calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

सरस्वती मावि काठेकोलमा नवआगन्तुक शिक्षकको स्वागत

दाङ, १५ मंसिर । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोलले आज आइतबार एक कार्यक्रमको आयोजना गरि नव आगन्तुक दुई जना शिक्षकको स्वागत गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको सभापतित्वमा भएको कार्यक्रममा सरुवा भै आउनु भएका खिमप्रकाश पुरी र शम्शेर नेपालीलाई स्वागत गरिएको हो । दुवै जना शिक्षकलाई माला,खादा, अबिर र पुष्पगुच्छा दिएर विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीले स्वागत गर्नु भएको थियो ।

सरस्वती माध्यमिक विद्यालय भरतपुरका सहायक प्रधानाध्यापक प्रकाश डागिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा स्वागत हुने दुवै जना शिक्षकले विद्यालयको गुणस्तरीय शिक्षाका आफूहरु लाग्ने प्रतिवद्द्ता व्यक्त गर्नु भएको छ । कार्यक्रमको संचालन शिक्षक हेमराज शर्माले गर्नु भएको थियो ।

माध्यमिक शिक्षक खिमप्रकाश पुरी महेन्द्र माबि धर्नाबाट र प्राथमिक शिक्षक शम्शेर नेपाली नरदेबी माध्यमिक विद्यालय तेघराबाट सरुवा भै सरस्वती माध्यमिक बिद्यालय भरतपुर काठेकोलमा आउनु भएको हो ।