भिम ओली
क्रोएसिया,९ मंसिर । क्रोएसियाको इभान्कोभोस्थित रेलमार्गमा भएको दुर्घटनामा एक नेपाली युवकको मृत्यु भएको छ।
काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका–२ घर भई हाल इभान्कोभो सहरस्थित एक कम्पनीमा कार्यरत ३७ वर्षीय सन्तोष सापकोटाको रेलको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय समयअनुसार साेमबार साँझ करिब ४ बजे कम्पनीको दैनिक काम सकेर नजिकैको भिन्कोभ्सी सहरमा उपभोग्य सामान किनमेल गर्न पुगेका सापकोटा फर्कने क्रममा दुर्घटनामा परेका थिए।
किनमेलपछि रेलबाट सुरक्षित ओर्लिए पनि रेलवे क्रस गर्ने क्रममा विपरित दिशाबाट आएको अर्को रेलले ठक्कर दिँदा सापकोटाको घटनास्थलमै ज्यान गएको
क्रोएसिया प्रहरीले जनाएको छ।