गोरक्ष समाचारदाता
दाङ, २६ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले वडामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
वडा कार्यालयको आर्थिक वर्ष २०८२÷०८३ को बजेटबाट वडामा रहेको प्राथमिक विद्यालय सानीअम्बापुर सर्रामा अध्ययनरत ४८ जना विद्यार्थीलाई न्यानो कपडा (विद्यालय पोसाक) वितरण गरेको हो । बिहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई न्यानो कपडा सेट हुडी र सुरूवाल सहयोग गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरबहादुर बस्नेतको अध्यक्षता र वडाध्यक्ष ताराबहादुर डिसीको प्रमुखका आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा विद्यालय पोसाक सहयोग गरिएको थियो ।
कार्यक्रममा वडा सदस्य मानसिंह बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा सचिव निर्मला रोका, विद्यालय व्यवस्थापन समितिका सदस्य बोधा भण्डारीलगायतले बोलेका थियो । कार्यक्रमको सहजीकरण विद्यालयका प्राधानाध्यपाक गुरूप्रसाद डिसीले गरेका थिए ।