युवराज शर्मा
दाङ जिल्लामा २ उपमहानगरपालिका, एउटा नगरपालिका र ७ वटा गाउँपालिकाहरु छन् । जसमा घोराही उपमहानगरपालिका एउटा हो । जो जिल्लाको सदरमुकाम पनि हो । यसका १९ वटा कार्यालयहरु छन् । जसमा १ नं. वडा कार्यालय काँडाखुट्टीमा पर्छ ।
यस वडाको पूर्वमा बंगलाचुली गाउँपालिकाको वडा नंं ४ र ८ पर्छ भने पश्चिममा घोराही उपमहानगरपालिका वडा नं. २ पर्छ भने दक्षिणमा लमही नगरपालिका वडा नं. २ पर्छ । २०७२ सालको निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष रामाणि पाण्डेय हुन् भने उनले दुई कार्यकाल पाएका छन् । यस वडामा जल, जमिन र जंगल पर्छ । वडा नं. १ र २ मा पर्ने जोत जमिनमा सिँचाइ कुलो पनि पर्छ ।
जुन कुलालाई तालिम सिँचाइ जल उपभोक्ता समितिले पनि सिँचाइ व्यवस्था मिलाउँछ । त्यसको मुल र शिर पनि वडा नं. १ मा पर्छ । यस वडामा सिमसार ताल पर्छन् । साथै मानव निर्मित ताल चेपे तालको पानी वर्षामा मात्र प्रयोगमा आउँछ । हिउँदमा प्रयोगविहीन छ । तैपनि दहबाट मोटर लगाएर पानी तान्नेहरु धेरै छन् । त्यसकारण सिँचाइ कुलो वर्षा भएर तालमा पानी भरिभराउँ नभएसम्म चेपे तालको पानी सिँचाइ कुलोबाट प्रयोग हुँदैन ।
अहिले १ नं. वडामा पर्ने गाउँहरु ३४ छन् । ती गाउँहरुमा अदुवाबारी, नयाँगाउँ, मोहनाकोटका (चितुवाटारी, बाहुनटारी, राईटारी) सडक उत्तर बुकागाउँ, काडाखुट्टी, अठ्ठाइसे, सिमलतारा, ज्यामिरे, अजिङगरे, सुकाखोला, माले, श्रीखर्क पिप्ले, ढुंगालखुटी, रुपाचौर, मान्द्रे, घलङबास, गौंडाकोट, लुङकुश, कर्मकोट, बस्तिकोट, ठाटीकोट, तेर्छे, हेकराम, हर्नोक, बडीखोला, काउले, धनचौर, औंलाबास, लहरेनी, भङगाने छन् । यी गाउँहरुमा खेतीयोग्य जमिनहरुमध्ये भिट र धनहरको क्षेत्रफल करिब दश छन् ।
जसमा मालझाँक्री, रुपाचौर, लहरेनी, बस्तीकोट, भोटेदह, नम्रेनी, चरिङ्गेदह, हेकराम, जालपा, अम्बिकेश्वरी छन् । यिनीहरुले आफ्नो क्षेत्रको वन विकास गर्नुभन्दा विनासमा जोड दिएको छ । वन संरक्षणमा त्यति ध्यान पुगेको पाइन्न । यसको दोष समितिलाई दिने गरेको उपभोक्ताहरुले सुनाउँछन् । यसले समाजमा स्थानीय तहको सरकार र वन महासंघको निर्देशन पुग्न नसकेको उपभोक्ताहरुले भन्छन् । शैक्षिक अवस्थालाई हेर्दा यस वडामा संस्थागत स्कुलहरु छैनन् ।
सामुदायिक स्कुलहरुमा कक्षा १ देखि १० सम्मको माध्यमिक स्कुल हर्नोकमा छ । त्यस्तै कक्षा १ देखि ८ सम्मको आधारभूत विद्यालय सिमतारामा छ । कर्मकोटमा कक्षा १ देखि ५ कक्षा सम्मको स्कुल प्राइमरी स्कुल छ भने कक्षा १ देखि ३ सम्मका स्कुलहरु माले गाउँमा, सुकाखोला गाउँमा, हेकराम गाउँमा छ ।
यसरी यस वडामा चार प्राथमिक, एक आधारभूत र एउटा माध्यमिक स्कुल छ तर माध्यमिक, संस्थागत माध्यमिक, सार्वजनिक माध्यमिक, क्याम्पस वडा नं. २ पर्ने हुँदा पढ्नका लागि विद्यार्थीलाई समस्या छैन । साथै सडक आवागमन राम्रो भएको हुँदा घोराहीका शिक्षण संस्थाहरुमा पढन् जाने विद्यार्थीको चाप धेरै छ । जहाँ उच्च शिक्षा पढ्नेहरु धेरै संख्यामा छन् । जसमा केटाकेटीहरुको संख्या पाइन्छ ।
यस वडामा मठमन्दिरहरु १५ वटाहरु छन् । जसमा दुर्गा भगवती काउले, जालपादेवी हर्नोक, बराह बाबा भोटेदह, दुर्गा भगवती मोटेदह माथि डाँडामा, दुर्गा भगवती चरिङगेदह, मट्टीकोट दुर्गादेवी काडाखुटी, दुर्गाभगवती अठाइसे, शिवमन्दिर किचेनी, राममन्दिर सिमलतारा, पञ्चधाम सिमलतारा, मट्टीखाने देवीदुर्गा ठुलीचौर, मट्टी खाने देवी माले, दुर्गा भगवती सिमलतारा घर्ती मगरहरुको ो । शिवमन्दिर पनि मेधु गिरीको हो ।
मालझाक्री सिमलतारा छ । जहाँ गाउँलेहरुले कुखुराको भाले र पोथी चढाउँछन् । बली प्रथा गर्छन् । यस वडामा ब्राहमण, क्षेत्री, दलित, मुस्लिम, थारू, नेवार, मगर र अन्य जातजातिका मान्छेहरु छन् । घरेलु उद्योगहरु छैनन् । कुटानी पिसानी र पेलानीका मीलहरु सिमलतारा, बुका र काडाखुट्टीमा छन् । ज्येष्ठ नागरिकको दिवासेवा सञ्चालन हुन सकेको छैन । वडा स्थापना भएपछि सचिवहरुमा पदमप्रसाद रेग्मीले अढाई वर्ष, धनबहादुर केसीले ४ वर्ष कार्य गरेका थिए ।
अहिले सुवास चौधरी छन् । सुरक्षा संस्थामा रामपुरमा रहेको प्रहरी चौकी मात्र छ । त्यसबाट सुरक्षा प्रदान गरिन्छ । स्वास्थ्य चौकीलाई हेर्ने हो भने सहरी विकास स्वास्थ्य केन्द्र काडाखुट्टीमा छ । त्यहाँबाट अठ्ठाइसे र हर्नोकमा खोप केन्द्र छ । जहाँ बालबालिकाहरुलाई खोप दिने काम गरिन्छ । उनीहरुको स्वास्थ्यमा स्वास्थ्य संस्थाले सहयोग पु¥याएको छ ।
यस वडाको नागरिकलाई हेर्ने हो भने राजनीतिक दलका नेताहरुले समाजलाई चेतनाकरण गर्न सकेका छैनन् । दलीय भावना जगाएर आफ्नो महत्व बढाएको परापूर्वदेखिको अवस्था छ । त्यहाँका बासिन्दाहरु भन्छन्– जुन जोगी आए पनि कानै चिरेको पाइएको छ । शिक्षा, स्वास्थ्य र रोजगारका लागि जिल्ला बाहिर जानुपर्छ ।
कतिपय युवाहर विदेशिएका छन् । उनीहरुको जीवनशैली अभाव र समस्यामा गुज्रिएको छ । ऋणमा डुबेका छन् । साहुको चर्को व्याज व्यहोरेको नागरिक छन् । तैपनि उनीहरुलाई गाउँलेरुले भन्छन्– हाम्रो लाहुरे गाउँमा भन्छन् । त्यस्ता लाहुरे केटाहरु मख्ख पर्छन् । आफूले दुःख गरेर ल्याएको पैसालाई खाइपिईमा खर्च गरेको थाहा पाउँदैनन् ।
यस्तैमा बितिरहेको छ, उनीहरुको जीवनशैली । यस्ता बाबुका छोराछोरीले के ज्ञान सिक्छन् र कस्तो सिप जीवनमा आर्जन गर्छन् । विदेशीहरुको चाकडी गर्ने रोजगार भएपछि गाउँले युवाहरुको जीवनm तास खेल्ने र रक्सी पिउनेमा समय बितेको छ । त्यसैले होला, अहिले गाउँले युवाहरुमा चेतनाकरण हुन सकेको छैन । उनीहरुको जीवनमा सुधार ल्याउने वातावरण भएन ।
अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था छ । राजनीतिक दलहरुको हैकम चल्छ । जुन दल सत्तामा भए पनि नेतृत्व वर्ग स्वार्थमा लिप्त छ । आफ्नो स्वार्थका नेतृत्व वर्ग भएपछि आम नागरिकको बुझाई सकारात्मक बन्न सकेन भन्छन्– गाउँलेहरु । गाउँलेहरु पछौटीपनमा भए पनि मिठो खाने र राम्रो लगाउने रोजगारीका अवसरमा रमाउने दिनहरु वंशानुगत पर्खिरहेका छन् ।
त्यस्तै अवस्थामा वडा नं. १ का नागरिकको अवस्था छ । जबसम्म अवस्थामा सुधारका वातावरण बन्दैनन्, तबसम्म नागरिकको भोगाई समस्या कै रुपमा रहने छ । अहिलेको सरकार जेन–जीको रक्तपक्षबाट जन्मेको हो भने यसले आफूलाई २०८२ फागुन २१ गतेको चुनाव केन्द्रित भएको छ । विमतको सरकारलाई हेर्दा भ्रष्टाचार, अनियमितता र सरकारी सम्पत्तिको दुरुपयोगमा समय बित्यो ।
त्यसैले नागरिकलाई सरकारको अनुभूति भएन । यस्तै अनुभवीय ज्ञानको सङ्घारमा घोराही–१ वडा नं. का नागरिक पनि पाइन्छन् । यस्तै अवस्थाको भोगाई २०७७ सालदेखि भोग्दै आएको अवथा सुनाउँछन् गाउँघरमा ।