calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

दाङमा राष्ट्रिय लोक भजन चुड्का संस्कृत संरक्षण प्रतिष्ठानको तेस्रो साधारणसभा

 

दाङ,१४ मंसिर । राष्ट्रिय लोक भजन चुड्का संस्कृत संरक्षण प्रतिष्ठान दाङको तेस्रो साधारणसभा दङ्गीशरण गाउँपालिका–४ स्थित लानेश्वर शिवालय प्राङ्गणमा आज सम्पन्न भएको छ।
जिल्ला वरिष्ठ खुल्ला उपाध्यक्ष सीता देवकोटाको स्वागत मन्तव्यपछि सभाध्यक्ष लिला बहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो।

साधारणसभामा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरि मुख्य अतिथि रहनुभएको थियो। विशिष्ट अतिथिमा केन्द्रीय उपमहासचिव नारायण भुसाल, केन्द्रीय कलाकार तथा सदस्य घनश्याम पाण्डे, प्रदेश सदस्यहरू निमबहादुर खड्का र तेजबहादुर वलि, गाउँपालिका अध्यक्ष टेकबहादुर डाँगी, जिल्ला तथा गाउँपालिका सदस्य कोमलकान्त भट्टराई लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला सचिवले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने जिल्ला कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरेका थिए। त्यसैगरी जिल्ला सल्लाहकार शेषमणि रिजालले दाङ जिल्लाको सांस्कृतिक परिचय तथा संस्थाको भूमिकाबारे विस्तृत जानकारी दिइन्। कार्यक्रमको सहजीकरण दिपेन्द्र डाँगीले गरेका थिए।

अतिथि तथा सहभागीहरूले चुड्का भजन, स्थानीय संस्कृति र धार्मिक परम्परा संरक्षणका विषयमा जोड दिँदै संस्थाले सञ्चालन गर्दै आएका गतिविधिको प्रशंसा गरेका थिए कार्यक्रम सफल बनाउन दङ्गीशरण गाउँपालिका, पदाधिकारी, आमन्त्रित अतिथि, पत्रकार तथा उपस्थित भक्तजनप्रति संस्था तथा वरिष्ठ खुल्ला उपाध्यक्ष सीता देवकोटाले आभार व्यक्त गरेकी थिइन ।