ज्योतिष परिषद दाङमा नयाँ कार्यसमिति,अध्यक्षमा सुवेदी

गोरक्ष समाचारदाता
दाङ,२२ मंसिर । ज्योतिष परिषद नेपाल जिल्ला कार्यसमिति दाङको अध्यक्षमा ज्योतिष पण्डितमदन सुवेदी चयन भएका छन् । घोराहीमा भएको परिषदको साधारणसभा तथा अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सहप्राध्यापक डा बद्रीप्रसाद गौतम, सचिवमा बाल्मीकि देवकोटा, सहसचिवमा मदनराज रेग्मी, कोषाध्यक्षमा मधुसुदन पोख्रेल रहेका छन् । त्यसैगरी सदस्यमा पशुपति चौधरी, होमराज भट्राई, झसेन्द्र आचाय, छवि देवकोटा, इश्वरी पौडेल, मुक्तिराज भट्राई,दामोदर शर्मा अधिकारी, पिताम्वर रिजाल, सुर्यराज गौतम रहेका छन् । अधिवेशनले उपप्राध्यापक माधव गौतमलाई प्रमुख सल्लाहकारमा चयन गरेको छ ।

मदन सुवेदीको अध्यक्षता तथा नेपाल सस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष भागवत शर्माको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा ज्योतिष परिषद नेपालका केन्द्रीय अध्यक्ष मेघराज आचार्य, उपाध्यक्ष कमल भट्राई, प्रदेश अध्यक्ष कपिलदेव सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए । पिताम्वर रिजालको स्वागत मन्तव्यवाट सुरभएको कार्यक्रमको सहजीकरण केशव गौतमले गरेका थिए ।