५७ कोराना संक्रमित थपिए, कुल संख्या १ सय ९१ (जिल्लागत विवरण सहित)

दाङ बैशाख ३० । मंगलबार आज थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जनामा मंगबार सक्रमण देखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जारी गरको प्रेस नोटमा उल्लेख छ ।

 

जिल्ला संक्रमित मृत्यु निको
पर्सा ६४
उदयपुर ३२ १४
कपिलवस्तु २९
बाँके २४
रुपन्देही १६
काठमाडौं
कैलाली
बारा
रौतहट
बागलुङ
चितवन
झापा
बर्दिया
भोजपुर
कञ्चनपुर
सप्तरी
सर्लाही