त्रिभुवननगर जेसीजको अध्यक्षमा भाट निर्वाचित

दाङ, २८ मंसिर । त्रिभुवननगर जेसीज घोराहीको अध्यक्षमा मिनराज भाट निर्बाचित भएका छन ।

जेसीजको शनिवार भएको निर्वाचनमा आफ्ना प्रतिष्पर्धीलाई पाँच मतको अन्तरले पराजित गर्दै त्रिभुवननगर जेसीज वर्ष २०२६ का लागि अध्यक्षमा निर्वाचित भएका हुन ।

अध्यक्षमा निर्वाचित भाटले ३५ मत प्राप्त गरेको निर्बाचन समितिका संयोजक रबिकिरण केसीले जानकारी दिएका छन् । पराजित किरण गौतमले ३० मत ल्याएका थिए । त्रिभुवननगर जेसीजमा मतदाताको संख्या ६५ रहेको छ ।