बेहत्तर विश्व निर्माणका लागि प्रवुद्ध मिडिया

(Enlightened Media For Building a Better World)

बह्माकुमार माधव तिमिल्सेना

पत्रकारिता लिपिबद्ध समाचार, आलेख र घटना इतिहासको दस्तावेज हो । सत्य तथ्य घट्नाहरुमा अधाारित भै संचार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारीता हो । आजको युग बिज्ञानको युग हो । बिश्वमा घटेका हरेक घट्नाको जानकारी र बिवरण तुरुन्तै बिश्वको सबै कुनामा पुग्दछ । पत्रकारीताको सिद्धान्त अनुरुप हिड्न सकेको खण्डमा पत्रकारीता वास्तवमै मर्यादित पेशा हो । पत्रकारीताको स्वरुप भाषा,क्षेत्र र समाज अनुसार फरक फरक भए पनि यसको सिद्धान्त भने एउटै हुन्छ । कुनैपनि धर्म,भाषा,लिङ्ग,क्षेत्रको निष्पक्ष सूचना प्रसारणको माध्यम हो पत्रकारीता । पत्रकारीताको सम्वाहक हुन् पत्रकार अर्थात कुनै पनि धर्म, भाषा, लिङ्ग क्षेत्रको भाव,स्वभाव एवं टकरावदेखि स्वतन्त्र व्यक्ति ।

Journalism is a dignified profession, the principles of which can be followed. Although the form of journalism varies according to the language region and society, its principle is the same. Journalism is the medium for imparting impartial information of any religion, language, gender or region.  Journalists are the bearers of journalism. That is, a person free from any religion, language, gender, feeling, temperament and conflict.

पत्रकारीता राज्यको महत्वपुर्ण अंग हो । यसलाई राज्यको चौथो अंगको रुपमा राखिएको छ । तैपनि राष्ट्रको सञ्चार नीति र स्रोत बाँडफाँट योजनाको उचित संयन्त्रको अभावमा पत्रकारिता शिक्षा हासिल गरेको जनशक्तिलाई प्रयोग गर्न सकिएको छैन । हालसम्म नेपालको पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यक्रममा सैद्धान्तिक पक्षलाई बढी जोड दिइएको छ । सिद्धान्त र व्यावहारिक ज्ञानलाई सन्तुलित गर्नसक्ने व्यक्ति नै कुशल पत्रकार बन्न सक्छ ।पत्रकारिता समाजमा सकारात्मक परिबर्तनको माध्यम बन्नु पर्दछ । यसले आवाजबिहिनहरुको आवाजलाई बुलन्द बनाउनु पर्छ । अधिकारबिहिनलाई अधिकारको पक्षमा आवाज उठाउन हौसला दिनु पर्छ साथै नयाँ युगमा संचार विकासको साझेदार बन्नु पर्छ । विकासको लागि परिबर्तन,परिबर्तनको लागि चेतना तथा चेतनाको लागि संचार बन्न सक्नुपर्छ तर अधिकार खोज्दै गर्दा कर्तव्यलाई पनि विर्सनु हुदैन र पत्रकारीताको मर्मलाई वङ्गयाउने दुश्प्रयासपनि गरिनु हुदैन । पत्रकाररहरुले उठाइएका विषयवस्तुहरु समाजको चासो र चर्चाको विषय वन्ने हुँदा वैधानिक धरातल छोड्नु हुदैन । अझ पत्रकारिताको उत्कृष्ट भाषाशैैली र विश्लेषणले समाचार वा विचार अभिव्यक्तिलाई प्रमुखताका साथ महत्व दिन्छ । जनचाहाना वा भनौ सत्यताको कसीमा यदि सञ्चार माध्यम वा पत्रकारीतामा महत्व पाउन सकेनन् भने ओझेलमा पर्न जान्छन् । यसतर्फ मिडिया क्षेत्र चनाखो हुनैपर्दछ। चुनौती र जटिल विषयका चुनौतीभित्र एउटा स्वच्छताको नजरवाट नियाल्ने प्रवृत्तीलाई हराउन नदिनु नै दीगो पत्रकारीताको मूल आदर्श वन्न सक्नुपर्दछ ।

मिडियाले व्यवस्थापकीय नियम,प्रणाली,बजार र व्यवहारलाई व्यावहारिक आधारको रूपमा पनि लिन्छ र यसका आधारमा मानिसहरूले समाजको निर्माणका लागि मानिसहरूलाई प्रेरित गरिरहेका छन। वर्तमान सामाजिक मूल्य मान्यताको यही मूल्यको नतीजा समाजको प्रबुद्ध व्यक्तिले मात्र परिवर्तन गर्न सक्दछ । यस अर्थमा, जबसम्म पत्रकार आफैले स्वीकार गर्दैन वा चेतना वा यसको केन्द्रबिन्दुलाई महत्व दिदैनन,उनीहरु आफैंलाई ज्ञानी बनाउँदैन भने मिडियामार्फत त्यस्तो अभिव्यक्ति व्यक्त गर्न उनी आत्मिक रुपले शक्ति प्राप्त गर्न कदापी कामयावी हुदैनन् । आज प्रणाली, बजार र रमाइलो मूल्यमा आधारित समाज परिवर्तन गर्नका लागि आफै पनि बोधित हुनु आवश्यक छ । वर्तमानमा जरुरी आवश्यकता यो छ कि वर्तमान समाज, बजार र उपभोक्तावाद संस्कृति तथा व्यवहारको तथाकथित मूल्यमा बसालिएको समाजलाई परिवर्तन गर्नका लागि पत्रकारले आफैंलाई पहिले नै’ज्ञानवान’ बनाउनु पर्छ । तथापी पत्रकारितामा व्यवसायिकको विकास हुन नसक्नु आज ठूलो चुनौतीको बिषय हो । पत्रकारिता आफैमा एक बहुआयामिक क्षेत्रसँग जोडिएको बिषय हो ।

अनि यसमा समयको धेरै ठूलो महत्व हुन्छ । यो पेशामा एक व्यक्ति समाजको सिमान्तकृत व्यक्ति र क्षेत्रदेखि देशकै सर्वाेच्च शक्तिशाली क्षेत्रसँग जोडिन पुग्दछ । समस्याको उठान,जनताका आवश्यकताको पहिचान गरी बाहिर ल्याइदिने देखि शक्ति संरचनामा दबाब र ध्यानाकर्षण गर्ने र विद्यमान ऐन, कानुन, व्यवस्था,सुविधा,नीति लगायतका हरेकको जीवनमा फरक पार्ने सूचना र जानकारी प्रवाह गरी,सम्वृद्ध सन्तुलित समाज रुपान्तरणमा पत्रकारिताले गहनतम् भूमिका निर्वाह गर्न सक्छ । पत्रकार कसैको नभई सत्यको पक्षमा उभिएर कार्य गर्नु उसको पहिलो धर्म हो भने प्रस्तुतीमा पनि पक्षविहीन हुन सक्नुपर्छ । पत्रकारिताको मुख्य आधार विश्वसनीयता हो र त्यसले नै पत्रकारिताको स्तरपनि निर्धारण गर्ने हो । कताकता अवसर प्राप्तिका खातिर शासन–प्रशासनसँग नजिक भै कतिपयले समाचारको खोजीमा होईन,कमाइ र अवसरको खोजीमा रहेको भनी सञ्चारकर्मीहरू आलोचित हुने गरेको खवरहरु समेत सुन्नमा आउँछ । स्वयं पत्रकार नै गलत समाचारको पात्र नभए कति जाती हुन्थ्यो होला? पत्रकारीताको मर्यादा एवं गरिमा उँचो वनाउने तर्फ सदैव सजग सचेत हुन त्यतिकै सम्वेदनशील वन्नुपर्ने आवश्यकता देखिन्छ ।

म एउटा निजामती कर्मचारी एवं एक आध्यात्मिक अभियन्ता जो सकारात्मक समाज रुपान्तरणका लागि केही समय भएपनि दिने प्रयास गरेको छु । मेरो अध्ययनको क्षेत्र पत्रकारीता हैन यद्यपी सामान्य रुची राख्ने व्यक्ति अवश्य हुँ । एक स्वतन्त्र नागरिकका हैसियतले विद्यमान सञ्चार क्षेत्रमा देखिएको केही सन्दर्भलाई जोड्ने जमर्को मात्र गरेको छु । पत्रकारीता क्षेत्रको महत्वको व्यवस्थापन नहुँदा नेपालमा मात्र राजनीतिक पत्रकारीताको अमर्र्या्दित प्रतिस्पर्धा चलेको छ । राजनीतिक शक्तिहरु मिडियामार्फत राजनीतिक सत्ता दाउपेचको होडमा लाग्दा स्वतन्त्र व्यवसायिक पत्रकारीताको मर्म ओझेलमा पर्दै गएको अवस्था छ यहाँ । स्वतन्त्र पत्रकारीता मार्फत कृषि,संस्कृति,पर्यटन–व्यवसाय र स्थानीय स्रोत साधनको प्रयोगमा व्यापक जोड दिनुपर्ने पत्रकारको धर्म भएपनि निगाहको भरमा मिडिया सञ्चालन गर्ने परिपाटीले राजनीतिक स्वार्थको दाउपेचमा पत्रकारको दैनिकी गुज्रिरहेको छ ।

विज्ञापन मागेकै भरमा उसका सबै कुरा राम्रा छन् भन्ने कुरा नेपाली पत्रकारीताको बाध्यता भएकोले सत्य तथ्य र यथार्थ सूचनाका स्रोतहरु मिडियामा आउन सकेका छैनन् । पछिल्लो समयमा जुन गुट र उपगुटले पत्रकारीतामा महत्वपूर्ण स्थान समेट्यो त्यो वास्तवमा नै पद्धती विहीन प्रणालीलाई मान्यता दिनु हो । त्यस्तै देशमा व्याप्त भष्ट्राचार,अपराध लगायत कुशासनका प्रवृतीहरु वढिरहँदा लथालिङ सामाजिक संरचनाको सवालमा पत्रकारीताले जति खवरदारी गर्नुपथ्र्यो र एक पद्धतीमा ल्याउन सकृय हुनुपथ्र्यो त्यतातिर केन्दीत हुन नसकेको पो हो कि? यति कुरा लेखिरहँदा नेपालको पत्रकारीतालाई आलोचना गरेको मात्र रुपमा नबुझिदिन र यर्थाथ धरातलमा रहेर आत्मविश्लेषण गर्न निवेदन गर्दछु । साँचो अर्थमा भन्नुपर्दा जनताको जीवन र समाजमा सकारात्मक परिवर्तनहरू ल्याउन जनसंचार माध्यमको अहम् भूमीका रहेको हुन्छ । यस अवसरमा मूल्य र रुचिको द्वन्द्वमा हाम्रो उद्धारको लागि आउने कार्यमा सहज ज्ञान हो त्यो धार्मिकता,राम्रो आचरण,ईमानदारीता र चरित्रको अखण्डता विशेष गरी जीवन र पेशा हुनुपर्ने हो । नियमित ध्यान राजयोगको अभ्यास र आध्यात्मिक मूल्यहरूको प्रचार,रसरल स्वभाव एवं आकर्षण व्यक्तित्वको माध्यमबाट पत्रकारहरूको जीवनशैली नैतिक र आचरण तथा आध्यात्मिक मार्गदर्शन र नियमनको आधारमा चल्नुपर्ने देखिन्छ । आन्तरिक अन्तःस्करण र शक्तिको आधारमा निर्देशित हुन जरुरी छ ।

मिडिया या त उपकरण वा एक माध्यम होे । पत्रकारहरूले यसलाई मध्यस्थको रूपमा प्रयोग गर्छन् र मानिसहरूलाई प्रेरणा दिन्छन् । त्यसो भए जब हामी प्रबुद्ध,सम्बुद्ध,उदित ज्ञान वा प्रबुद्ध मिडिया जस्ता कुरा गर्छौ, तिनीहरू सीधा पत्रकारिता र पत्रकारका लागि आवश्यक छन् । सूचना,विचार र तिनीहरूको व्याख्या मिडियाले व्यक्त गर्ने पत्रकारिता हो । यस अर्थमा मिडिया भनिनु यो सबै हो । हामी सबै एउटा राम्रो समाज,मानव मूल्यमा आधारित समाज चाहन्छौं । यसका लागि पनि प्रयास गरिएको छ । सरकारहरू र व्यक्तिहरू मिलेर यो सार्वजनिक आकांक्षाको लागि कृयाशील भएतापनि आशातित सफलता प्राप्त हुन सकिरहेको पाईदैन् । दुई तीन दशकमा मानिसहरूले सरकारबाट सबै कुराको आशा गर्न थालेका छन् । आज यसोे हेर्दा समाजका शासकीय एकाइहरू या त अन्त्य भएका छन् वा निष्क्रिय छन् । अध्यात्म भनेको मूल चेतनाको केन्द्रको पनि केन्द्र हो । सामूहिक मनले चाहेको कुराको मिश्रित रूप मानव अनुभवको आधार हो । सरकार वा प्रशासनद्वारा उत्पन्न मूल्य प्रणाली, कानून, नियम आदिमा मात्र ध्यान केन्द्रित गरिएको छ । मूल्य– जागरूकताको स्रोत आध्यात्मिकता हो । सामूहिक मनको चाहना र भावनाहरूको संयुक्त वा समाहित रूप मानवताको आधार हो । तर कानून, नियम र नैतिकतामा आधारित सामाजिक वा सांस्कृतिक व्यवहार, सरकार वा शासनद्वारा विकसित मूल्य प्रणालीले सामान्यतया समाजमा केन्द्रीय वा मुख्य भूमिका खेल्दछ । बजार,सामाजिक,सांस्कृतिक व्यवहार र मानिसको जीवनशैली परिवर्तनले मूल्य प्रणालीलाई ठूलो प्रभाव पारेको छ । तसर्थ, वर्तमान मूल्यहरु कानून, नियम, बजार र मानव–सामाजिक सांस्कृतिक व्यवहारको संयोजन वा समाहित रूप हो र तिनीहरू मानवीय हो वा हुँदैनन् भन्ने कुरा निश्चित गर्दैन ।

The source of value-awareness has been spirituality.  The combined or assimilated form of the collective mind’s desires and feelings is the foundation of the humanity.  But, the value system developed by socio-cultural behavior, government or governance, based on laws, rules and ethics, normally play the central or main role in society.  The market, socio-cultural behavior and change in lifestyle of human beings have greatly affected the value system. Thus, the present values are combined or assimilated form of laws, rules, market and socio-cultural behaviour of human beings and do not ensure whether they are humane or not.

केही दशकमा भौतिक परिवर्तनका कारण खुशीका साधनहरू बृद्धि भएका छन् तर मानवको सन्तुष्टि भने घटेको अवस्था छ । ए पि.जे.अब्दुल कलाम आध्यात्मिक संलग्नताको कारण आदर्श प्रेरणा बन्न सके । उनले मानवताको मर्यादा शिखरमा पुग्ने कोशिश गरे । यहाँनिर अव्दुल कलामलाई जोड्नुको पछाडी सम्भावनाहरुको खोजी गरे असम्भव केही छैन भन्न खोजिएको हो । पेशाजन्य अनुशासन,आचरण,मर्यादा,इमान र स्वाभिमानलाई कमजोर बनाउने क्रियाकलापले नै आमसञ्चारकर्मीहरुको पहिचान र शाखलाई निरन्तर क्षयीकरण गरिरहेको तर्फ चनाखो हुनुपर्ने आजको समयको माग समेत हो । विगतमा भएका विकृति र खराबीलाई हटाउन जति बढी प्रयासहरू गरियो, त्यति नै तिनीहरू फैलिए । हामीले विश्वास गर्नुपर्दछ कि आध्यात्मिकताले आत्मालाई शुभ कार्यहरूको लागि प्रेरणा दिन्छ । मानव हृदयमा दया करुणा प्रेम एवं आत्मियताको भावना जगाउनु आवश्यक छ,जसबाट सबै वर्गहरू सामाजिक परिवर्तनको लक्ष्यसँग जोडिएका हुन । यो तब सम्भव छ जब मिडियाले मानवता र मानवताका लागि आफ्नो सकारात्मक प्रयासलाई थप गति दिनेछ ।

हामीले नयाँ आकांक्षा र समाधानहरूको साथ अगाडि बढ्नुपर्दछ । यदि हामीले देशलाई धर्मको अगाडि र पछाडि राख्यौं र हाम्रो मनोबल बलियो बनायौं र जनहितलाई सर्वोपरि मान्यौं भने सारा विश्व एक परिवार हुनेछ र वेहत्तर विश्व निर्माणको यो लक्ष्य हासिल गर्न सजिलो हुनेछ । आध्यात्मिक शक्तिले हामीमा रहेको विकृती र मनोकमजोरीहरुलाई हटाउने माध्यम बन्छ । विश्वमा एकता भाइचारा तथा विश्ववन्धुत्वको भाव जागृत गर्ने र समुन्नत समाज वनाउने अभियानमा हामी फेरि पूर्विय दर्शन वा सनातन संस्कृतिको प्रवद्र्धन र सम्वद्र्धनका साथै अवलम्वन गर्ने प्रयास गरौं । छ ? मिडियाले सबैलाई प्रभाव पार्न सक्ने हुँदा जीवनमा खुशी र शान्तिको संवाहक समेत सञ्चारकर्मी वन्न सक्नेमा दुईमत रहदैन तर त्यसका लागि स्वयं नै लायक वन्नुपर्छ । मानिसहरूले जसरी मिडियाबाट धेरै नकारात्मक चीजहरू सिक्छन । त्यस्तै सकारात्मकता मिडिया मार्फत अध्यात्मको मार्गले हामीलाई मूल्यवान बनाउँछ ।जीवनमा नैतिकता ल्याउँछ । तपाईसँग जति बढी आत्मिक ज्ञान छ, राम्रो व्यवहार र उत्तम परिवर्तनको माध्यमबाट सामाजिक परिवर्तन सम्भव हुनेछ । नैतिक विचलन विखण्डित सामाजिक परिवेशलाई सही दिशा निर्देशका लागि मूल्यनिष्ठ एवं कर्तव्यनिष्ठ पत्रकारीता आजको यूगको अनन्त कदम हो । मानव चेतनाले चेतना लोप हुँदैछ, सार्वजनिक जीवनमा भौतिकवादको प्रभुत्व चिन्ताको विषय हो । हीनता भनेको समयको सबैभन्दा ठूलो चुनौती हो । अतिवादी, हिंसा र रक्तपातको घटनालाई च्यानलमा देखाउन उचित छैन । पत्रकारिताको माध्यमबाट समाजलाई नयाँ उर्जाका साथ सेवा गर्न सकारात्मक भावनाहरू गर्न सकिन्छ ।

पत्रकारितालाई नयाँ आयामका रुपमा सकारात्मक पत्रकारिता आज समाजलाई नयाँ दिशा दिन सबैभन्दा ठूलो आवश्यकता हो । यसको लागि, यो आवश्यक छ कि मिडियाले अब आफूलाई परिवर्तनको दिशामा लैजानुपर्छ । समाचारले समाजमा ठूलो प्रभाव पार्छ, यसका लागि पत्रकारले सर्वप्रथम आध्यात्मिक र नैतिक अधिकार प्राप्त गर्नुपर्नेछ। तिनीहरूले समाजको अगाडि आफूलाई महत्वमुखी बनाएर उदाहरण बसाल्नु पर्छ, त्यसपछि मात्र अरु र समाजको परिवर्तन सम्भव छ। आत्म परिवर्तन संसार परिवर्तनको आधार हो ।

Positive journalism as a new dimension of journalism is the greatest need to give a new direction to the society today. For this, it is necessary that the media should now take itself in the direction of change. News has a great impact on society, for which a journalist must first acquire spiritual and moral rights. They have to set an example by making themselves important in front of the society, only then change of others and society is possible. Self-transformation is the basis of world change.

मूल्यनिष्ठ व्यक्तिबाट मूल्यनिष्ठ समाज रुपान्तरण संभव छ । हाम्रोे सकारात्मक चिन्तनको सहायताले सामाजिक चिन्ताको लागि आफ्नो प्रतिबद्धता कायम राख्छन्। लेखन अझै प्रदूषण र शोषणको बिरूद्ध हुनपर्दछ । सोच्ने र समझदार नागरिकहरू तयार पार्नु हाम्रो कर्तव्य हो ।

ओम् शान्ति ।

लेखक डिभिजन वन कार्यालय, दाङका अधिकृत एवं आध्यात्मिक अभियन्ता समेत हुन् ।