्रेल तथा हओली नेतृत्वसँग असन्तुष्ट रहेका प्रतिनिधहरुले पनि ईश्वर पोख्रेललाई समर्थन गर्ने सम्भावना बढेको पनि नेकपा एमाले भित्रका केही पुराना र जानकार नेताहरु बताउँछन् । सहकार्य र विरोधको इतिहास भएका ओली र पोख्रेल यसपालिको आम्ने साम्नेमा रहे ।
तर, ओलीर्ला तयो चित्त बुझेन र उनी पोख्रेलप्रति आक्रोशित पनि छन् । एघारौँ महाधिवेशनमा ओली प्यानलमा केही विग्रह आएको जस्तो देखिए तापनि नतिजाको लागि परिणाम पर्खने प¥यो । दुई हजार दुई सय बैसठ्ठी महाधिवेशन प्रतिनिधिहरुमध्ये दुई हजार दुई सय सत्ताइसजना प्रतिनिधिहरु विहिबार बिहान सात बजेसम्म मतदान हाप्ताभित्र प्रतिक्षारत रहेको भनिने मतदान केन्द्रमा केही रमाइला दृश्यहरु पनि देखिन्थे भने कतै भिडमा आदेग र आक्रोश पनि देखिन्थ्यो ।