घोराहीमा सूचना र प्रविधिसम्बन्धी कोड फेस्ट,सूचना र प्रविधिको सही सदुपयोगमा जोड

अमरराज आचार्य
दाङ, ७ मङ्सिर । आइटी क्षेत्रमा अध्ययनरत्त विद्यार्थीले आफ्ना सिप प्रदर्शन गरेका छन् । कोड फर चेन्जले आयोजना गरेको सूचना र प्रविधिसम्बन्धी ‘कोड फेस्ट–२०२५’ मा उनीहरूले आफ्ना क्षमता पदर्शन गरेका हुन् ।

अम्बिकेश्वरी क्याम्पसको सहयोगमा जिल्लामा पहिलो पटक भएको कोट फेस्टमा अवसरको खोजी गर्ने र योगदान दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा दाङ र बाँकेका सूचना र प्रविधि क्षेत्रमा रुचि राख्ने विद्यार्थी सहभागी भएका छन् । सहभागीले प्रविधिको प्रयोग गरेर कृषि, उद्योग, स्वास्थ्य व्यापारलगायतको क्षेत्रको के कसरी काम गर्न सकिन्छ भनेर आआप्mनो तर्फबाट योजना प्रस्तुत गरेका थिए ।

प्रस्तुत गरिएको योजनामध्ये उत्कृष्ट हुने टिमले राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिनेछ । यस अघि दाङका विद्यार्थी यस्तो प्रतियोगितामा भाग लिन जिल्ला बाहिर जाने गरेका थिए । विद्यार्थीलार्ई नवप्रवर्तन, सिर्जनशीलता र समस्या समाधानका लागि संलग्न उद्देश्यले आयोजना गरिएको कोड फेस्टमा दाङ र बाँके जिल्लाबाट सूचना र प्रविधिका क्षेत्रमा अध्ययनरतसँगै चासो राख्ने १० समूहको सहभागिता रहेको कार्यक्रम व्यवस्थापन कमल भट्टराईले जानकारी दिए । प्रत्येक समूहमा चार जनाको सहभागिता रहेको थियो ।

जिल्लामा पहिलो पटक भएको कोड फेस्टले विद्यार्थीलार्ई सिप, ज्ञान र अवसर आदानप्रदानमा सहयोगसँगै जिल्लामा सूचना प्रविधिको विकास र व्यवसाय प्रवर्धनमा सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको कोड फर चेन्जका अध्यक्ष सागर रामरुदीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा प्लस टु तथा व्याचलर तहमा सूचना प्रविधिमा अध्ययनरत र चासो राख्ने विद्यार्थीको सहभागिता रहेको थियो । कोड फेस्ट व्यवसायी, उपभोक्ता र प्रविधिलार्ई एकीकृत गर्न र आपसी सहकार्य बढाउन सहयोग गर्ने कोड फर चेन्जका कार्यक्रम संयोजक जगदीश वलीले जानकारी दिए ।

उनका अनुसार कोड फेस्टमा सहभागी १० वटा टिमले फरक–फरक विषयका समस्या पहिचान गरी समाधानबारे तयार गरेका अवधारण प्रस्तुत गरेका थिए । दाङमा पहिलो पटक भएकोे कोड फेस्टले सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी र व्यवसायीलार्ई सहयोग गर्ने आयोजकको भनाइ छ ।

उद्घाटन कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले प्रविधिको विकाससँगै सेवामा सहज भएको बताए । यसको सही सदुपयोग गर्नसमेत उनले आग्रह गरे । ‘प्रविधिको सही सदुपयोग गर्नुपर्छ तर दुरुप्रयोग पनि हुने गरेका छन् । यसतर्फ सचेत हुनुपर्छ’ नगर प्रमुख चौधरीले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष विपुल पोख्रेलले अहिलेको समय प्रविधिको समय भएको बताए । यसको प्रयोग गरेर अगाडि बढ्न उनले आग्रह गरे । ‘प्र्रविधिले नागरिकलाई धेरै सहज बनाएको छ, यसको सही प्रयोग गर्न आवश्यक छ’, उनले भने । युवाहरू सकारात्मक कार्यमा लाग्न आग्रह गर्दै पोख्रेलले युवाहरू नै समाजसँगै देश परिवर्तनका लागि भूमिका खेल्ने भएकाले सही मार्गमा लाग्न विद्यार्थीलाई आग्रह गरे ।

कोड फर चेन्जका पूर्व अध्यक्ष रणबहादुर खड्काले आफूहरूको एउटा सपना पुरा भएको बताए । लामो समयदेखिको प्रयासले कार्यक्रम गर्न सफल भएको बताए । आउँदा दिनमा सबैको सहयोग रहने उनको भनाइ छ । कार्यक्रममा सञ्जय कार्की, सोभा बस्नेत, सुनमाया बस्नेत, एलिसा वलीलगायतले भनाइ राखेका थिए । कार्यक्रम कोड फर चेन्जका अध्यक्ष सागर रामरुद्रीको अध्यक्षतामा भएका थियो । सदस्य आस्था मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शुभेच्छा शर्माले गरेकी थिइन् ।