‘मेरो देश, मेरो जिम्मेवारी’ अभियान सुरु

दाङ, १० मंसिर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ अभियान–२०८२ सुरु गरेको छ । परिषद्ले बुधबार घोराहीस्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर ‘मेरो देश, मेरो जिम्मेवारी’ अभियान शुरु भएको जानकारी गराएको हो ।

राष्ट्रव्यापी अभियान संयोजन समितिका सदस्य किरण पोख्रेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा परिष्दका प्रदेश संगठन सचिव मणिराम चौंलागाईंले अभियानको बारेमा जानकारी दिँदै समाजका हरेक क्षेत्रमा निराशा रहेको र त्यो निराशालाई चिरेर समाजलाई सकारात्मकतर्फ डो¥याउने अभियान प्राज्ञिक परिषद् लागेको बताए । उनले समग्र समाजमा सम्भावना र अवसर भएको भन्दै प्राज्ञिकले विगतमा लिएको नाराहरु समाजमा स्थापित भएको र अहिले पनि आफूहरुले ‘मेरो देश, मेरो जिम्मेवारी’ भन्ने नारा लिएर अगाडि बढेको बताए ।

अभियानका बारेमा जानकारी गराउँदै उनले भने,‘अब हामीले अगुवा नेतृत्वलाई मात्र गाली गरेर हुँदैन्, हामीले हाम्रो जिम्मेवारी पूरा गर्नुपर्छ ।’ नागरिक कर्तव्य महत्वपूर्ण भएको र त्यसलाई पालना गर्नका लागि प्राज्ञिकले अभियान चलाएको उनको भनाई थियो । समाज राम्रो खालको वातावरण निर्माणका लागि र यो भूमिमा लोमो समयसम्म काम गर्ने उद्देश्यकासाथ प्राज्ञिकले ‘मेरो देश, मेरो जिम्मेवारी’ को नारा लिएर बुधबारदेखि देशभर राष्ट्रव्यापी अभियान गरिएको बताए ।

राष्ट्रव्यापी अभियान संयोजन समितिका सदस्य किरण पोख्रेलले यो परिषद् नेपाल विद्यार्थी, शिक्षक र शिक्षाविद्को सामूहिक संरचनामा रहेर राष्ट्र पुननिर्माणको उदात्त र पवित्र लक्ष्यका साथ राष्ट्रियस्तरमा कार्यरत नेपालको एकमात्र स्वतन्त्र विद्यार्थी संठन भएको बताएका थिए । उनले देशको सकारात्मक रुपान्तरणका लागि वर्तमान पस्थितिलाई मध्येनगर गर्दै परिषद्ले ‘मेरो देश, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित सदाचार र सुशासनको राष्ट्रव्यापी अभियान –२०८२ सुरु गरेको जानकारी दिए ।

अभियानअन्तर्गत विशेष गरी देशभरिका युवा, विद्यार्थीहरुबा सुझाव संकलन गर्ने, राष्ट्रप्रति कर्तव्य निर्वहन र समर्पणभाव जगाउने उद्देश्यले राष्ट्रका लागि संकल्प अभियान चलाउने जानकारी गराएका थिए । विद्यार्थीबीच विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने, नागरिक तहमा नागरिक गोष्ठी जस्ता कार्यक्रम महत्वपूर्ण अंगको रुपमा सञ्चालन गरिने बताए । कार्यक्रम सञ्चालन संगठनका सदस्य कल्पना सुनारले गरेकी थिइन ।