calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

चौथो प्याब्सन घोराही रनिङ शिल्ड सञ्चालन हुने

गोरक्ष समाचारदाता
दाङ, १६ मङ्सिर । चौथो प्याब्सन घोराही रनिङ शिल्ड २०८२ प्रतियोगिता यही मङ्सिर २४ गतेदेखि २७ गतेसम्म हुने भएको छ । प्याव्सन घोराही नगर कार्यसमितिले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर चौथो प्याव्सन घोराही रनिङ शिल्ड २०८२ प्रतियोगिता यही मङ्सिर २४ गतेदेखि २७ गतेसम्म उपमहानगरपालिका वडा नं. १८ नवलपुर खेल मैदानमा खेल हुने जानकारी दिएको हो ।

‘खेल जीवनको अभिन्न अवयव हो’ भन्ने मूल नारासहित चौथो व्याब्सन घोराही रनिङ शिल्ड २०८२ आयोजना गरिएको आयोजकले जनाएको छ । घोराही प्याब्सनले आयोजना गर्न लागेको यस रनिङ शिल्डको तयारी अन्तिम भइरहेको आयोजक समिति जनाएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर २४ गते हुने छ भने चार दिनसम्म विभिन्न खेल तथा एथलेटिक्सका इभेन्ट सञ्चालन गरिने छन् ।

प्रतियोगितामा सहभागिताका लागि मङसिर १५ गतेदेखि २५ गतेसम्म विद्यालय दर्ता गर्नका लागि समय दिइएको र प्रतियोगिता मङ्सिर २४ गते उद्घाटन गरिने प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण वलीले जानकारी दिएका छन । प्रतियोगीतामा घोराही क्षेत्रमा रहेका ५५ विद्यालयको सहभागी रहेने उनले बताए । जसमा पाँच हजार बढी विद्यार्थी सहभागिता रहने उनले बताए । आयोजक संस्थाका अनुसार पालिकाभित्रका विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको यस रनिङ शिल्डले खेलकुदमार्फत् अनुशासन, सहकार्य, नेतृत्व क्षमता र शारीरिक, मानसिक स्वास्थ्य प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा लिइएको छ । विद्यालय तहबाटै खेलप्रतिको रुचि बढाउने, प्रतिभाको पहिचान गर्ने उदेश्य राखिएको छ ।

रनिङ शिल्ड अन्तर्गत भलिबल छात्र कपड्डी छात्रा दौड सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर र पन्ध्र सय मिटर दौड ९छात्र÷छात्रा० समावेश गरिएको छ । रिले दौड ४÷१०० र ४÷४०० (छात्र÷छात्रा) लङ जम्प, ट्रिपल जम्प, हाई जम्प )छात्र÷छात्रा), सटपुट र ज्याभलिन थ्रो )छात्र÷छात्रा) ले प्रतिस्पर्धा गर्ने छन् । त्यसै गरेर कक्षा ७ सम्मका विद्यार्थीका लागि सय मिटर मिटर दौड, लङ जम्प, स्याक रस स्पुन र मार्वल, कक्षा ५ सम्मका विद्यार्थीका लागि ६० मिटर दौड तथा स्पून एन्ड मार्बल रेस समावेश गरिएको आयोजकले जनाएको छ ।

घोराही प्याब्सनले विगत वर्षदेखि शिक्षा क्षेत्रमा गुणात्मक सुधार, विद्यार्थीमा सिप विकास र समयानुकूल प्रविधिसँग जोडिँदै विद्यालयलाई प्रतिस्पर्धी बनाउने अभियान सञ्चालन गर्दै आएको जनाइएको छ । संस्थाले अभिभावक सचेतना, शिक्षक सशक्तीकरण र विद्यार्थी सिप विकासमा निरन्तर कार्यक्रम गर्दै आएको उल्लेख गर्दै खेलकुद पनि जीवनको अभिन्न अंग भएकाले शिक्षा र खेलबिच सन्तुलन आवश्यक रहेको आयोजकले जनाएको छ ।

खेलकुदले विद्यार्थीको एकाग्रता बढाउने, आत्म अनुशासन विकास गर्ने, सहकार्यको भावना जगाउने र नेतृत्व क्षमता उकास्ने भएकाले विद्यालय तहबाटै खेल संस्कृति विकास गर्नु पर्ने आयोजकले जनाएको छ । प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलन घोराही नगर प्याब्सनकाका अध्यक्ष बालकृष्ण वलीको अध्यक्षतामा भएको थियो कार्यक्रमको सहजीकरण नगर सचिव विमल भण्डारीले गरेका थिए ।